Khabar Dabali १६ फाल्गुन २०८२ शनिबार | 28th February, 2026 Sat
Investment bank

कांग्रेसमा संरचना गठनको तयारी

काठमाडौं । कांग्रेसले प्रदेश, क्षेत्रीय र स्थानीय तहको संरचना निर्माण गर्ने तयारी थालेको छ। सभापति शेरबहादुर देउवा संरचना बनाउन अग्रसर भएपछि सभापतिइतर समूह पनि संरचनामा आफ्नो पकड बनाउने रणनीति तय गर्न जुटेको छ। केही समययता देउवा वरिष्ठ नेता रामचन्द्र पौडेलसहित अन्य शीर्ष नेतासँग संगठन निर्माणबारे अनौपचारिक छलफल बाक्लो पारेका छन्।

आजको अन्न्पु्र्ण पोष्ट दैनिकमा खबर छ - सभापति देउवाको सक्रियतासँगै इतर समूहका नेताले पनि तयारी थालेका हुन्। यस सम्बन्धमा मंगलबार साँझ नुवाकोट कांग्रेसका सभापति जगदीश्वरनरसिंह केसीको काठमाडौं सामाखुसीस्थित निवासमा इतर समूहका नेताले झन्डै ४ घण्टा अनौपचारिक बैठक गरे। बैठकमा वरिष्ठ नेता पौडेलसहित नेता कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, महामन्त्री शशांक कोइराला, नेतृ सुजाता कोइरालालगायत सहभागी थिए।

केही दिनअघि सभापति देउवाले वरिष्ठ नेता पौडेललाई सातै प्रदेशमा समिति गठनको प्रस्ताव राखेका थिए। तीमध्ये ४ वटाको मनोनयन देउवाले गर्ने र बाँकी ३ वटाको पौडेललाई दिने प्रस्ताव गरेका थिए। त्यसपछि कांग्रेस नेताले त्यसपछि संगठन निर्माणबारे आन्तरिक छलफल तीव्र पारेका छन्। यसबीच सभापति देउवाका तर्फबाट उपसभापति विमलेन्द्र निधी, महामन्त्री पूर्णबहादुर खड्कासहित रमेश लेखकलगायत नेताले इतर समूहका नेतासँग अनौपचारिक संवादसमेत गरेका छन्। कांग्रेसले आउँदो २२ गते केन्द्रीय समिति बैठक बोलाएको छ।

केन्द्रीय समिति बैठकबाट पार्टी संरचना निर्माणदेखि भ्रातृ संगठनसम्बन्धी निर्णय गराउने तयारी सभापति देउवाको छ। व्यापक गुनासोपछि विधान नियमावली समितिलाई समेत आउँदो बैठकमा मस्यौदा पेस गर्न निर्देशन दिएइएको छ।

महामन्त्री खड्काले अब बस्ने केन्द्रीय समितिमै सबै कुरा छलफल भएपछि संरचना गठन अगाडि बढ्ने दाबी गरे। ‘अहिले बाहिर आए जस्तो कुनै ठोस यही नै तयारी भन्ने छैन’, खड्काले भने, ‘केन्द्रीय समितिमा छलफल भएपछि मात्र यो वा त्यो तरिकाले अघि बढ्ने भन्ने हो।’

उनले यसो भने पनि इतर समूहका नेताले विधानमा रहेको संक्रमणकालीन व्यवस्थाको संगठन भन्दै तदर्थ समिति मनोनयन गर्ने दाउमा सभापति देउवा रहेको आरोप लगाएका छन्। केसीको घरमा भेला भएका नेताले पनि यस्तै निष्कर्ष निकालेका छन्। उनीहरू नियमावलीमा केन्द्रीय समितिका अधिकारसमेत सभापतिले आफूसँग राखेको र त्यही आधारमा देउवा मनोनयनबाट समिति बनाउन लागिपरेको ठहर गरेका छन्।

बैठकमा सहभागी पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीले विधानमा भएको व्यवस्थाअनुसार वडादेखि प्रदेशसम्मका सबै संक्रमणकालीन संरचना निर्वाचनबाटै गठन गर्नुपर्ने निष्कर्ष इतर पक्षका सबै नेताले निकालेको बताए। ‘कुनै पनि बहानामा मनोनयन हामीलाई स्वीकार्य छैन’, उनले भने, ‘सबै निर्वाचन प्रक्रियाबाट हुनुपर्छ भने हाम्रो निष्कर्ष छ।’ गएको पुसमा महासमिति र माघमा केन्द्रीय समितिले अनुमोदन गरेको नयाँ विधान कार्यान्वयन गर्न रमेश लेखकको नेतृत्वमा ९ सदस्यीय नियमावली मस्यौदा समिति गठन गरेको थियो। समितिले नियममावली बनाएपछि कांग्रेसको नयाँ विधान कार्यान्वयनमा आउने छ।

नियमावलीमा संक्रमणकालीन संरचना केन्द्रीय समितिले निर्णय गरेअनुसार गठन गर्न सकिने प्रावधान राख्न लागेको भन्दै देउवाविरोधी नेता असन्तुष्ट छन्। उनीहरू विधानमा उल्लेख भएजस्तै सबै संरचना निर्वाचन प्रणालीबाटै गठन हुनुपर्ने पक्षमा छन्।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE