Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

ब्रिटिश राजदूतको इमेल बारे अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प भन्छन्: मलाई मतलब छैन

एजेन्सी । ब्रिटिश सरकारले वाशिङ्टनका लागि आफ्ना राजदूतका टिप्पणी सहितका कैयौँ सन्देशहरू चुहावट भएको विषयमा औपचारिक छानबिन गर्ने घोषणा गरेको छ।

राजदूत सर किम डारोचका भनाइहरू अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पप्रति आलोचनात्मक भएको बताइएको छ।

ट्रम्पले सर किम ब्रिटेनको सेवा राम्ररी नगरेको व्यक्तिु भएको टिप्पणी गरेका छन्।

न्यू जर्सीमा पत्रकारहरूलाई ट्रम्पले भनेस् हामी ती मानिसको ठूलो प्रशंसक होइनौँ र उनले यूकेको राम्ररी सेवा गरेका छैनन्।

म त्यो बुझ्छु र उनीबारे केही कुराहरू भन्न सक्छु। तर मलाई मतलब छैन।
ब्रिटिश विदेशमन्त्री जेरमी हन्टले चुहिएका टिप्पणीहरू ब्रिटिश सरकारको नभई राजदूतका व्यक्तिगत भएको बताएका छन्।

प्रतिक्रिया
सत्तारूढ कन्जर्भेटिभ पार्टीको नेता र प्रधानमन्त्री हुने दौडमा रहेका विदेशमन्त्री हन्टले खुलस्त विचारहरू दिने ब्रिटिश राजदूतको काम भए पनि ती उनका व्यक्तिगत विचार भएको बताएका छन्।
यो ब्रिटिश सरकारको विचार होइन र मेरो पनि होइन् हन्टले भने।

ट्रम्प अति प्रभावकारी भएको र अन्तर्राष्ट्रिय मञ्चमा ब्रिटेनको असल साथी भएको हन्टको भनाइ छ।

न्यायमन्त्री डेभिड गोकले पनि राजदूतले आफ्नो देशको लागि खुलस्त र यथार्थ सल्लाह दिनु निकै महत्त्वपूर्ण रहेको बताएका थिए। नमज्जाको कुरा त्यो चुहियो। तर हामी हाम्रा राजदूतहरूले तथ्यलाई जसरी देख्छन्, त्यसरी बताउने आशा गर्नुपर्छ।

यसअघि विदेश मामिला समितिका अध्यक्ष समेत रहेका कन्जर्भेटिभ पार्टीका सांसद टम टुगनहाटले उक्त चुहावटमा संलग्न जो कोहीलाई अभियोजन प्रकृयामा ल्याइनुपर्ने बताएका छन्।

कूटनीतिज्ञहरूले सुरक्षित ढंगबाट आफ्ना सरकारहरूसँग संवाद गर्नैपर्छ, उनले बीबीसी रेडियो फोरसँग भने।

उनले सर किमको बचाउ गर्दै ब्रिटिश राजदूतको काम अमेरिकी भावनाको कदर गर्नुु नभई ब्रिटिश नागरिकको स्वार्थ र आशाहरूको प्रतिनिधित्व गर्नु हो भनेका छन्।
ब्रेक्जिट पार्टीका नेता निगेल फरागले भने आफ्ना राजदूतको आलोचना गर्दै उनी ुउक्त भूमिकाका लागि अयोग्य रहेको बताए।

उनले भनेस् जति छिटो उनले पद छाड्छन्, त्यति नै राम्रो हुनेछ।

राजदूतले के भनेका थिए?
वाशिङ्टनका लागि ब्रिटेनका राजदूतले ट्रम्पको प्रशासनलाई ुअक्षम, असुरक्षित र अयोग्य भनेका इमेलहरू सार्वजनिक भएका थिए।

जसमा सर किम डारोचले ह्वाइट हाउस ट्रम्पको नेतृत्वमा बेकामे र विभाजित भएको बताएका छन्।

तर उनले अमेरिकी राष्ट्रपतिलाई बेवास्ता गर्न नहुने पनि लेखेका छन्।

ब्रिटेनको विदेश मन्त्रालयले आइतवार मेल पत्रिकालाई त्यसरी इमेलहरू चुहाइदिने कार्य बदमाशीपूर्ण भनेपनि त्यसको सत्यतालाई इन्कार गरेको छैन।
इमेलमा सर किमले लेखेका छन्स् हामीलाई विश्वास छैन कि यो प्रशासन बिस्तारै बढी सामान्यस कम बेकामेस कम अप्रत्याशितस कम विभाजितस कम अक्षम हुनेछ।

उनले यो प्रशासन सक्षम हुन‍सक्ने सम्भावनामा शङ्का गरेका छन्।

सर किमले ट्रम्प जुनको यूकेको राजकीय भ्रमणपछि खुशी भएको बताए पनि अमेरिका अझै पहिला अमेरिकाकै नीतिमा आफ्नो स्वार्थपूर्तिमा रहेको बताएका छन्।

ती इमेलहरूमा अमेरिका र यूकेबीच ब्रेक्जिटपछि व्यापार सम्बन्ध सुधार गर्ने प्रक्रियामा तीनवटा विषय विवादास्पद हुनसक्ने बताइएको छस्

जलवायु परिवर्तन
प्रेस स्वतन्त्रता र
मृत्युदण्ड

राष्ट्रपति ट्रम्पलाई कुरो बुझाउन आफ्नो कुराहरू साधारण र सीधा तरीकाले राख्नुपर्ने उनको सुझाव छ।

विभाजन र अराजकता
गत महिनाको एक इमेलमा सर किमले अमेरिकाको इरान नीतिलाई बेतुके र अराजक भनेका छन्।

उनले लेखेका छन् कि ट्रम्पले १५० जनाको ज्यान जाने भएकाले १० मिनेट अगाडि इरानमाथि आक्रमण रोकेको भन्दै सार्वजनिक गरेको कुरोको तुक मिल्दैन।

उनले भनेका छन् राष्ट्रपति ट्रम्प विदेशी द्वन्द्वमा सामेल नहुने आफ्नो निर्वाचन प्रतिबद्धताका कारण इरान आक्रमणको कुरामा कहिल्यै पूर्ण समर्थनमा थिएनन्।

सार्वजनिक गरिएका गोप्य इमेलहरू सन् २०१७ देखि हालसम्मका रहेका छन्।

सर किमले ह्वाइट हाउसमा विद्यमान विभाजनका विषयमा आएका समाचारहरूलाई विश्वास गरेको देखिन्छ।

विदेश मन्त्रालयका एक प्रवक्ताले कूटनीतिज्ञहरूले मन्त्रीहरूलाई आफूले हेरेको देशको राजनीतिका बारेमा स्पष्ट र इमान्दार विचार दिन प्रोत्साहन गरिने बताए।

उनीहरूको विचार मन्त्रीहरू वा सरकारको विचार होइन। हामी राजदूतहरूलाई स्पष्टवादी हुन तलब दिन्छौँ, उनले भने।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy