Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

यी हुन् ओली सरकारका दुई महत्वपूर्ण निर्णय, जसलाई प्रतिपक्षीले समेत स्वागत गरेका छन्

काठमाडौं । सरकार गठन भएको करिब १४ महिना बितिसक्दा पनि सरकारले जनअपेक्षा अनुसार काम नगरेको गुनासो व्याप्त छ । सरकारकै पार्टीबाट पनि गुनासोहरु व्यापक भइरहेका बेला सरकारले गरेको पछिल्ला दुई निर्णयलाई भने धेरै सकारात्मक ढंगबाट हेरिएको छ ।

सरकारले विदेशी विज्ञापनमाथि नियमन गर्न ल्याएको विज्ञापन ऐन र क्लिन फिडको कार्यान्वयलाई सबैले सकारात्मक रुपमा लिएका छन् । त्यसैगरि सरकारले विषदीयुक्त भारतीय तरकारी तथा फलफूल आयातमा लगाएको प्रतिबन्धलाई पनि सबैले अति महत्वपूर्ण कदमको रुपमा हेरेका छन् ।

क्लिन फिडको कार्यान्वयन
विदेशी टेलिभिजन च्यानलमा विज्ञापनरहित (क्लिन फिड) नीतिको समर्थनमा अहिले पुरै नागरिकहरु लागेका छन् । सरकारले ल्याएको नीतिको विरोध गर्दै केबुल, डिजिटल र इन्टरनेट टीभी सेवा प्रदायकहरुले २४ घण्टे प्रसारण बन्द गर्दा सर्वसाधारण नागरिकहरुले सरकारको समर्थन गर्दै नीतिको विरोध गर्नेमाथि खनिए । सरकारले आगामी साउनबाट लागु गर्नेगरि तयारी थालेको क्लिन फिड नीति प्रति सर्वसाधारणले राम्रो प्रतिक्रिया दिईरहेका छन् ।

\"नेपाल

यदि क्लिन फिड नीति भएमा विदेशी च्यानल हेर्दा विदेशी विज्ञापन हेर्नुपर्ने बाध्यता अन्त्य हुनेछ । साथै यो नीति लागु भएसँगै स्वदेशी विज्ञापन व्यवसायीलाई समेत फाईदा पुग्ने छ । जसको कारण अर्बौँ रुपैयाँको कारोबार स्वेदशमै बढ्न जाने छ ।

भारतीय तरकारी तथा फलफूलमा प्रतिबन्ध
लामोसमयदेखि स्वेदशी उपभोक्ता र कृषकहरुले निर्वाध रुपमा हुने भारतीय तरकारी र फलफूल आयातमाथि प्रतिबन्धको माग गरेका थिए । अत्याधिक विषादी र अति कम गुणस्तरीय तरकारी र फलफूल भारतीय व्यवसायीले निर्वाध रुपमा नेपाल भित्र्याउँदै गरेका थिए । जसको कारण नेपाली उपभोक्ता गुणस्तरहिन र स्वास्थ्यमा नै प्रतिकुल असर गर्ने खानेकुरा खान वाध्य थिए ।

\"भारतीय
भारतीय सीमा नाका रुपैडिहामा रोकिएका ट्रकहरु । तस्बिर : रासस

गत असार २ मा भन्सार विभागले परिपत्र नै गरेर निर्वाध रुपमा आउने तरकारी र फलफूलमाथि रोक लगाउनुलाई धेरैले सकारात्मक रुपमा हेरेका छन् । विभागले परिपत्रमा क्वारेन्टाईन जाँचको प्रमाणपत्र नभएका तरकारी तथा फलफूल आयातमा पुरै प्रतिबन्ध नै लगाउने निर्देशन गरेको छ ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy