Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

आँबुखैरेनीमा तेत्तीस लाखको अक्षयकोष स्थापना

तनहुँ । तनहुँको आँबुखैरेनी निवासी समाजसेवी ईश्वर मल्ल र उनकी श्रीमती नीलकुमारी मल्लले गोरखा र तनहुँका विद्यालय र मन्दिर गरी नौ संस्थामा रु ३३ लाख बराबरको अक्षयकोष स्थापना गरेका छन् । गरीब तथा विपन्न वर्गका बालबालिकालाई पठनपाठनतर्फ अभिप्रेरित गर्ने र भक्तजनलाई मन्दिरको उचित संरक्षण गर्ने उद्देश्यले समाजसेवी मल्ल दम्पतीले ती सङ्घसंस्थामा अक्षयकोष स्थापना गरिदिएका हुन् ।

ती विद्यालय र मठमन्दिरमा ईश्वर र नीलकुमारी अक्षयकोष स्थापना गरिएको हो । आफ्ना मातापिताले रु दुई लाखदेखि पाँच लाखसम्मको अक्षयकोष स्थापना गरेको छोरा विपीन मल्लले जानकारी दिए । उनका अनुसार गोरखाको लखन गाउँपालिका–३ स्थित मनकामना माध्यमिक विद्यालयमा रु पाँच लाख, तनहुँको आँबुखैरेनी गाउँपालिका–३ स्थित रामशाह माध्यमिक विद्यालयमा रु पाँच लाख, गोरखाको पालुङटार नगरपालिका–८ स्थित अकला माध्यमिक विद्यालयमा रु पाँच लाख, गोरखाकै शहीद लखन गाउँपालिका–१ को बक्रेश्वर माध्यमिक विद्यालयमा रु पाँच लाखको अक्षयकोष स्थापना गरेका छन् ।

यस्तै गोरखाको शहीद लखन गाउँपालिका–३ को गङ्गाधर्म प्राथमिक विद्यालयमा रु दुई लाख, गोरखा नगरपालिका–१३ को मल्ल कुलायन मन्दिर निर्माणलाई रु पाँच लाख, गोरखाको बक्रेश्वर महादेव मन्दिरलाई रु दुई लाख, तनहुँको आँबुखैरेनीमा रहेको कृष्ण मन्दिरलाई रु दुई लाख, गोरखा कुरिनटारको त्रिवेणी माई मन्दिरमा रु दुई लाखको अक्षयकोष स्थापना गरिएको छोरा विपीनले बताए ।

तनहुँको आँबुखैरेनीमा सम्पन्न रामयुग मल्ल प्रतिष्ठानको चौथो वार्षिक साधारणसभाका अवसरमा समाजसेवी मल्लले विद्यालय तथा मठमन्दिरको जगेर्ना र संरक्षण गर्ने उद्देश्यले अक्षयकोष स्थापना गरिदिएको समाजसेवी भगवान् मल्लले बताए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy