चितवन । विवाह व्रतबन्ध पूजालगायत शुभकार्यमा बजाउने परम्परागत नौमती र पञ्चेबाजा पछिल्लो समय लोप हुँदै गएपछि चितवनका युवाहरु यसको संरक्षणमा जुटेका छन् । चितवनको इच्छाकामना गाउँपालिका–७ स्याङ्दीका आदिवासी जनजाति समुदायका १५ युवा समूह नै गठन गरी नौमती र पञ्चेबाजा संरक्षणमा जुटेका हुन् ।
विशेषगरी दलित समुदायले पछिल्लो समय नौमती पञ्चेबाजा बजाउन छाड्दै गएकाले यसको संरक्षणका लागि बाजा बजाउन शुरु गरिएको नयाँबारी साङ्केतिक समूहका अध्यक्ष रामलाल तामाङले बताए । तामाङले भने, “पछिल्लो समय दलित समुदायले गाउँघरमा नौमती पञ्चेबाजा बजाउन छाड्दै गएको छ, गाउँमा विवाहव्रतबन्ध पूजालगायत शुभकार्यमा बाजा बजाउने समूहको अभाव भएको छ, त्यसैले यसको अभाव परिपूर्ति गर्न र संस्कृतिको जगेर्नाका लागि हामी जुटेका हौँ ।”
एक वर्षदेखि बाजा बजाउँदै आएको समूहमा तामाङ, गुरुङ र मगर जातिका युवा रहेको अध्यक्ष तामाङले बताए । अहिले आफ्नो समूहलाई बाजा बजाउनका लागि धेरै ठाउँबाट बोलाउने हुँदा भ्याउनै मुस्किल परेको उनको भनाइ छ । लोप हुनलागेको पञ्चेबाजाको संरक्षणमा जुटेर नमूनाकार्य गरेको भन्दै गाउँपालिकाले पनि सहयोग गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले बताइन्। गाउँपालिकाले प्रोत्साहनका लागि समूहलाई बाजा खरीद तथा पोशाकका लागि सहयोग गर्ने अध्यक्ष गुरुङले जानकारी दिए ।
पहिले–पहिले नेपाली समाजमा शुभविवाह, व्रतबन्ध, पूजाजस्ता शुभकार्यमा नौमती पञ्चेबाजा अनिवार्यजस्तै बजाउने गरिन्थ्यो भने दलित समुदायले पेशाका रूपमा बजाउँदै आएका थिए । पछिल्लो समय दलित समुदायले बजाउन छाड्दै जाँदा ती शुभकार्यमा नौमती पञ्चेबाजाको स्थान डेक र ड्रमबाजाले लिन थालेका थिए । तर पुनः नेपाली समुदायबीच शुभकार्यमा नौमती र पञ्चेबाजाको माग बढ्न थालेपछि अन्य समुदायकाले पनि यो बाजा बजाउन थालेका छन् ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: