Khabar Dabali १८ फाल्गुन २०८२ सोमबार | 2nd March, 2026 Mon
Investment bank

बजारमा म्याद गुज्रेका र अखाद्य वस्तुको बिक्री भेटिएपछि...

बनेपा । बजारमा अखाद्य वस्तु, म्याद गुज्रेका पेय तथा खाद्य पदार्थ खुलारुपमा बिक्री हुँदै आएको छ । जिल्ला बजार अनुगमन समिति नेतृत्वको संयुक्त टोलीले काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकास्थित दोलालघाटमा गरेको बजार अनुगमनको क्रममा यस्तो भेटिएको हो । बजार अनुगमन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरी नेतृत्वको टोलीले गरेको अनुगमनमा पसल सञ्चालकले म्याद गुज्रेका विभिन्न खाद्य सामग्री बिक्री वितरण गरेको पाइएको कारण त्यसलाई नष्ट गरी अब त्यस्तो नगर्न पसल सञ्चालकलाई सचेत गराएको छ । सो क्षेत्रका दर्जनौँ पसलमध्ये पाँच÷छ वटा पसलमा म्याद गुज्रेका र अखाद्य वस्तुको समेत प्रयोग गरी बिक्री वितरण गर्दै आएको पाएपछि ती सामग्री नष्ट गरिएको हो ।

“हामीले सो ठाउँको किराना पसलमा गरेको अनुगमनमा म्याद गुज्रेका तीन कार्टुन सन् फ्लावर तेलको प्याकेट, वनस्पति घ्यू १४ प्याकेट, मिरिन्डा र स्प्राइड, खुर्सानी र बेसारको धुलो नष्ट गरेका छौँ ।” उनले भने, “त्यससँगै विशेष गरी त्यस ठाउँमा बिक्री हुँदै आएको माछामा अखाद्य वस्तु (रङ) मिसाएर बेच्नुका साथै बजारमा धुलो धुँवा उडेको ठाउँमा खुलारुपमा नै गाडामा राखेर र प्लेटमा राखेर गाडीका यात्रुलाई बेच्ने गरेको पाइएको छ ।”

जिल्लाको पर्यटकीय क्षेत्रका रुपमा परिचित दोलालघाट बजारमा खुलारुपमा बाहिर नै राखेर बिक्री गर्दै आएको माछामा अखाद्य वस्तु प्रयोग गर्नुका साथै धुलो धुँवा मिसिएको पाइएको बताउँदै त्यसको लागि सुरक्षित तवरले बिक्री गर्न निर्देशन दिएको उनले बताए । “त्यसको लागि हामीले सात दिनको समय दिएर अखाद्य वस्तु प्रयोग नगर्ने, धुलो नपस्ने गरी सिसाको बार लगाएर राख्ने, जालीले बेर्ने र प्लाष्टिकले छोपेर राख्नुपर्ने भनी निर्देशन दिएका छौँ ।” पुरीले भने, “यदि दिएको समयभित्र पनि निर्देशन पालना नगरेको पाइएमा देखिएका वस्तु जफत गर्नेछौँ ।”

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख शिव भण्डारीले भुटेर खाने वस्तुमा रङ हालेर पकाएर खुवाएको खण्डमा दूषितअन्तर्गत कारवाही हुने बताए । “आज हामीले चेतावनी मात्रै दिएका छौँ, भोलिको दिनमा सुधार नगरी यस्तै गरी बिक्री वितरण गरेको पाइएमा कारवाही गर्न बाध्य हुन्छौँ ।” भण्डारीले भने ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE