Ntc summer Offer
Khabar Dabali ८ पुष २०८१ सोमबार | 23rd December, 2024 Mon
Investment bank

इङ्ल्यान्डलाई हराउँदै विश्वकप क्रिकेटको सेमिफाइनलमा अस्ट्रेलिया

काठमाडौं । साविक विजेता अस्ट्रेलिया आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । लर्डस मैदानमा मंगलबार राति भएको खेलमा घरेलु टोली इङ्ल्यान्डलाई ६४ रनले हराउँदै अस्ट्रेलिया सेमिफाइनलमा पुग्ने पहिलो टोली बनेको छ । अस्ट्रेलियाको जितमा कप्तान एरोन फिन्चको शतकीय प्रदर्शन निर्णायक बनेको थियो । जितसँगै शीर्ष स्थानमा उक्लिएको अस्ट्रेलियाको सात खेलबाट १२ अंक पुगेको छ । आठ अंक बानाएको इङ्ल्यान्ड चौथो स्थानमा छ ।

अस्ट्रेलियाले दिएको दुई सय ८६ रनको विजय लक्ष्य पछ्याएको इङ्ल्यान्डले खराव प्रदर्शन गर्यो । इङ्ल्यान्डले ४४।४ ओभरमा सबै विकेट गुमाएर दुई सय २१ रन नाएको थियो । इङ्ल्यान्डका लागि बेन स्टोक्सले अर्धशतकीय पाली खेले । उनले ८९ रन बनाए । जोनी बेयरस्टले २७, क्रिस वाक्सले २६ र जस बटलरले २५ रन बनाए । अस्ट्रेलियाका जासन बेरेन्ड्रोफले पाँच विकेट लिए । मिचेल स्टार्कले चार विकेट हात पारे । मार्कस स्टोइनिक्सले एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा सात विकेटको क्षतिमा दुई सय ८५ रन बनायो । अस्ट्रेलियाका लागि कप्तान एरोन फिन्चको शतक र डेभिड वार्नरको अर्धशतक बरदान बन्यो । फिन्चले एक सय रन बनाए । वार्नरले ५३ रन बनाए । स्टेभन स्मिथ र एलेक्स क्यारीले समान ३८, उस्मान ख्वाजाले २३ र ग्लेन म्याक्सवेलले १२ रन बनाए । इङ्ल्यान्डका क्रिस वाक्सले दुई विकेट लिए । जोफरा आर्चर, मार्क उड, बेन स्टोक्स र मोइन अलीले एक एक विकेट झारे । एजेन्सी

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy