म्ला । जुम्लामा छ हजार भेंडाबाख्रालाई पिपिआर रोग(भाइरल डिजिज) विरुद्धको निःशुल्क खोप लगाइएको छ । चन्दननाथ नगरपालिका क्षेत्रभित्र पर्ने पशुसेवा केन्द्र तलिउममा तीन हजार १९० र चन्दननाथ नगरपालिका जुम्ला शाखामा दुई हजार आठ सय भेडाबाख्रालाई पिपिआर रोगविरुद्धको खोप लगाइएको पशुसेवा केन्द्र तलिउमका प्राविधिक धनवहादुर बानियाँँले जानकारी दिए।
चन्दननाथ नगरपालिकाको आयोजनामा मङ्गलबार लगाउन शुरु गरिएको खोप बिहीबार सकिएको हो । पिपिआर रोगका कारणले भेडाबाख्रा नमरुन् भनेर वर्षेनी खोप कार्यक्रम सञ्चालन गरिँदै आइरहेको चन्दननाथ पशु शाखाका प्रमुख ज्ञानेन्द्रसिंह बुढ्थापाले बताए ।
समयमै खोप लगाउनका लागि सामुदायिक रेडियोबाट प्रचारप्रसार गर्दै आएको उनको भनाइ छ । पछिल्लो समयमा सो रोग नफैलिएको उहाँले जानकारी दिए । एक वर्ष खोप लगाइएका भेंडाबाख्रालाई पछि दुई वर्षसम्म खोप लगाउनु आवश्यक पर्दैन । अघिल्लो वर्ष खोप नलगाएका भेडाबाख्रालाई कुनै रोगले सङ्क्रमण नगर्ने भएकाले खासै समस्या नहुने प्राविधिक बानियाँले बताए । भेडाबाख्रामा रोगको सङ्क्रमण हुनेबित्तिकै पशु स्वास्थ्य चिकित्सकसँग परामर्श लिन आग्रह गरिएको छ । पछिल्लो समयमा भेंडाबाख्रापालन लोप हुँदै गइरहेका बेला संरक्षण र प्रवद्र्धन अभियानमा केन्द्रित हुनका लागि सुझाव दिइएको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: