Khabar Dabali १६ फाल्गुन २०८२ शनिबार | 28th February, 2026 Sat
Investment bank

प्रदेश कर्मचारीको सेवा र सर्तसम्बन्धी विधेयकको मस्यौदा मन्त्रालयमै अड्कियो

काठमाडौं । संघीय सरकारले ‘प्रदेश निजामती सेवाको आधार तथा मापदण्डसम्बन्धी ऐन’ नबनाउँदा प्रदेश सरकारले ‘प्रदेश निजामती कर्मचारी सेवा ऐन’ बनाउन सकिरहेको छैन । संघले तयार गरेको सो ऐनको मस्यौदा विधेयक नै पाँच महिनादेखि कानुन मन्त्रालयमा थन्किएको छ । प्रदेश निजामती सेवाको आधार तथा मापदण्डसम्बन्धी ऐनको मस्यौदा विधेयक कानुन मन्त्रालयले रोकिदिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको गुनासो छ । ‘विधेयक मस्यौदा गरेर फागुनमै पठाएको हो, तर कानुन मन्त्रालयले सहमति दिएको छैन,’ संघीय मामिला मन्त्रालयका एक कर्मचारीले भने । हरेक निकायले कानुन बनाउँदा मस्यौदामा कानुन मन्त्रालयको सहमति लिनुपर्ने व्यवस्था छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - कानुन मन्त्रालयले भने समय अभावमा मस्यौदामा सहमति दिन ढिलाइ भएको जनाएको छ । मन्त्रालयका सहसचिव मानबहादुर अर्यालले विधेयकका केही दफामा संघीय मामिला मन्त्रालयसँगै छलफल गर्नुपर्ने भएको र मन्त्रालयसँग छलफल भइरहेको बताए । ‘केही बुँदामा थप छलफल गर्नुपर्ने देखिएको छ । समय अभावमा थोरै ढिलाइ भएकै हो,’ सहसचिव अर्यालले भने, ‘रोक्नुपर्ने अरू कुनै कारण छैन ।’

संसदीय समितिमा बहस : निजामती सेवामा प्रवेश उमेर कति ?

संघीय संसद्को राज्यव्यवस्था तथा सुशासन समितिमा निजामती सेवामा प्रवेश उमेर कति तोक्ने भन्ने बहस सुरु भएको छ । हाल नायव सुब्बासम्मको हकमा प्रवेश उमेर १८ वर्ष र अधिकृतदेखि माथिल्लो पदको हकमा २१ वर्ष रहेकोमा घटाएर १६ बनाउन सांसदहरू सकारात्मक भएका छन् । आइतबारको समिति बैठकमा सांसदहरू झपट रावल, प्रेम सुवाल, दिलेन्द्रप्रसाद बडू, राजकिशोर यादव, रेखा शर्मा, मीना पाण्डे, डिला संग्रौलालगायत सांसदले निजामती सेवामा प्रवेश उमेर घटाउनुपर्ने माग गरेका छन् ।

१६ वर्षमै नागरिकता दिने व्यवस्था रहेको तथा विद्यालयस्तरको अध्ययन पनि १६ वर्षसम्म अधिकांशले पूरा गरिसक्ने हुनाले निजामती सेवा प्रवेशका लागि कुराउन नहुने सांसदहरूको तर्क छ । समितिले प्रवेश उमेर घटाउँदा अन्य कानुनसँग बाझिने वा नबाझिने अध्ययन गरेर समितिमा सुझाब पेस गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको छ । सरकारले संसद्मा ल्याएको संघीय निजामती सेवासम्बन्धी विधेयकमा भने पुरानै व्यवस्थाअनुसार १८ र २१ वर्षलाई नै प्रवेश उमेर निर्धारण गरिएको छ ।

प्रदेश कर्मचारीको उमेरहद ६० वर्ष प्रस्ताव
संघीय मामिला मन्त्रालयले तयार गरेको ऐनको मस्यौदामा प्रदेश कर्मचारीको अनिवार्य अवकाश उमेर ६० वर्ष प्रस्ताव गरिएको छ । संघीय निजामती कर्मचारी सेवा ऐनमा अनिवार्य अवकाश उमेर ५८ वर्ष राखेको मन्त्रालयले प्रदेश निजामती सेवामा भने ६० वर्ष प्रस्ताव गरेको हो । यस्तै, प्रदेश निजामती सेवाअन्तर्गतका कर्मचारीलाई ट्रेड युनियन अधिकार नदिन प्रस्ताव गरेको छ । संघीय निजामती सेवाअन्तर्गतका कर्मचारीहरूमा ट्रेड युनियनले विकृति ल्याएको भन्दै प्रदेश निजामती सेवाका कर्मचारीलाई ट्रेड युनियन अधिकार नदिने प्रस्ताव गरेको हो ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE