काठमाडौं । क्यान्सर निको हुन्छ भन्दै कोही जमराको जुस पिउँछन् त कोही गोमूत्र वा स्वमूत्र सेवन गर्छन्। कसैले गुलियो खान नहुने भन्दै मुख बार्न थाल्छन्। तर, समयमै सतर्कता नअपनाउँदा क्यान्सर उपचारमा ढिलाइ हुने भारत र नेपालका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ बताउँछन्। वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा। पुर्वेस परिख भन्छन्, ‘गोमूत्र होस् स्वमूत्र, यो सेवन गर्दैमा क्यान्सर निको हुँदैन।’
आजको अन्न्पुर्ण पोष्ट दैनिकमा खबर छ - प्राकृतिक वा वैकल्पिक चिकित्साभन्दा क्यान्सर निको पार्न आधुनिक चिकित्सा (एलोपेथी) नै प्रभावकारी हुने विशेषज्ञ बताउँछन्। ‘क्यान्सरको उपचार छाडेर योग तथा मेडिटेसन गर्दा हानिकारक हुन्छ। उपचार क्रममा बिरामीमा चिन्ता, तनाव भए योग गर्न सकिन्छ,’ डा। परिखले भने। धूमपान सेवनका कारण क्यान्सर हुने पुष्टि भएपछि बिरामीले तलतल मेटाउन पान, गुट्खा सेवन गर्ने गरेको वरिष्ठ क्यान्सर एवं छातीरोग विशेषज्ञ डा। एम के पिया बताउँछन्। ‘चुरोट सेवन गर्न छाडेको भन्दै पान, गुट्खा सेवन गर्दा मुख, जिब्रो र घाँटीको क्यान्सर हुने जोखिम बढाउँछ,’ डा। पियाले भने।
रक्त रोग तथा बोनम्यारो प्रत्यारोपण विशेषज्ञ डा। विशेष पौडेल क्यान्सर बिरामीले जमराको जुस खाँदा संक्रमण (फंगल इन्फेक्सन ) भएको बताउँछन्। ‘केमोथेरापी (औषधि )लिइरहेका बिरामीले जमराको जुस खानु हुँदैन,’ डा। पौडेलले भने।
रक्त क्यान्सर निको हुँदैन भन्ने भ्रम समाजमा अझै रहेको डा। पौडेलले बताए। उनले भने, ‘रगतको क्यान्सर भएका बालबालिकाको केमोथेरापी र बोनम्यारो प्रत्यारोपणपछि निको भएका उदाहरण धेरै छन्।’ क्यान्सर रोग विशेषज्ञ डा। विजेशराज घिमिरे बिरामीहरू क्यान्सरको उपचारका लागि बायोप्सी एवं सर्जरी गर्दा डराउने बताउँछन्। ‘क्यान्सर रोग कुन चरणमा छ भनेर त्यही हिसाबले उपचार हुन्छ। रोग निको पार्न सर्जरी गरिन्छ। शरीरलाई हानि हुँदैन। तर, बिरामीले बुझेका हुँदैनन्’, क्यान्सर रोग विशेषज्ञ डा। विनित तलवारले भने।
वृद्धावस्थामा क्यान्सर उपचारका लागि रेडियोथेरापी एवं केमोथेरापी दिँदा झन् असर गर्छ कि भन्दै बिरामीका आफन्तले शंका गर्ने चिकित्सकको अनुभव छ। डा। तलवारले भने, ‘शारीरिक रूपमा तन्दुरुस्त छ कि छैन रु त्यसको परीक्षण गरेर मात्र उपचार सुरु गरिन्छ।’ बाल क्यान्सर रोग विशेषज्ञ डा। प्रकाशनिधि तिवारीका रक्तक्यान्सर भएको थाहा पाएपछि डेराबाट घरबेटीले निकालेको सुनाउँछन्। उनले भने, ‘क्यान्सर सरुवा रोग होइन। बेलैमा उपचार गर्ने हो भने पूर्णरूपमा निको हुन्छ।’
क्यान्सरको उपचार
क्यान्सरलाई निको पार्न विभिन्न उपचार विधि छन्। बिरामीलाई औषधि सेवन गरी हुने उपचार केमोथेरापी हो। केमोथेरापी उपचार गरिरहेका बेला कतिपय बिरामीको कपाल झर्ने, वाकवाकी लाग्नेजस्तो सामान्य असर देखिन सक्छ। त्यस्तै, रेडिएसनको माध्यमद्वारा गरिने उपचार विधि रेडियोथेरापी हो।
विकिरणको प्रयोगद्वारा यसको उपचार गरिन्छ। त्यस्तै, कुन अंगमा क्यान्सर भएको छ, त्यसलाई काटेर फाल्न शल्यक्रिया गर्नुपर्ने हुन्छ। सबै किसिमका क्यान्सरको उपचार स्वदेशमै हुन्छ। क्यान्सर उपचारका लागि बिदेसिनु नपर्ने वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा। सुदीप श्रेष्ठ बताउँछन्।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: