Khabar Dabali १६ फाल्गुन २०८२ शनिबार | 28th February, 2026 Sat
Investment bank

बिरामीको विश्वास गुमाउँदै अञ्चल अस्पताल

धनगढी । घटना १ : डडेल्धुराको विकट क्षेत्र पर्शुराम नगरपालिका–६ की २२ वर्षीया गर्भवती राधा नाथको २०७५ भदौ २० गते सेती अञ्चल अस्पतालमा शल्यक्रियाका क्रममा मृत्यु भयो। छोरो पाएकी उनको शल्यक्रियापछि होस खुलेन्। चिकित्सकको टीमले उनलाई मुटुको बाथ रोग (रेपिड हर्ट डिजिज, आरएचडी) का कारण मृत्यु भएको बताए। नवजात छोरो र श्रीमतीको शव बोकेर उनका श्रीमान घरतिर लागे।

आजको अन्नपुर्ण पोस्ट दैनिकमा खबर छ - घटना २ : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ की २३ वर्षीया तुलसीदेवी धामीको २०७५ साल कात्तिक १७ गते सेती अञ्चल अस्पतालमै मृत्यु भयो। १५ गते अस्पतालमा भर्ना गरिएकी उनको सोही दिन शल्यक्रिया त भयो तर उनलाई इन्फेक्सन भएको भन्दै डाक्टरले मृत्युको कारण लेखे। मेडिकल भाषामा उनको मृत्युलाई ‘सेफ्टिक सक’ भनियो। धामीले पनि छोरो पाएकी थिइन। शल्यक्रिया गरेदेखि नै ‘इन्फेक्सन’ देखिएको भन्दै चिकित्सकले उनलाई आईसीयूमा राखे तर जोगाउन सकेनन्।

घटना ३ : धनगढी उपमहानगरपालिका–१२ जुगेडाकी २२ वर्षीया रेखा थापाको पनि सुत्केरीकै क्रममा २०७५ चैत ७ गते मृत्यु भयो। २ गते सेती अञ्चल अस्पताल भर्ना गरिएकी उनको चैत ४ गते शल्यक्रिया गरी छोरो जन्मियो। छोरो जन्माएको केही घण्टापछि टाउँको दुख्न सुरु भयो। भदौ र कात्तिकमा दुईजना आमाको मृत्यु भइसकेपछि आत्तिएका चिकित्सकले रेखालाई रेफर गरे। बाँकेको कोहलपुर लैजाने क्रममा रेखाको बाटोमै मृत्यु भयो। रेखाका आफन्तले अस्पताल परिसरमा तोडफोड गरे। बजार बन्दसमेत गरे। प्रदेश सरकार, अस्पताल प्रशासन र आफन्तको सहभागितामा नवजात शिशुको १६ वर्ष सम्मको सम्पूर्ण औषधि उपचार अस्पतालले निःशुल्क गर्ने, १६ वर्षसम्म सामाजिक विकास मन्त्रालयले उनको शिक्षा र भरणपोषणा गर्ने सहमतिपछि पीडितले आन्दोलन रोके। सेती अञ्चल अस्पतालमा रेखाका नवजात शिशुको फाइल बनाएर अलग्गै राखिएको छ।

घटना ४ : कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका–४ गुलरियाकी २१ वर्षकी मालती चौधरीको सेती अञ्चल अस्पतालमै २०७६ जेठ ३ गते सुत्केरीकै क्रममा मृत्यु भयो। उनले शल्यक्रिया गरी छोरी जन्माइन्। पहिलो सन्तानका रूपमा छोरी पाएकी मालतीले छोरीको मुख हेर्न नपाउँदै ज्यान गुमाईन। उनको मृत्यु सिकलसेल एनेमियाका कारण भएको चिकित्सकले निर्णय सुनाए। नवजात छोरी र आमाको शव बोक्दै उनका आफन्त घर फर्किए।

घटना ५ : बैतडीको दशरथचन्द नगरपालिका–४ की ३० वर्षकी दुर्गा जोशीको पनि सुत्केरीकै क्रममा मृत्यु भयो। सेती अञ्चल अस्पतालमा भर्ना गरिएकी उनले पनि छोरो जन्माएकी थिइन। शल्यक्रिया गरी छोरो जन्माएकी उनको ‘हाईपोटेन्सन’ भएर मृत्यु भएको चिकित्सकले बताए। छोरो जन्मिएपछि अस्पतालमै मिठाइ बाँडेका उनका परिवारको खुसी केही घण्टा पनि रहेन। ८ गते शल्यक्रिया गरी बच्चा पाएकी उनलाई ९ गते बिहान हाईपोटेन्सन भयो भनेर रेफर गरियो। उनलाई भारतको बरेली लगियो। भारतमा पनि उनको ‘ब्रेन ह्यामरेज’ भइसकेको र शल्यक्रिया गरे पनि नबाँच्ने भनि फर्काएपछि घर ल्याउने क्रममा बाटोमै मृत्यु भयो।

सुदूरपश्चिम प्रदेश सदरमुकाम धनगढीमा रहेको सेती अञ्चल अस्पतालको कथा हो यो। त्यहाँ अहिले आधा दर्जन स्त्री तथा प्रसुति रोग विषेशज्ञ चिकित्सक छन्। तर जेठसम्म पाँचजना आमाको ज्यान गइसकेको छ। जेठ ९ गते ज्यान गुमाएकी दुर्गा जोशीका आफन्तले भने सरकारी अस्पतालमा चरम लापरवाही हुने गरेकाले यसरी कलिलै उमेरका आमाको ज्यान गइरहेको आरोप लगाएका छन्। ‘प्रेसर बढी भएकाले, ब्रेन ह्यामरेज भयो भनिएको छ तर त्यो कुरा शल्यक्रिया अगाडि किन बताइएन, त्यस्तो अवस्था थियो भने शल्यक्रिया लगत्तै किन आईसीयूमा लगिएन वा रेफर गरिएन ? ’ मृतकका दाजु तपराज जोशीले भने, ‘सेती अञ्चल अस्पतालमा लापरवाही धेरै भइहेको छ’

सेती अञ्चल अस्पतालमा सबै भन्दा बढी बिरामीको चाप सुत्केरी वार्डमा हुन्छ। महाकाली अञ्चल अस्पताल र सुदूरपश्चिमका पहाडी जिल्लामा पनि मेजर खालको शल्याक्रिया नहुने भएकाले गर्भवती महिला सुत्केरी हुन सेतीमा आउने गर्छन्। २०७५ फागुन मसान्त सम्मको तथ्यांक अनुसार सेती अञ्चल अस्पतालमा पाँच हजार दुई सय ६७ महिला सुत्केरी भएका छन्।

बिरामीको विश्वास उठ्दै

सेती अञ्चल अस्पतालमा कार्यरत अधिकांश चिकित्सक निजी क्लिनिकमा आवद्ध छन्। कसैका आफ्नै निजी क्लिनीक छन् भने केही चिकित्सा धनगढीमा खुलेका अस्पतालमा काम गर्छन्। निजीमा पनि सहजै भेटिने हुँदा धेरैजसो त्यहीं जाने गरेका छन्। कमजोर आर्थिक अवस्था भएकाहरू सरकारी अस्पताल गए पनि चिकित्सक नभेटिँदा अस्पतालप्रति विश्वास घट्दो छ।

‘सरकारी अस्पतालमा उपचार हुँदैन भन्दै फर्काएका बिरामीको तीनै चिकित्सकले निजी अस्पतालमा राम्रो शल्यक्रिया गर्छन। निजीको शल्यक्रिया किन सफल हुन्छन ? ’ तारादत्त जोशीले भने। सेती अञ्चल अस्पतालमा ५ जना स्त्री तथा प्रसुती रोग विषेशज्ञ कार्यरत छन्।

सेती अञ्पताल बाहिर डाक्टर खगेन्द्र भट्टको उग्रतारा क्लिनिक छ भने अर्का स्त्री तथा प्रसुती रोग विषेशज्ञ डाक्टर सञ्जना अस्पताल गेट नजिकै रहेको कैलाली अस्पतालमा पनि काम गर्छिन्। स्त्री तथा प्रसुती रोग विषेशज्ञ डाक्टर प्रतिक्षा सिंह राठौर कञ्चल मेडिकलमा, सलीना खडका गौरव मेडिकलमा र शारदा गुरुङ कामना मेडिकलमा पनि बिरामी जाँच्छन्। बिरामीका आफन्तले, सरकारीमा विषेशज्ञ डाक्टर नभेटिने र उनैलाई भेटन पनि निजी अस्पताल वा क्लिनिकमा जानुपर्ने बाध्यता रहेको गुनासो गर्छन्।

शिशुको मृत्यु दर पनि उत्तिकै

सेती अञ्चल अस्पतालमा चालु आर्थिक वर्षको फागुनसम्म ८४ जना शिशुको मृत्यु भएको छ। ६४ जना पेटमै मरेको निकालिएको, १८ जना जन्मने वित्तिकै मरेको र २ जना जन्मेको ७ दिनमा मरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डेले बताए। गत आर्थिक वर्षमा १३६ जना शिशुको मृत्यु भएको थियो।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE