कास्की । पर्यटकीय शहर पोखरा प्रवेशको मुख्यद्वार विजयपुर खोलामाथि अस्थायीरूपमा सञ्चालनमा ल्याइएको डाइभर्सन बाढीले बगाएको छ ।
पृथ्वीराजमार्गको पोखरा महानगरपालिका वडा नं १४ चाउथे र वडा नं २६ विजयपुर जोड्ने विजयपुर खोलामाथि एक दशकअघि निर्माण गरिएको पक्की मोटरेवल पुलको स्टिल बीम चर्किँदा ठूला भार क्षमताका यातायातका साधन आवतजावतमा रोक लगाइएको थियो । ठूला यातायातका साधनलाई नदीमा ह्युमपाइप राखेर वारपार गरिएकामा आइतबार रातिको बाढीले ह्युमपाइप बगाएको हो ।
डाइर्भसन बाढीले बगाउँदा पोखरा भित्रिने तथा पोखरा हुँदै पर्वत, बागलुङ, म्याग्दीलगायतका जिल्लामा जाने मालबाहक ट्रकको वारपार ठप्प भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ । ठूला क्षमताका गाडी बिहान ५ बजेदेखि सडकमै रोकिएको प्रहरीको भनाइ छ ।
डिभिजन सडक कार्यालय पोखराले स्टिल पुलको आडमा बेलिब्रिज निर्माणका लागि सामग्री आइपुगेको तथा बेलिब्रिज जडान गर्नका लागि एबुटमेन्ट (पिलर) निर्माण सकिएकाले आजबाट जडानको काम शुरु गर्ने तयारी गरेको थियो । गत फागुन अन्तिम साता पुल जीर्ण भएको पत्ता लागेपछि १० टनभन्दा बढी क्षमताका साधनलाई नदीमा अस्थायीरूपमा ह्युमपाइप हालेर वारपार गराइन्थ्यो ।
कार्यालयका सव–इञ्जिनीयर किरण सुवेदीले सातदेखि १० दिनभित्र बेलिब्रिज जडानको काम सम्पन्न गरेर पुल सञ्चालनमा ल्याइने बताए। उनले भने, “इटहरीबाट बेलिब्रिजका सामग्री आइपुगेको छ, अब जडान शुरु हुन्छ । एक सातादेखि १० दिनभित्र काम सकेर पुल सञ्चालन गर्ने तयारी गरेका छौँ ।”
कार्यालयका अनुसार दुई लेनको सो पुल ५० मिटर लामोे र भारवहन क्षमता १०० टनको रहने बताइन्छ । बेलिब्रिज निर्माणका लागि सडक कार्यालयले रु दुई करोड २० लाख लागतमा सगरमाथा÷जेजे जोइन्ट भेन्चर कम्पनीसँग गएको वैशाख २२ गते सम्झौता गरेको थियो । चर्किएको स्टिलब्रिज मर्मतको काम सकिए पनि सडक विभागबाट निरीक्षणमा आएका विज्ञहरुको प्रतिवेदन नआउँदासम्म ‘हेभी’ सवारीलाई प्रवेश नदिइने सुवेदीले बताए ।
मर्मतपछि यातायात सञ्चालन गर्न सकिने वा नयाँ पुलनै बनाउनुपर्ने भन्नेबारेमा प्रतिवेदन आएपछि निर्णय लिइने कार्यालयले जनाएको छ । बेलिब्रिज अस्थायी पुल भए पनि यसलाई १० वर्ष प्रयोगमा ल्याउन मिल्ने बताइन्छ । विजयपुरको सो पुल हुँदै दैनिक छ हजारको सङ्ख्यामा सवारीसाधन ओहोरदोहोर गर्ने बताइन्छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: