Khabar Dabali १६ फाल्गुन २०८२ शनिबार | 28th February, 2026 Sat
Investment bank

विषादी परीक्षण गर्न ८ भन्सार विन्दुमै प्रयोगशाला निर्माण हुने

काठमाडौं । भारत र चीनसँग व्यापारिक कारोबार हुने आठ भन्सार विन्दुमा अन्तर्राष्ट्रियस्तरको प्रयोगशाला निर्माण हुने भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सरोकारवाला निकायसँग छलफल गरी भारत र चीन जोड्ने प्रमुख व्यापारिक नाकामा अन्तर्राष्ट्रियस्तरको प्रयोगशाला निर्माण गर्ने निर्णय गरेको हो।

आजको अन्न्पुर्ण पोष्ट दैनिकमा खबर छ ( भारतसहित तेस्रो मुलुकबाट आयात हुने तरकारी तथा फलफूलसहित अन्य खाद्य तथा पेयपदार्थको भन्सार विन्दुमै वैज्ञानिक परीक्षण गर्न यस्तो प्रयोगशाला निर्माण गर्ने तयारी मन्त्रालयले गरेको छ।

मन्त्रालयले दक्षिणी छिमेकी मुलुक भारतसँग जोडिएका ६ नाका काकडभिट्टा, बिराटनगर, बीरगञ्ज, भैरहवा धनगढी र महेन्द्रनगरस्थित भन्सार विन्दु ९सकेसम्म एकीकृत भन्सार विन्दुमै रहने गरी० प्रयोगशाला निर्माण गर्ने निर्णय गरेको छ। यस्तै उत्तरतर्फको छिमेकी मुलुक चीनसँग जोडिएका रसुवा र तातोपानी भन्सार विन्दुमा पनि यस्तै अन्तर्राष्ट्रिय प्रयोगशाला निर्माण गर्ने विषयमा निर्णय गरेको छ।

मन्त्रालय स्रोतकाअनुसार प्रयोगशाला निर्माणका लागि आवश्यक पर्ने रकम, उपकरण खरिद, कर्मचारी व्यवस्थापनलगायत विषयमा विस्तृत तयारी गरी लागत खर्च ९बजेट० दुई दिनभित्र मन्त्रालयमा प्रस्ताव गर्न निर्देशन दिइएको छ। प्रयोगशाला निर्माणका लागि आवश्यक पर्ने स्थान उपलब्ध गराइदिन भन्सार कार्यालयलाई पत्राचार गर्ने विषयमा निर्णय गरेको छ।

यसैगरी उक्त आठ भन्सार विन्दुमा निर्माण हुने अन्तर्राष्ट्रियस्तरको प्रयोगशाला निर्माणका लागि मन्त्रालयले आवश्यक जनशक्ति व्यवस्थाका लागि गृहकार्य गरी प्रतिवेदन उपलब्ध गराउने निर्णय गरेको छ।

‘सरोकारवाला निकायसँग छलफल गरी भन्सार विन्दुमा तरकारी तथा फलफूलसहित अन्य खाद्य तथा पेयपदार्थको वैज्ञानिक परीक्षण गर्न प्रयोगशाला निर्माण गर्ने विषयमा छलफल भयो’, मन्त्रालयका सहसचिव गोविन्दप्रसाद शर्माले जानकारी दिए।

आठवटै भन्सार विन्दुमा निर्माण गर्ने प्रयोगशालामा जडान गर्ने भनिएको जीसीएम मेसिनको लागत खर्च करिब ५० करोड रुपैयाँ पर्छ। यो उपकरणको सहयोगमा तरकारी तथा फलफूलको नमुना परीक्षण वैज्ञानिक भए पनि त्यसको नतिजा करिब एक साता कुर्नुपर्ने समस्या छ। भन्सार विन्दुमै परीक्षण प्रयोगशाला निर्माणका लागि बजेट उपलब्ध गराउने विषयमा अर्थ मन्त्रालयले यसअघि नै सहमति जनाइसकेको छ।

सरकारले असार ३ गते राजपत्रमा सूचना प्रकाशित गरी ‘ताजा तरकारी तथा फलफूल पैठारी गर्दा सम्बन्धित भन्सार विन्दुमा क्वारेन्टाइन र जीवनाशक विषादीको अवशेष परीक्षण अनिवार्य रूपमा गर्नुपर्ने’ नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको थियो। यो व्यवस्थाले भन्सार विन्दुमा वैज्ञानिक रूपमा परीक्षण गर्ने कुनै एकाई नहुँदा भारतसहित तेस्रो मुलुकबाट आयात हुने तरकारी तथा फलफूलको परीक्षण गर्ने कार्यमा असहजता आएको छ।

यो असहजतालाई फुकाउन मन्त्रालयले नेपालमा तरकारी तथा फलफूल निर्यात गर्ने निर्यातकर्ताले तत्कालका लागि सम्बन्धित मुलुकको मान्यता प्राप्त प्रयोगशालाबाट जारी हुने विषादी परीक्षण प्रतिवेदन तथा प्रमाणपत्रको आधारमा आयात गर्न दिने विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ।

‘नेपालमा आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षणको प्रमाणपत्र जारी गर्ने केन्द्रीय तहमा खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागमा मात्रै अन्तर्राष्ट्रियस्तरको मान्यता प्राप्त प्रयोगशाला छ’, निर्णयमा उल्लेख छ, ‘तर सबै भन्सार विन्दु वा नजिकै त्यस्तो प्रयोगशाला स्थापना र सञ्चालन नहुँदासम्म तरकारी र फलफूलको हकमा निर्यातकर्ताले सम्बन्धित मुलुकको मान्यता प्राप्त प्रयोगशालाबाट जारी हुने विषादी परीक्षण प्रतिवेदन र प्रमाणपत्रको आधारमा आयात अनुमति दिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरियो।’

मन्त्रालयले भन्सार विन्दुमा सहज रूपमा तरकारी तथा फलफूलको नमुना उपत्यका र बाहिरका आठ स्थानको दु्रत विषादी अवशेष विश्लेषण एकाईमा परीक्षण गर्न सुझाएको छ। साथै यो आठ स्थानको एकाईमा परीक्षण गर्दा मापदण्डभन्दा बढी परिमाणमा विषादीको अवशेष भेटिए बिस्तृत रूपमा परीक्षणका लागि खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागको केन्द्रीय प्रयोगशालामा पठाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई सिफारिस गरेको छ।

झापाको बिर्तामोड, मोरङको बिराटनगर, सर्लाहीको नवलपुर, रूपन्देहीको बुटबल, कास्कीको पोखरा, बाँकेको नेपालगन्ज, कैलालीको अत्तरिया र काठमाडौंको कालिमाटीमा यस्तो दु्रत विषादी अवशेष विश्लेषण एकाई छन्। भारतसहित तेस्रो मुलुकबाट निर्यातकर्ताले अहिले यही ८ परीक्षण केन्द्रमा परीक्षण गराएर तरकारी तथा फलफूल नेपालमा पठाउने गरेका छन्। स्रोतका अनुसार यी ८ स्थानको प्रयोगशालालाई स्तरोन्नति र दक्ष प्राविधिक कर्मचारीको व्यवस्थापन गर्न सके यसैको सहयोगमा महŒवपूर्ण समूहको विषादीको अवशेष परीक्षण गर्न सकिन्छ।

भन्सार विन्दुबाट परीक्षण नहुने, केन्द्रसम्म धाउँदा लामो समय लाग्ने र तरकारी सडेर नष्ट हुने क्रम बढेपछि भारतीय दूतावासले गम्भीर चासो व्यक्त गरेको छ। मन्त्रालय स्रोतकाअनुसार आइतबार भारतीय दूतावासका उच्च अधिकारीको एक टोली मन्त्रालय पुगेर भारतबाट आउने तरकारी र फलफूलको विषयमा गम्भीर चासो उठाएका थिए। ‘दूतावासका अधिकारीले नेपाल पक्षले आवश्यक भौतिक पूर्वाधारको तयारीबिना कार्यान्वयनमा ल्याएको यो नीतिका कारण भारतीय व्यवसायीलाई ठूलो घाटा लागेको विषयमा मन्त्रालयका अधिकारीसँग छलफल गरेका थिए’, मन्त्रालय स्रोतले भन्यो, ‘दूतावासका अधिकारी भन्सार विन्दुमा प्रयोगशाला निर्माण नहुँदासम्म यो नीति हटाइदिनुपर्ने दबाब दिएका थिए।’

यसैबीच सोमबार आयोजना भएको विषादीसम्बन्धी कानुन कार्यान्वयन विषयक कार्यशालाले सरकारले भन्सार विन्दुमै परीक्षण गर्ने ल्याएको नीति उत्कृष्ट भए पनि आवश्यक तयारीबिना ल्याइएकाले प्राविधिक कठिनाई भएको औल्याएको छ। साउती, प्लान्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्र तथा उपभोक्ता हित संरक्षण मञ्च नेपालले संयुक्त रूपमा आयोजना गरेको कार्यशालामा सहभागी सरोकारवाला निकायले भन्सार विन्दुमा परीक्षण गर्ने व्यवस्थालाई अविलम्ब व्यवस्थापन गर्न सुझाव दिएका थिए।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE