Khabar Dabali १६ फाल्गुन २०८२ शनिबार | 28th February, 2026 Sat
Investment bank

कांग्रेसमा गुटगत चहलपहल

काठमाडौं । केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा कांग्रेस शीर्ष नेताहरू गुटगत रणनीतिमा व्यस्त भएका छन्। सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्ष एकले अर्कोलाई गलाउने र आफू बलियो बन्ने योजनामा तल्लीन देखिएका हुन्।

आजको अन्नपुर्ण पोष्ट दैनकिमा खबर छ - यस क्रममा दुवै पक्षका नेताले शनिबार आफ्ना गुटसँग छलफल गरेका थिए। केन्द्रीय समिति बैठक आइतबार बस्दैछ। पार्टीको प्रादेशिक संरचनादेखि भ्रातृ संगठनका सन्दर्भमा बैठकले निर्णय लिने गरी एजेन्डा तय भएपछि दुवै गुट सक्रिय भएको हो।

सभापति देउवा निवास बूढानीलकण्ठमा देउवा पक्षीय पदाधिकारीसहित नेताको बैठक बसेको थियो। बैठकमा बोलाइए पनि नेता पौडेल उपस्थित भएनन्।

पौडेललाई बैठकमा भएका छलफलबारे टेलिफोनबाट जानकारी गराइएको महामन्त्री पूर्णबहादुर खड्काले बताए। ‘उहाँ (पौडेल) राजधानीबाहिर हुनुहुन्थ्यो। चितवनबाट आउन ढिला हुन सक्ने जानकारी हामीलाई गराउनुभयो’, महामन्त्री खड्काले भने, ‘हामीले टेलिफोनमै उहाँलाई बूढानीलकण्ठ छलफलबारे जानकारी गरायौं।’

बैठकले नियमावली मस्यौदा समितिले आफ्नो मस्यौदा पेस गर्ने, त्यसपछि पार्टीका संरचना बनाउन आवश्यक निर्णय लिने, जागरण अभियानको पहिलो चरणको समीक्षा गर्ने, नेविसंघलगायत भ्रातृ संस्थाबारे निर्णय गर्ने र समसामयिक राजनीतिमाथि छलफल गर्ने एजेन्डा देउवा पक्षधर नेताले तय गरेका छन्। यिनै एजेन्डा केन्द्रीय समिति बैठक बोलाउनुपूर्व तय गरिसकिएको थियो। बैठकमा देउवासहित उपसभापति विमलेन्द्र निधि, महामन्त्री खड्कालगायत सहभागी थिए।

यस्तै, शनिबार दिउँसो महामन्त्री डा। शशांक कोइराला निवासमा देउवाइतर पक्षका नेताको बैठक बसेको थियो। त्यसमा पौडेल सहभागी भएका थिए। बैठकमा नाफाघाटा आकलन गर्दै केन्द्रीय समिति बैठकमा प्रस्तुत हुने रणनीतिमाथि छलफल भएको थियो। केन्द्रीय समिति बैठकमा कसरी प्रस्तुत हुने विषयमै छलफल केन्द्रित रहेको नेता डा। शेखर कोइरालाले बताए। ‘हामीले यसबीच पार्टीमा भएका कामको समीक्षा ग¥यौं र केन्द्रीय समिति बैठकको एजेन्डामा केन्द्रित रहेर छलफल गर्‍यौं,’ बैठकपछि उनले भने।

डा। शशांक निवासमा बसेको बैठकमा वरिष्ठ नेता पौडेलसहित महामन्त्री कोइराला, नेता प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, डा। रामशरण महत, डा। शेखर, सुजाता कोइराला, प्रदीप पौडेल, गगन थापालगायत सहभागी थिए।

गत २५ वैशाखमा पार्टीले सुरु गरेको जागरण अभियानको पहिलो चरण सकिएपछि ३० वैशाखमा कांग्रेसले भदौमा सुरु हुने दोस्रो चरणअघि प्रदेशदेखि स्थानीय तहसम्म सबै संरचना निर्माण गर्ने घोषणा गरेको थियो। त्यसपछि सभापति देउवासँग उनीविरोधी पार्टी नेताहरू सशंकित भएका थिए। देउवाले तदर्थ समिति बनाएर जान खोजे त्यसविरुद्ध एकजुट भएर प्रतिरोध गर्ने समझदारी संस्थापनइतर पक्षको १७ असारमा नुवाकोट जिल्ला सभापति जगदीश्वरनरसिंह केसीको निवास सामाखुसीमा बसेको बैठकले बनाएको थियो।

त्यसपछि प्रवक्ता शर्माको विज्ञप्ति आएको थियो। शर्माले १९ असारमा जारी गरेको विज्ञप्तिमा पार्टीका संरचना विधानसम्मत निर्माण हुने र बाहिर त्यसबारे गलत सूचना सम्प्रेषण भएको जिकिर गरेका थिए। यतिबेला पार्टीको संक्रमणकालीन संरचना बनाउनुभन्दा पनि महाधिवेशनकै प्रक्रिया थाल्नुपर्ने जोड दिँदै आएको सभापतिइतर पक्षले देउवा संक्रमणकालीन संरचना बनाएर महाधिवेशन टार्ने पक्षमा रहेको आरोप लगाउँदै आएको छ।

सभापति देउवा पक्षधरले भने अन्तरिम संगठन नभएसम्म महाधिवेशनको प्रक्रिया थाल्न नसकिने दाबी गर्दै आएको छ। सभापति देउवा पछिल्लो समय पार्टीका संरचनादेखि विभाग र भ्रातृ संगठनबारे निर्णय लिने गरी आन्तरिक परामर्श तीव्र पारेपछि देउवाइतर पक्षका नेता एकजुट भएर गुट बैठक तीव्र पारेका छन्।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE