महोत्तरी । लामो समयदेखि पानी नपरेको कारण वर्षाको भरमा खेतीपाती गर्ने किसानलाई धानको बेर्ना जोगाउन धौधौ परेको छ । सिँचाइको उचित व्यवस्था नभएको महोत्तरीको उत्तरवर्ती क्षेत्रका किसानलाई खेतमा तयार पारेको धानको तयारी अवस्थामा रहेको बेर्ना जोगाउन कठिन भएको छ ।
महोत्तरी औरही नगरपालिका–२ पचाइनका किसान दिनेश यादवका अनुसार वैशाख महीनामा हावाहुरीसँगै आएको पानीको समयमा ब्याडमा धानको बीउ छर्केको तर अब धान रोप्नका लागि बीउ तयारी अवस्थामा भए तापनि सिँचाइको अभावमा रोपाइँ गर्न समस्या भएको छ । यहाँका किसान अकाशे पानीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता रहेकाले खेतमा तयारी अवस्थामा रहेको धानको बेर्नालाई प्रचण्ड घामबाट जोगाउन मुस्किल हुँदै गरेको यादवले बताएका छन् ।
असारको पहिलो साता बितिसक्दा पनि किसानले खेतमा धान रोप्न नसकेको गौशाला नगरपालिका–१० का किसान देवलाल महतोले बताए। पानीको कारण धान समयमै रोपाइँ हुन नसकेको महतोले जनाएका छन् । ‘‘समय समयमा पानी नपरेको कारण ब्याडमै तयारी अवस्थामा रहेको धानको बेर्ना पहेँलो भई सुख्न थालेको छ’’, उनले भने ।
औरही नगरपालिकाका अर्का किसान विन्देश्वर महराका अनुसार ब्याडमा तयारी अवस्थामा रहेको बीउलाई जोगाउनका लागि घरबाटै बिहान–साँझ गरी पानी बोकेर लैजाने गरिएको छ । पहिले नजीकै रहेको जङ्घा नदीमा पानी हुँदा नहरको माध्यमबाट किसानले खेतमै पम्पसेट जडान गरी खेतीपाती गर्दथे तर नदी सुकेपछि किसानलाई खेतीपाती गर्न समस्या भएको उनको भनाइ छ ।
समयसमयमा पानी नपरेको कारण जिल्लाको गौशाला, बर्दिवास र औरही नगरपालिकाका किसानले रोप्नका लागि तयारी अवस्थामा रहेको धानको बेर्ना ब्याडमै सुख्न थालेको छ । यस वर्ष पनि उत्तरवर्ती क्षेत्रमा धानको उत्पादनमा कमी आउने गौशाला नगरपालिकाको कृषि शाखाका अधिकृत कल्पना पौडेलले बताए ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: