Khabar Dabali १६ फाल्गुन २०८२ शनिबार | 28th February, 2026 Sat
Investment bank

महँगा गाडी आयातमा कडाइ


काठमाडौं । निर्यातभन्दा आयात उच्च भई भुक्तानी सन्तुलन खलबलिन थालेपछि राष्ट्र बैंकले ४५ लाख रुपैयाँभन्दा माथिका महँगा तथा विलासी गाडी आयातमा कडाइ गर्ने भएको छ। प्रतीतपत्र (एलसी) खोलेर अल्पकालीन व्यापारिक ऋणमार्फत गरिने आयात (ट्रस्ट रिसिट लोन—टीआर) अन्तर्गत कर्जा प्रवाहमा राष्ट्र बैंकले कडाइ गर्न लागेको हो। व्यापार घाटा उच्च विन्दुमा पुगेका कारण शोधनान्तर घाटा कम गर्न राष्ट्र बैंकले सार्वजनिक गर्न लागेको मौद्रिक नीतिमार्पmत यस्तो रणनीति अपनाउन लागेको छ।

आजको अन्नपुर्ण पोस्ट दैनिकमा खबर छ - शोधनान्तर घाटा बढ्दै गएपछि ४५ लाख रुपैयाँभन्दा माथिका निजी सवारीसाधन आयातमा ‘ट्रस्ट रिसिट लोन’ रोक्ने तयारीमा राष्ट्र बैंक जुटेको उच्च स्रोतले बतायो। केही समयअघि अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकका सञ्चालक र व्यवस्थापकसँगको भेटमा महँगा निजी सवारी आयातमा टीआर लोन रोक्ने बताएका थिए। वस्तु बिक्री भएपछि ऋण भुक्तानी गर्ने प्रतिज्ञापत्रका आधारमा बैंकले प्रवाह गर्ने कर्जा ‘ट्रस्ट रिसिट लोन’ हो। कर्जामा कडाइ गर्नेबित्तिकै सवारीसाधन आयातकर्ताले तोकिएको सीमाभन्दा बढी ऋण पाउँदैनन्। आयातकर्ताले आफ्नै स्वपुँजी (इक्विटी) मा आयात गर्नुपर्छ।

बढ्दो शोधनान्तर घाटा र विदेशी मुद्रा सञ्चितिमा चाप बढ्दै गएपछि सतर्कता अपनाउन लागिएको छ। राष्ट्र बैंकले मौद्रिक नीति तर्जुमा गर्दा सरकारको व्यापार घाटा न्यूनीकरण रणनीतिलाई ‘मार्गदर्शक दस्तावेज’ का रूपमा लिएको गभर्नर डा. चिरञ्जीवी नेपालले बताएका छन्। चालू आर्थिक वर्षको ११ महिनामा व्यापार घाटा १२ खर्ब ११ अर्ब रुपैयाँ पुगेको छ। यो व्यापार घाटा अघिल्लो वर्षको तुलनामा १७.४० प्रतिशतले बढी हो।

चालु आवको १० महिनामा शोधनान्तर घाटा ६८ अर्ब २० करोड रुपैयाँ पुगेको छ। साथै विदेशी मुद्रा सञ्चिति साउनदेखि वैशाखसम्म ६.६ प्रतिशतले घटेको छ।

निजी सवारीसाधन मात्र होइन, सार्वजनिक सवारीसाधन आयात गर्नेले पनि ७५ प्रतिशत क्षमता उपयोग हुने आधार देखाउन नसके टीआर लोन नपाउने व्यवस्था गर्न लागिएको राष्ट्र बैंक उच्च स्रोतले बतायो।

नेपाल अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष शम्भु दाहालले निजी सवारीसाधन आयातमा ४५ लाखको थ्रेसहोल्ड राखेर कडाइ गरेमा अटोमोबाइलको बजार ३० प्रतिशतसम्म घट्न सक्ने बताए। उनका अनुसार विद्युतीय साधनमा जनविश्वास बढिनसकेकाले आकर्षण छैन। सरकारले अहिले निजी सवारीसाधन आयात गर्दा २२५ प्रतिशतसम्म राजस्व लिँदै आएको छ। दाहालले भने, ‘सरकारले एकातर्फ राजस्वको महत्वाकांक्षी लक्ष्य निर्धारण गरेको छ। अर्कोतर्फ गाडी आयातमा कडाइ गरेको छ। यसले राजस्व लक्ष्य प्राप्त हुन सक्दैन।’

आगामी आर्थिक वर्ष २०७६÷७७ मा आठ खर्ब ६० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको छ। मौद्रिक नीति निर्माणमा संलग्न अधिकारीका अनुसार विद्युतीय सवारीसाधन आयातका लागि भने टीआर लोनमा कडाइ हुँदैन।

सरकारले खाद्यान्न तथा फलफूल आयातलाई अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रयोगशालाबाट मानव स्वास्थ्यमा असर नपार्ने प्रमाणित भएमात्र आयात हुन दिने गरी कडाइ गर्न थालिसकेको छ। उपभोक्ताको स्वास्थ्य तथा वातावरण प्रतिकूल वस्तु आयातमा कडाइ सुरु भइसकेको छ। खाद्यान्न आयातमा पनि सरकारले निगरानी बढाएको छ। तर चालु आवको १० महिनामा करिब २८ अर्ब रुपैयाँको चामल आयात भएको छ।

ऋण-मूल्य अनुपातमा पनि हस्तक्षेप

मौद्रिक नीतिमार्फत सवारीसाधनको ऋण-मूल्य अनुपात (लोन टु भ्यालु रेसियो) पनि केही घटाइने भएको छ। अहिले सवारीसाधन खरिद गर्दा उपभोक्ताले सवारीसाधनको मूल्यको ५० प्रतिशत स्वपुँजी लगानी गर्नुपर्छ भने ५० प्रतिशत बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन सक्छन्।

विगतमा बैंक तथा वित्तीय संस्थाले ९० प्रतिशतसम्म कर्जा दिन्थे। आयातकर्तालाई टीआर लोन दिने, सवारी खरिदकर्तालाई ९० प्रतिशतसम्म कर्जा दिएर सवारी बिक्री गराएर आयातकर्ताबाट भुक्तानी लिने हुँदा कर्जाको ठूलो रकम सवारीसाधनकै लगानीमा सीमित छ।

उत्पादनमूलक क्षेत्रमा कर्जा बढाउने रणनीतिअनुसार राष्ट्र बैंकले २०७३ माघमा सवारीसाधन कर्जामा अनिवार्य ५० प्रतिशत अग्रिम भुक्तानी (डाउन पेमेन्ट) गर्नुपर्ने अर्थात् स्वपुँजी लगाउनैपर्ने व्यवस्था गरेको थियो। गत वर्षको मौद्रिक नीतिले सवारीसाधन कर्जा सवारीको मूल्यको ६५ प्रतिशतसम्म दिन सकिने गरी लचकता अपनाए पनि २०७५ कात्तिकदेखि पुनः ५० प्रतिशत कायम गरिएको छ।

राष्ट्र बैंकले सांकेतिक रूपमा यस्तो कर्जालाई पनि कडाइ गरी ५५ प्रतिशतदेखि ६० प्रतिशतसम्म अग्रिम भुक्तानी गर्नुपर्ने व्यवस्था गर्न लागेको छ। विद्युतीय सवारीसाधनमा भने अहिलेकै व्यवस्थाअनुसार मूल्यको ८० प्रतिशतसम्म ऋण दिन सक्ने प्रावधानलाई निरन्तरता दिइने राष्ट्र बैंक स्रोतले जनाएको छ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE