काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षले पुष्पकमल दाहाल प्रचण्डले आगामी पार्टीको महाधिवेशनमा सांगठनिक प्रतिस्पर्धा नहुने बताएका छन् । अध्यक्ष प्रचण्डले पार्टीको महाधिवेशनमा विचार, राजनीति र नेतृत्व सहमतिबाटै टुंगीने दाबी गरेका छन् ।
आइतबार नेपाल दुरसञ्चार कर्मचारी संगठनको एकता महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टी एकतापूर्व भएको समझदारीअनुसार आगामी महाधिवेशनमा अल्पमत र बहुमतको प्रतिस्पर्धा नहुने प्रष्ट पारेका छन् । ‘आउने अधिवेशन एकताको महाधिवेशन हुनेछ र, आउने अधिवेशनमा विचार, राजनीति र नेतृत्वसम्बन्धी निर्णय हामीले सहमती र समझदारीबाट गर्नेछौं ।’ अध्यक्ष प्रचण्डले भने, ‘हामीले अल्पमत र बहुमतबाट गर्ने छैनौं भनेर हामीले हस्ताक्षर गरेका छौं ।’
एकता महाधिवेशन पछि मात्रै संगठनभित्रको प्रतिस्पर्धालाई स्वीकार गर्ने सहमति भएको अध्यक्ष प्रचण्डले खुलाएका छन् । अध्यक्ष प्रचण्डले खुलेआम प्रतिस्पर्धा हुँदा बनीनसकेको पार्टी संरचना बिग्रने दाबी गरे । प्रतिस्पर्धाको खेल हुँदा अनेकन खालका हस्तक्षेप हुनसक्ने संकेत गर्दै प्रचण्डले खुलेआम प्रतिस्पर्धा नगर्ने सहमति भएको प्रष्ट्याएका छन् ।
अध्यक्ष प्रचण्डले पटक–पटक कम्युनिष्ट आन्दोलनलाई दबाउने, कुल्चीने निकै ठुला कसरतहरु समेत भएको उल्लेख गरेका छन् । ‘राणाकालदेखि ०६२/०६३सम्म आईपुग्दा हामीले त्यस्ता थुप्रै थुप्रै कसरतहरु देख्यौं र त्यसको प्रतिवाद हामीले गर्यौं ।’ अध्यक्ष प्रचण्डले भने ।
अध्यक्ष प्रचण्डले असार महिनाभित्र एकताको बाँकी सबै काम सकि साउनबाट पार्टीले गाउँ गाउँसम्म अभियान चलाउने बताएका छन् । अध्यक्ष प्रचण्डले एकताका सबै कामहरु सहमतिबाटै टुंगीने प्रक्रियामा पुगीसकेको समेत प्रष्ट्याएका छन् ।
शासन चलाउन नजान्ने चुनौति कम्युनिष्टमा
अध्यक्ष प्रचण्डले ठूलो बलिदानी र त्याग गर्ने कम्युनिष्टहरु शासनमा पुग्दा शासन कमजोर देखिएको भन्दै यसलाई सच्याउन आफुँहरु माथि ठूलो चुनौति रहेको बताए । उनले विश्वभरिको तितो अनुभबबाट सिक्दै कम्युनिष्ट आन्दोलनलाई माथि उठाउन लागिपरेको बताए ।
‘जस्तोसुकै बलिदान गर्न पछि नपर्ने र जनताको भरोसा लिन सिपालु हुने कम्युनिष्टहरु शासनमा पुगिसकेपछि शासन चलाउन नजान्जे । विश्वभरि बडो एउटा नकारात्मक तितो एउटा अनुभव देखिएकै छ ।’ अध्यक्ष प्रचण्डले भने, ‘त्यो अक्टुबर समाजवादी क्रान्तिदेखि अहिलेसम्म आन्दोलन गर्ने हदसम्म लोकप्रिय शासन गर्ने ठाउँमा पुग्दा त्यो लोकप्रियताको ग्राफ माथि जाला भन्दा तलतिर ओर्लीने जुन खतरा छ हामीले त्यसको सामना गर्नुछ । हामी त्यो अग्नि परीक्षामा छौं ।’
अध्यक्ष प्रचण्डले अग्नी परीक्षा पास गर्न सके नेपालबाट विश्वभर नयाँ उज्यालो जाने पनि बताए । उनले शासनमा कुशल नहुने रोग पत्ता लगाउनु पर्ने ठुलो चुनौति आफुँहरुसँग रहेको उल्लेख गरे ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...




प्रतिकृया लेख्नुहोस्: