काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदनको निर्देशनलाई सरकारले नटेरेको भन्दै कडा आलोचना गरेको छ । कांग्रेसले संसदको रुलिङ्गलाई समेत सरकारले नटेरेर सभामुख र सदनको अपहेलना गरेको आरोप लगायो ।
विधि र प्रक्रियालाई सरकारले अस्वीकार गरेको भन्दै कांग्रेसले संसदीय व्यवस्थाको अपहेलना गरेको आरोप लगाएको छ । आईतबार प्रतिनिधि सभाको वैठकमा ध्यानाकर्षण गराउँदै कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले सभामुखको अपहेलना नगर्न सरकारलाई सुझाए ।
‘सम्माननीय सभामुख ज्यूले रुलिङ्ग गरेको कुरालाई पनि सरकारले गम्भिरतापूर्वक लिएको छैन् । सम्मानीय सभामुख र सदनको अपहेलना गरिरहेको छ ।’ खाँडले भने, ‘सम्माननीय सभामुखले रुलिङ्ग गरेका कतिपय विषयहरु, सदस्य साथीहरुले उठाउनु भएका कुराहरु, जनप्रतिनिधिले उठाउनु भएका कुराहरु, सम्मानीय सभामुखको जुन कुर्चीबाट रुलिङ्ग गर्नुभएको छ, त्यो प्रति सरकार गम्भिर बनोस् । कार्यान्वय तर्फ सरकार अगाडि बढोस् ।’
सरकार विधि र प्रक्रिया कुल्चदै मान्छे मार्न थाल्यो
कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले सरकारले विधि र प्रक्रियालाई लत्याउँदै व्यक्ति हत्यामा उद्धत भएको आरोप लगाएका छन् । आइतबार सदनमा बोल्दै खाँडले सरकारले संविधान विपरित मानवअधिकार विरोधी काम गरेको आरोप लगाए । उनले नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका नेता कुमार पौडेलको हत्या गरिएको विषयमा सरकारको कडा आलोचना गरे ।
खाँडले फर्जी रिपोर्ट बनाएर व्यक्ति हत्यामा सरकार लागेको भन्दै गृहमन्त्रीको जवाफ माग गरेका छन् । सरकारले संवैधानिक प्रक्रिया मिचेर मुठभेडको नाममा मान्छेलाई मार्ने काम भएको भन्दै आपत्ति जनाए ।
‘सर्लाही जिल्लामा कुमार पौडेलको केहि प्रहरी गोली हानेर हत्या भएको छ । प्रहरीको रिपोर्टमा फर्जी रिपोर्ट देखाइएको छ । गिर्फतार गरेर, हातहरु भाँचेर, अशक्त बनाएर उहाँलाई गोली प्रहार गरिएको छ ।’ खाँडले भने, ‘यो मानवअधिकार विरोध हो । यो नागरिक अधिकार विरोधी हो । यो विधी र शासनको खिल्ली उडाएको हो ।’
संविधान विपरित काम गरेको भए वैधानिक प्रक्रियाअनुसार काम गर्नुपर्नेमा मुठभेडको नाममा मान्छे मार्ने काम भएको खाँडले बताए । संवैधानिक प्रक्रिया मिचेर मुठभेडको नाममा मुठभेड नभईकनै मान्छेलाई गिरफ्तार गर्ने अनि घोप्ट्याएर टाउकोमा गोली हान्ने गरिएको भन्दै खाँडले गृहमन्त्रीले घटनाको जिम्मा लिनुपर्ने बताए ।
कांग्रेसले पछिल्लो समय सर्लाहीमा स्थानीयको प्रर्दशनमा प्रहरीले गोली चलाएको विषयमा पनि गृहमन्त्रीको जवाफ माग गरेको छ । कांग्रेसले घटनाको निन्दा गर्दै गृहमन्त्रीले जिम्मा लिनुपर्ने बताएको छ । प्रहरीको गोली लागी २७ वर्षीय युवकको ज्यान गएको थियो ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...




प्रतिकृया लेख्नुहोस्: