काठमाडौ। नेपाली काङ्ग्रेसका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीले समयमा पार्टीको चौधौँ महाधिवेशन हुनुपर्ने बताएका छन् । नेपाली काङ्ग्रेसका महासमिति एवं महाधिवेशन प्रतिनिधि स्व सुदर्शन आचार्यको ‘प्रथम स्मृति दिवस’का अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले पार्टीलाई चलायमान बनाउन समयमा महाधिवेशन हुनुपर्ने बताएका हुन् ।
नेता जोशीले स्व आचार्यको जीवन पद्धतिबाट पार्टीले धेरै कुरा सिक्नुपर्ने उल्लेख गरे । \'अधिकार सम्पन्न स्थानीय तह हुनुपर्ने आवाज उठाउने आचार्य मुलुकलाई विकेन्द्रीकरणको माध्यमबाट विकास गर्नुपर्ने धारणा राख्ने नेता थिए\', उनले भने । गुठी विधेयक फिर्ताभन्दा पनि खारेज हुुनुपर्ने उनको भनाइ थियो ।
नेपाल कम्युनिष्ट पार्टीका नेता एवं प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरले तारकेश्वर क्षेत्रको विकासका लागि स्व आचार्यको त्याग, समर्पण तथा योगदान महत्वपूर्ण रहेको बताए । \'हामी फरक पार्टीमा भए पनि जनताको सेवा गर्नेमा आचार्य अत्यन्त चिन्तित थिए, उनको जीवनबाट सबै पार्टीका नेता तथा कार्यकर्ताले सिक्नुपर्छ\', उनले भने ।
नेपाली काङ्ग्रेस काठमाडौँका सभापति कृष्ण (सबुज) बानियाँले स्व आचार्यजस्ता हजारौँ नेता तथा कार्यकर्ताको पार्टीले मूल्याङ्कन गर्नुपर्ने बताए । काठमाडौँ काङ्ग्रेसको सङ्गठन बलियो बनाउन आचार्यको महत्वपूर्ण भूमिका रहेको उनको भनाइ थियो ।
काङ्ग्रेस काठमाडौँ क्षेत्र नं ७ का सभापति मुकुन्द रिजालले स्व आचार्य घरपरिवारभन्दा बाहिर निस्किएर समाज र देशको निर्माणमा लाग्ने नेता भएको बताए । आचार्यको २०७५ साल असार ४ गते हृदयाघातका कारण ६१ वर्षको उमेरमा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको नेविसङ्घका नेता सुशान्त आचार्यले जानकारी दिए ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: