काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल–७ मा लिच्छविकालीन भग्नावशेष भेटिएका छन्। पुरातत्त्व विभागको टोलीले हालै करिब दुई साता यसको उत्खनन् गरेको थियो। त्यस क्रममा खानेपानीका पाइपलाइन, दरबारका भग्नावशेषदेखि मानदेवले चलाएको मुद्रा मानांकलगायत भेटिएको हो।
आजको अन्न्पुर्ण पोष्ट दैनकिमा खबर छ - पाइपलाइन इँटा र माटोले बनाएको पाइएको छ। रानीपोखरी दरबारसमेत फेला परेको उत्खनन्मा खटिएका पुरातत्त्वविद् उद्धवराज आचार्यले बताए। उनका अनुसार उत्खनन्का क्रममा पुरातात्त्विक अभिलेख फेला परेको छ। ती अभिलेख १२–१३औं शताब्दीको भएको अनुमान छ। ‘हामीले १२–१३ दिन उत्खनन् गरेका थियौं’, उनले भने, ‘त्यहाँ खानेपानीका तीनवटा पुराना पाइपलाइन भेटिए। एउटा भवनको जग भेटियो।’
उनका अनुसार पुरानो कुवाबाट श्रीरामपाटी बजार हुँदै किटनीको चौर रानीपोखरीसम्म ९डेढ किलोमिटर०को पाइपलाइन छ। अर्को काँगियोको कुवाबाट किटनी चौर हुँदै रानीपोखरीमा खसाइएको सवा किलोमिटरको पाइपलाइन छ। यस्तै, झिकु खोला बाँध बाँधेर घट्टेकुलो, श्रीरामपाटी ढापखोला हुँदै रानीपोखरीमा झारिएको अर्को पाइपलाइन पनि छ।
१२–१३ औं शताब्दीका इँटा, सिलौटा, माटाका भाँडा पनि पाइएको छ। नारायणको मूर्तिसमेत फेला परेको छ। तत्कालीन नेपाल र चिनियाँ पक्षबीच उपहार अदानप्रदान गरेको अभिलेख पनि भेटिएको छ। त्यस सम्बन्धमा अध्ययन भइरहेको उनले बताए। ‘प्रारम्भिक उत्खनन्मा ऐतिहासिक प्रमाण भेटिएका छन्’, उनले भने, ‘ती लिच्छविकालीन हुन्।’ मानदेवको पालाको मुद्रा मानांक, अंशु बर्माको पालाका सिक्कासमेत पाइएको छ। सिक्काको एक पाटोमा ‘भोगिनी’ लेखिएको छ। अर्को पाटामा सिंहको चित्र छ। आचार्यका अनुसार भोगिनी पाली भाषा हो।
यसबारे स्थानीयले जानकारी दिएपछि विभागबाट ६ जनाको टोली खटिएको थियो। विभागका पुरातत्त्व अधिकृत विष्णुप्रसाद पाठक नेतृत्वको टोलीमा विज्ञ आचार्यसहित इन्जिनियर सहभागी थिए। आचार्यले पाँचखालमा रहेको ऐतिहासिक र पुरातात्त्विक वस्तुको अध्ययन, अनुसन्धान र उत्खनन् गरिनुपर्ने बताए। स्थानीयका अनुसार पलाञ्चोक उपत्यकामा विसं। १४६२ तिर शक्ति सिंहले स्वतन्त्र किसिमले राज्य सञ्चालन गरेको कथन पाइन्छ। उनले पटक–पटक काठमाडौंमाथि आक्रमण गर्दै आधिपत्यसमेत हासिल गरेका थिए।
पाँचखाल नगरपालिकाले पलाञ्चोक उपत्यका पुरातात्त्विक खोज तथा संरक्षण समिति बनाएर अध्ययन थालेको छ। मेयर महेश कँडेल पदेन अध्यक्ष छन्। समितिका सदस्यसचिव श्रीकृष्ण धिमालले खेतबारी खनजोत गर्ने क्रममा सयौं वर्ष पुराना इँटा, सिक्का ९मानांक०, घरको जग, भाँडाका टुक्रा फेला परेको जानकारी दिए। उनका अनुसार पाँचखालमा तत्कालीन राजा मानदेव र अंशु बर्माको दरबार तथा रानीपोखरीलगायत संरचना थिए। मानदेवको दरबार, रानीपोखरी, रानीपानीको कुवा, ढुंगेधारा रहेका र रानीपोखरी क्षेत्र करिब १२ रोपनीमा फैलिएको थियो। खेतका गरा खन्ने क्रममा २६ इन्चको पुरानो गारोसमेत भेटिएको छ।
रानीपोखरी रहेको भाग पुरिएपछि सोही थानमा स्थानीयले खेतीपाती गर्दै आएका छन्। विभागका प्रवक्ता रामबहादुर कुँवरले पाँचखालको प्राचीन, ऐतिहासिक अभिलेख र भग्नावशेष पाइएको बताए। यसको प्रतिवेदन तयार गर्ने काम भइरहेको उनले बताए। त्यसपछि मात्रै यथार्थ कुरा बाहिर आउने उनको भनाइ छ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: