काठमाडौं । दुईतिहाई मतसहित बनेको सरकारको कार्यशैली धेरै फितलो भएको भन्ने टिप्पणीहरु चलेका छन् । केहि मन्त्रीहरुको कार्यशैली बारे प्रश्नहरु पनि उठेका छन् । सत्तारुढ नेकपा भित्रै पनि कार्यसम्पादन राम्रो नभएका मन्त्रीहरु फेरिनु पर्ने आवाज आएको छ । नेकपा भित्रै चलेको यही चर्चाले अहिले मिडिया क्षेत्र तताएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पनि गत बिहिबार पोखरामा मन्त्रीमण्डल पुर्नगठनको बारेमा बोलेका थिए । उनले प्रधानमन्त्री र आफुँबीच मन्त्रीमण्डल पुर्नगठनबारे छलफल भएको बताएका थिए । सँगै प्रचण्डले तत्कालै मन्त्रीमण्डल हेरफेर नहुने पनि प्रष्ट्याएका थिए । तथापी प्रचण्डले बोलेको बोलीलाई नै आधार बनाएर सरकारका मन्त्रीहरु हेरफेर हुने बारे मिडियामा व्यापक चर्चा भएको छ ।
चर्चा हल्ला मात्रै
मिडियामा व्यापक रुपमा चर्चा भएको मन्त्रीमण्डल हेरफेर बारे अहिले नै टुंगो लागि नसकेको नेकपा सचिवालयले स्रोतले जानकारी दिएको छ । मन्त्रीमण्डल हेरफेर हुने तर अहिलै नै हेरफेर गर्ने विषयमा टुंगो नलागेको स्रोतले बतायो ।
‘अध्यक्षद्धयबीच मन्त्रीहरुको कार्यसम्पादन बारे छलफल भएको हो तर चर्चामा आएको जस्तो तत्कालै मन्त्रीहरु हेरफेर हुने बारे टुंगो लागेको छैन् ।’ सत्तारुढ नेकपाका एक नेताले भने, ‘अध्यक्ष प्रचण्डले सरकारको काम प्रभावकारी नभएको बारे असन्तुष्टी राख्नु भएको हो । उहाँले प्रधानमन्त्रीलाई काम प्रभावकारी बनाउने बारे सुझाव दिनुभएको भने साँचो हो ।’
पर्यटन मन्त्री नियुक्ती बारे छलफल
संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री नियुक्ती गर्नेबारे अध्यक्षद्धयबीच छलफल भएको नेकपा सचिवालय स्रोतले बताएको छ । गएको फागुन १७ गते हेलिकप्टर दुर्घटनामा मन्त्री रवीन्द्र अधिकारीको निधन भएसँगै अहिले पनि मन्त्रीपद रिक्त छ । प्रधानमन्त्री ओलीले नै त्यो मन्त्रालय सम्हालिरहेका छन् ।
‘भिजन २०२०’ नजिकिँदै गर्दा पर्यटन मन्त्री नियुक्त गर्नेबारे दबाब छ । तर अध्यक्षहरु बीच कसलाई मन्त्री बनाउने भन्ने बारे छलफल नटुंगिदा मन्त्रालय खाली भएको बताइएको छ । ‘रविन्द्र अधिकारी जीको निधन भएसँगै रित्त रहेको पर्यटन मन्त्री भने नियुक्त गर्नेबारे छलफल चलेको छ ।’ नेकपाका एक नेताले भने, ‘कसलाई मन्त्री बनाउने भन्ने बारे भने टुंगो लागेको छैन् ।’
उनले चर्चामा रहेको योगेश भट्टराईको विषयमा टुंगो नलागेको पनि बताएका छन् । अध्यक्ष प्रचण्ड भट्टराईलाई मन्त्री बनाउने विषयमा सकारात्मक देखिए पनि प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपि शर्मा ओली भने भट्टराईको विषयमा मौन देखिएको ती नेताले बताएका छन् । योगेशको विकल्पमा अन्यको नाममा पनि प्रधानमन्त्री ओलीले छलफल चलाएको स्रोतले जानकारी दिएको छ ।
बादलले गुट परिवर्तन गरेको विषय हल्ला मात्रै
गृहमन्त्रीसमेत रहेका नेकपाका शीर्ष नेता रामबहादुर बादलले गुट परिवर्तन गरेको विषयमा भएको चर्चा निराधार भएको बताइएको छ । पार्टी एकता गर्दाका मुख्य भूमिकामा रहेका बादलले गुट परिवर्तन भन्दा पनि एकताका बाँकी काम टुंग्याउन पार्टीभित्र जोडदार छलफल चलाउँदै आएको स्रोतले बतायो ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...




प्रतिकृया लेख्नुहोस्: