गलेश्वर । संस्कृतमा एउटा शुक्ति (भनाइ) छ - ‘विभूक्षितं किं नकरोति पापम्’ अर्थात् ‘भोको मानिसले कुन पाप गर्दैन र ? सबै किसिमका पाप कर्म गर्छ ।’ संस्कृतको यो शुक्तिलाई म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोट फापरखेतका न्यून दृष्टियुक्त व्यक्ति आइतबहादुर दर्जीको परिश्रमले भने पुर्नलेखन गर्नुपर्ने बनाइदिएको छ ।
जन्मजातरुपमा दुवै आँखा नदेख्ने ५६ वर्षीय दर्जीले आफ्नो र परिवारको पेट भर्न र जीउ ढाक्न पापकर्म गरेर होइन आफ्नै बलबुताले परिश्रम गरेर समाजका लागिसमेत उदाहरणीय बनेका छन् । न्यून दृष्टियुक्त व्यक्ति दर्जी विगत छ वर्षदेखि एकाबिहानै एउटा हातले लठ्ठी टेकेर र अर्को हातले हथौठा बोकेर घरबाट निस्कनुहुन्छ । गाउँमा निर्माण हुने विद्यालय भवन र व्यक्तिगत घरको लागि गिट्टी कुटेर गुजारा चलाउनु उनको बाध्यता बनेको छ । दैनिकजसो बिहानै ज्याला मजदूरी गर्न जाने दर्जी न्यून दृष्टियुक्त व्यक्ति भए पनि परिवारमा उनको जिम्मेवारी भने ठूलो छ । आर्थिक अवस्था कमजोर भएका दर्जीले भकुण्डेको अर्जुन माविमा निर्माणाधीन भवनका लागि गिट्टी कुट्ने गरेका छन् ।
फापरखेतमा सार्वजनिक जग्गामा बसिरहेका दर्जी गत साल पत्रकार हरिकृष्ण गौतमको अगुवाइमा करीब रु एक लाख ५० हजार आर्थिक सहयोग जुटेपछि जस्तापाताले छाएको घर बनाएर बसेका छन् भने रु ५० हजारमा अरुको खेत बन्धकीमा लिएका छन् । दैनिक घरखर्च चलाउनका साथै छोराको पढाइ खर्च जुटाउन गिट्टी कुट्ने गरेको दर्जीले बताएका । दर्जीका दुई छोरा र श्रीमती छन् । जेठा छोरा गाउँकै अर्जुन माविमा कक्षा १२ उत्तीर्ण गरेपछि उच्च शिक्षाका लागि आर्थिक अभाव भएकाले वैदेशिक रोजगारीमा जाने तरखरमा छन् भने कान्छा छोराले पनि राम्रोसँग आँखा देख्दैनन् । कान्छा छोरा अनिल ७ कक्षामा पढ्छन् ।
\'म दुवै आँखा देख्दिन, मेरो कमाइले घरमा चुलो बल्छ\', दर्जीले भने, । दर्जीले आफ्नो सहारा भनेकै एउटा लठ्ठी र हथौडा भएको बताए । सहाराको रुपमा रहेको लौरोभन्दा प्यारो गिट्टी कुट्नका लागि आवश्यक पर्ने हथौडा आफ्नो लागि महत्वपूर्ण रहेको दर्जीको भनाइ छ । दर्जी परिवार गाउँकै सबैभन्दा कमजोर परिवारको रुपमा रहेको स्थानीय समाजसेवी भीमबहादुर पौडेलले बताए । छोराहरूलाई लत्ताकपडा, कपीकलमसहित खाजा खर्च जुटाउनसमेत मुस्किल छ । \'सकि नसकी दैनिक ३०० जति कमाइ हुन्छ । बिरामी हुँदा आफ्नो शरीरभन्दा छोराहरूको चिन्ता लाग्छ\', दर्जीले भने । दर्जीले पैसाको अभावमा कहिलेकाहीँ एकछाक खाने गरेकोसमेत बताए ।
\'पत्रकार हरिकृष्ण गौतम मेरो जीवनमा भगवान् नै बनेर आए\', अर्जुन माविको चौरमा गिट्टी कुट्दै गरेका दर्जीले भने, \'उनकै आग्रहमा देश विदेशमा रहेका व्यक्तिले मलाई सहयोग गरे र त्यसैको भरमा टिनले छाएको घरमा बस्न पाएको छु ।\', \'दर्जीको अवस्था अत्यन्त टिठलाग्दो थियो\', पत्रकार गौतमले भने, \'उनको दयनीय अवस्था देखेर मैले सहयोग जुटाएको हुँ ।\'
अपाङ्गताको क्षेत्रमा काम गर्ने धेरै सङ्घसंस्था भए पनि आफ्नो घरमा सानो सहयोगसमेत नगरेको दर्जीको गुनासो छ । \'गरीबको घरमा त सहयोग गर्ने सङ्घसंस्था पनि आउँदैनन्, आवश्यक कमाइ गर्न पनि सकिँदैन\', उनले भने । श्रीमती बिरामी हुने समस्याले समेत नियमित मजदूरीमा जान समस्या हुने गरेको दर्जीको भनाइ छ । दर्जीले मनकारी व्यक्तिसँग सहयोगको आग्रह गरेका छन् ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...



प्रतिकृया लेख्नुहोस्: