Ntc summer Offer
Khabar Dabali ८ पुष २०८१ सोमबार | 23rd December, 2024 Mon
Investment bank

पाकिस्तानको सानदार जित तर न्युजिल्यान्ड सेमिफाइनलमा

लन्डन । न्युजिल्यान्ड आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । लर्डस मैदानमा शुक्रबार भएको खेलमा पाकिस्तानले बंगलादेशलाई ९४ रनले हराएपछि न्युजिल्यान्डको सेमिफाइनल यात्रा तय भएको हो ।

बंगलादेशले लक्ष्य पछ्याउने क्रममा तेस्रो ओभरमा नौ रन कटाएपछि पाकिस्तानको विश्वकप यात्रामा पूर्णविराम लागेको थियो । न्युजिल्यान्डले पाकिस्तानलाई रन रेटमा पछि पार्दै सेमिफाइनलमा स्थान बनाएको हो । यस खेलसँगै विश्वकपको सेमिफाइनल समिकरण पनि पूरा भएको छ । साविक विजेता अष्ट्रेलिया, भारत, आयोजक इङ्ल्यान्ड र न्युजिल्यान्ड सेमिफाइनलमा पुगेका छन् ।

पाकिस्तानले दिएको ३१६ रनको विशाल लक्ष्य पछ्याएको बंगलादेश ४४।१ ओभरमा सबै विकेट गुमाएर २२१ रनमा समेटिएको थियो । बंगलादेशका लागि शकिब अल हसनले शर्धसतकीय पाली खेले । सर्वाधिक ६४ रन बनाएका शकिबले ७७ बलमा ६ चौकाको सहयोगमा उक्त रन बनाएका थिए । लिटन दासले ३२, महमुदुल्लाहले २९, शौम्य सरकारले २२, मुस्फिक्युर रहिम र मोसादेक होसेनले समान १६र१६ रन बनाए ।

कप्तान मसरफे मोर्ताजाले १५ रन बनाए । तमिम इकबालले आठ रन जोडेका थिए । पाकिस्तानका शहिन शाह अफ्रिदी एक्लैले ६ विकेट लिए । सद्धाब खानले दुई विकेट लिए । मोहमद अमिर र वाहब रियाजले समान एकरएक विकेट लिएका थिए ।

यसअघि युवा ओपनर इमाम उल हकले शतकीय पाली खेलेपछि पाकिस्तानले बंगलादेशलाई ठूलो योगफलको लक्ष्य दिएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर तीन सय १५ रन बनायो । पाकिस्तानका लागि ओपनर इमामले उल हकले एक सय रनको योगदान दिए । ४२ ओभरको पाँचौं बलमा हिट विकेटका रूपमा आउट हुँदै पेभेलियन फर्किनु अघि उनले विश्वकपमा पहिलो शतक पूरा गरेका थिए । बाबर आजमले ९६ रन बनाए । शतक बनाउन चार रनले चुकेका बाबरले ९८ बलमा ११ चौकाको सहयोगमा उक्त रन बनाएका थिए । यसैगरी इमाद वासिम ४३ रनमा क्याच आउट भए ।

मोहम्मद हफिजले २७ रन बनाए । फकार जमान १३ र हरिस सोहेलले ६ रन बनाएका थिए । बंगलादेशका लागि मुस्ताफिजुर रहमानले १० ओभरमा ७५ रन खर्चिएर पाँच विकेट लिए । मोहम्मद सैफुद्दिनले तीन तथा मेहदी हसनले एक विकेट झारेका थिए । यस सँगै अस्ट्रेलिया, भारत, इङ्ल्याण्ड, न्युजिल्यान्ड पुगेका छन् । अन्य ६ टोली प्रतियोगिताबाट बाहिरिएका छन् । शनिबार लिग चरणका अन्तिम खेलमा भारतले । श्रीलंकाको र अस्ट्रेलियाले दक्षिण अफ्रिकाको सामना गर्दैछन् । शीर्ष स्थानमा रहेने टोलीको टुंगो पनि यसै खेलबाट लाग्नेछ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy