Khabar Dabali १६ फाल्गुन २०८२ शनिबार | 28th February, 2026 Sat
Investment bank

खस्कियाे सामुदायिक विद्यालयकाे एसइइ नतिजा

भक्तपुर । २०७५ सालको एसईईको नतिजा बिहीबार सार्वजनिक गरिएको छ। गत चैतमा सञ्चालित परीक्षामा चार लाख ५९ हजार दुई सय ७५ विद्यार्थी सहभागी थिए। तीमध्ये तीन लाख २५ हजार तीन सय ३० (७०.८४ प्रतिशत) सामुदायिक र एक लाख ३३ हजार नौ सय ४५ (२९.१६ प्रतिशत) निजी विद्यालयका छन्।

आजको अन्न्पुर्ण पाेष्ट दैनिकमा खबर छ - नतिजाअनुसार १७ हजार पाँच सय ८० विद्यार्थीले ए प्लस ग्रेड अंक ल्याएका छन्। तीमध्ये सामुदायिक विद्यालयका दुई हजार सात सय ९२ परीक्षार्थीले ए प्लस ल्याएका छन्। जुन १५.८८ प्रतिशत मात्रै हो। निजी विद्यालयका ८४.१२ प्रतिशत अर्थात् १४ हजार सात सय ८८ जना परीक्षार्थीले ए प्लस ल्याएका छन्।

त्यस्तै ए ग्रेड ल्याउने सामुदायिक विद्यालयका विद्यार्थी पनि संस्थागत एवं निजी विद्यालयको तुलनामा न्यून छन्। कुल ५१ हजार एक सय ३७ ए ग्रेड ल्याउने परीक्षार्थीमध्ये सामुदायिक विद्यालयका ११ हजार दुई सय २३ अर्थात् २१.९४ प्रतिशत छ। जुन ए प्लस ग्रेडभन्दा ६ प्रतिशत बढी हो। निजी एवं संस्थागत विद्यालयका ७८.०६ प्रतिशत अर्थात् ३९ हजार नौ सय १४ जना परीक्षार्थीले ए ग्रेड ल्याएका छन्।

बी प्लस ग्रेड ल्याउने परीक्षार्थीतर्फ पनि सामुदायिकलाई निजीले उछिनेको छ। कुल ६३ हजार सात सय ४१ परीक्षार्थीको बी प्लस छ। सामुदायिकका ४१.३६ प्रतिशत अर्थात् २६ हजार तीन सय ६६ परीक्षार्थीले बी प्लस ल्याएका छन्। निजी विद्यालयका ५८.६४ प्रतिशत अर्थात् ३७ हजार तीन सय ७५ जनाले बी प्लस ग्रेड ल्याए।

बी, सी प्लस, सी, डी प्लस र डी ग्रेड आउने परीक्षार्थीमा सामुदायिक विद्यालयका विद्यार्थी बढी छन्। बीमा ७६ हजार पाँच सय ६४, सी प्लसमा ९८ हजार दुई सय सात, सीमा ९५ हजार तीन सय सात, डी प्लसमा ४३ हजार आठ सय ४१ र डीमा चार हजार चार सय २९ जना छन्।

सामुदायिकबाट बी ग्रेडमा ५३ हजार सात सय ३०, सी प्लस ग्रेडमा ८७ हजार चार सय ४२, सी ग्रेडमा ९० हजार चार सय ४५, डी प्लसमा ४२ हजार तीन सय ६३ र डी ग्रेडमा चार हजार दुई सय ९६ जना परीक्षार्थी छन्।

निजी विद्यालयतर्फ बी ग्रेडमा २२ हजार आठ सय ३४, सी प्लस ग्रेडमा १० हजार सात सय ६५, सी ग्रेडमा चार हजार आठ सय ६२, डी प्लसमा एक हजार चार सय ७८ र डी ग्रेडमा एक सय ३३ परीक्षार्थी छन्।००

लथालिंग व्यवस्थापन र गैरजिम्मेवार शिक्षक

समाजवाद उन्मुख अर्थ व्यवस्था अँगालेको मुलुकमा सामुदायिक विद्यालयको नतिजाले व्यवस्थाप्रति व्यंग्य गरेको शिक्षाविद्को टिप्पणी छ।

अधिकांश सामुदायिक विद्यालयमा व्यवस्थापन लथालिंग रहेको र शिक्षक जिम्मेवार नहुँदा नतिजा खस्केको शिक्षाविद् बताउँछन्। एसईई नतिजाअनुसार ३.६० देखि ४ जीपीए ल्याउने विद्यार्थी सामुदायिक भन्दा निजीका विद्यार्थी सात गुणा बढी छन्।

शिक्षाविद् केदारभक्त माथेमाले समाजवाद उन्मुख व्यवस्था अँगालेको अवस्थामा सामुदायिक विद्यालयको अवस्था दयनीय देखिनु दुःखदायी भएको बताए। उनले भने, ‘सामुदायिक विद्यालयलाई राजनीतिको थलो र शिक्षकलाई कार्यकर्ता बनाउने राजनीतिक दलले नै यसको जिम्मेवारी लिनुपर्छ। यस्तो नतिजाले सामुदायिक विद्यालयमा कसरी विद्यार्थीको आकर्षण बढाउन सकिन्छ ? ’

सामुदायिक विद्यालयको गुणस्तर सुधार्न व्यवस्थापकीय र शिक्षकबीच आपसी छलफल नहुने शिक्षाविद् विद्यानाथ कोइराला बताउँछन्। ‘अधिकांश सामुदायिक विद्यालयको नतिजा निराशाजनक छ। सामुदायिक विद्यालयका विद्यार्थी भीड (मास) हुन् र निजी विद्यालयका विद्यार्थी (क्लास) का रूपमा लिने प्रवृत्ति देखियो। शैक्षिक सुधारका लागि सामुदायिक विद्यालयमा चिन्तन–मनन नै भएन’, कोइरालाले भने।

केही सामुदायिक विद्यालयमा व्यवस्थापन र शिक्षकले कर्तव्य सम्झेर गुणस्तरमा जोड दिएकाले सुधार भएको कोइरालाले बताए। उनले भने, ‘समग्रमा हेर्ने हो भने सामुदायिकको अवस्था ट्रलिबस जस्तो भयो। प्राइभेट विद्यालयको अवस्था निजी बस जस्तो देखियो।’

अर्का शिक्षाविद् डा. सुमन तुलाधर सामुदायिक विद्यालयले जुनसुकै अवस्थाका विद्यार्थीलाई भर्ना लिई परीक्षामा सामेल गराउने भएकाले एसईई नतिजा खस्किएको बताउँछिन्। ‘सामुदायिक विद्यालयले सबै विद्यार्थीलाई जाँचमा सहभागी गराएर समानतामूलक व्यवहार गरेको छ। त्यसैले नतिजा सोचेजस्तो नआएको हो’, तुलाधरले भनिन्।

सामुदायिक विद्यालयका अभिभावकको न्यून आर्थिक अवस्था र अध्ययनमैत्री पारिवारिक वातावरण नहुँदा विद्यार्थी कमजोर बनेको डा. तुलाधरको भनाइ छ।

बजेट लगानी, बालुवामा पानी

सरकारले अन्तर्राष्टिय मञ्चमा कुल बजेटको २० प्रतिशत बजेट शिक्षा क्षेत्रमा छुट्ट्याउने प्रतिबद्धता जनाउँदै आएको छ। तर वार्षिक बजेटमा मुस्किलले १० प्रतिशत मात्र विनियोजन गरिन्छ। उक्त बजेट पनि सदुपयोग नहुँदा भने परिणाम निराशाजनक हुने गरेको शिक्षाविद्को टिप्पणी छ। ‘ सरकारी नीति छ। बजेट पनि छ। बजेटको सदुपयोग भएको छैन। शैक्षिक गुणस्तरको क्रियाकलापभन्दा भवन निर्माण, चौर बनाउने जस्ता संरचनात्मक सुधारमा बढी खर्च भएको छ’, डा. तुलाधरले भनिन्।

प्राविधिकतर्फ ६९८ को ए प्लसएसईईको प्राविधिकतर्फ परीक्षा दिएका नौ हजार ६ सय ३३ परीक्षार्थीमध्ये ६ सय ९८ जनाको ए प्लस ग्रेड आएको छ। जसमा चार सय ७१ छात्र र दुई सय २७ छात्र छन्।त्यस्तै दुई हजार एक सय ७७ जना ए ग्रेड, तीन हजार ३५ बी प्लस, दुई हजार चार सय ५४ बी ग्रेड, नौ सय आठ जना सी प्लस, ९८ जना सी र एकजना डी प्लसमा छन्।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE