Khabar Dabali १६ फाल्गुन २०८२ शनिबार | 28th February, 2026 Sat
Investment bank

दलाई लामाको जन्मोत्सवमा रोक

धार्मिक आस्थामा रोक लगाउनु आपत्तिजनक : शरणार्थी
काठमाडौं । गृह मन्त्रालयले तिब्बतका निर्वासित धार्मिक नेता दलाई लामाको जन्मदिन मनाउन रोक लगाएको छ। तिब्बती समुदायले शनिबार काठमाडौंको स्वयम्भूस्थित मुस्ताङ समाज गुम्बामा लामाको जन्मदिन मनाउन लागेको थियो।

आजको अन्न्पुर्ण पोष्ट दैनिकमा खबर छ - जन्मोत्सव मनाउन लाजिम्पाटस्थित तिब्बती शरणार्थी कार्यालयले मागेको अनुमति जिल्ला प्रशासन कार्यालय काठमाडौंले अस्वीकार गरेको हो। नेपालले एक चीन नीति अख्तियार गर्दै आएको छ। चिनियाँ उच्च अधिकारीसँग गरिने हरेकपटकको भेटवार्तामा नेपाल सबै तहका नेता तथा प्रशासकले दोहो¥याउने शब्द हो, ‘हामी एक चीन नीतिमा हामी प्रतिबद्ध छौं।’ जिल्ला प्रशासनले चीनविरोधी गतिविधि गर्न नदिने भन्दै लामाको जन्मोत्सव मनाउने कार्यक्रम गर्न अनुमति नदिएको हो।

प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले दलाई लामाको जन्मदिन मनाउन अनुमति नदिएको बताए। ‘तिब्बती समुदायले कार्यक्रम गर्न अनुमति मागेका थिए। तर हामीले अनुमति दिएनौं,’ आचार्यले अन्नपूर्णसँग भने।

गत वर्ष तिब्बती समुदायले जाउलाखेलस्थित तिब्बती शिविरमा कार्यक्रम गरेर लामाको जन्मोत्सव मनाएको थियो। गत वर्ष गृह मन्त्रालयले रोक लगाएको थिएन। तिब्बती समुदायले लामाको जन्मोत्सव मनाउनु चीनविरोधी गतिविधि हुने निष्कर्ष निकाल्दै गृह मन्त्रालयले त्यस्ता कार्यक्रममा रोक लगाएको स्रोतले बतायो।

धर्मगुरु लामाका प्रतिनिधि एवं नेपालस्थित तिब्बती शरणार्थी शिविरका संयोजक छुल्त्रिन ग्यात्सोले धर्मगुरुको जन्मोत्सव मनाउने कार्यक्रममा रोक लगाउनु दुःखद भएको टिप्पणी गरे। ‘राजनीतिक अभिप्रायले कार्यक्रम आयोजना गरिएको थिएन। धार्मिक आस्थाका कारण गर्न लागिएको कार्यक्रममा रोक लगाउनु आपत्तिजनक छ,’ ग्यात्सोले अन्नपूर्णसँग भने।

धर्मगुरु लामाको जन्मोत्सव मनाउन नदिएर प्रशासनले नेपालमा रहेका तिब्बती समुदायको चित्त दुखाएको उनको भनाइ थियो। प्रशासनले कार्यक्रम गर्ने अनुमति नदिएपछि शरणार्थी कार्यालयले शुक्रबार अबेरसम्म आमन्त्रित गरिएका विभिन्न मुलुकका राजदूतसहितका कूटनीतिज्ञलाई कार्यक्रम रद्द गरिएको जानकारी गराएको छ। तिब्बती शरणार्थी कार्यालयले कार्यक्रममा सहभागी हुन नेपालस्थित अमेरिका, बेलायत, जापान, युरोपेली मुलुकका राजदूतलाई निम्त्याएको थियो।

ग्यात्सोले आफूहरूले नेपालको सबै कानुन मान्दै आएको बताए। उनले अन्नपूर्णसँग भने, ‘लामाको जन्मोत्सव मनाउन नदिने सरकारी निर्णयपछि हामीले जन्मोत्सव मनाउने सबै कार्यक्रम स्थगित गरेका छौं।’ गत वैशाखमा राष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणमा रहँदा दलाई लामासम्बन्धी विदेशी समाचार राष्ट्रिय समाचार समितिमा अनुवाद गरेर राखेको भन्दै सरकारले पत्रकारलाई कारबाही गरेको थियो।

यद्यपि शरणार्थी शिवरभित्र धार्मिक नेता लामाका शुभेच्छुकहरूले जन्मोत्सव मनाउने तयारी गरेका छन्। नेपालका तिव्बती समुदायलाई आफ्ना धर्मगुरुको जन्मोत्सव मनाउन रोक लगाउनुले सरकारले सामान्य मानवअधिकारको समेत ख्याल नगरेको मानवअधिकारकर्मीे आरोप लगाएका छन्। २०७२ मा बौद्धमा दलाई लामाको जन्मदिन मनाइरहेका बेला प्रहरीले हस्तक्षेप गरेपछि बीचमै कार्यक्रम रोकिएको थियो। त्यसबेला ताम्दिङ दोर्जे तुलाधर नेपालस्थित शरणार्थी शिविरका संयोजक थिए। त्यसअघि तत्कालीन उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले तिब्बतीको कार्यक्रममा रोक लगाएका थिए।

प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रामबहादुर थापाले गत वर्ष नरोकेको जन्मोत्सव कार्यक्रम यसपटक भने उनीहरूले नै गर्ने अनुमति दिएनन्। जाउलाखेलमा गत वर्ष मनाएको जन्मोत्सवमा नेपाल स्थित अधिकांश दुतावासका अधिकारीहरूको उपस्थिति थियो। लाजिम्पाटस्थित तिब्बती शरणार्थी कार्यालयले लामाको जन्मदिन मनाउने भव्य तयारी गरेको थियो। संसारभरका तिव्बती समुदायले शनिबार धर्मगुरु लामाको ८४ औं जन्मोत्सव मनाउँदैछन्। नेपालस्थित तिब्बती समुदायले आफ्ना धार्मिक नेता लामाको जन्मोत्सव मनाउन प्रशासनले लगाएको रोक प्रति दुख व्यक्त गरेका छन्।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE