Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

कहाँ छ विषादी परीक्षण गर्ने क्षमता ? बुझ्दै नबुझी उफ्रिने : मन्त्री यादव

काठमाडौं । उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री मातृकाप्रसाद यादवले सरकारसँग तरकारी तथा फलफुलको विषादी परीक्षण गर्ने क्षमता नभएको बताएका छन् । उनले तयारी विना परीक्षण थाल्दा समस्या आएपछि तत्कालको लागि परीक्षण काम स्थगन गरिएकोसमेत प्रष्ट्याएका छन् ।

सोमबार राष्ट्रिय सभाकोे बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिंदै यादवले काम गर्न खोजेको तर क्षमता नभएर पछाडि हटेको बताएका हुन् । ‘हामीले त विषादी खानु हुँदैन भनेर निर्णय गर्यौं । त्यसका लागि जाँच गरेर ल्याउने भन्यौं । तर त्यसका लागि हामीसँग क्षमता नै रहेनछ ।’ मन्त्री यादवले भने, ‘म सबै माननीयजीहरुलाई आग्रह गर्छु, एक पटक गएर कृषि मन्त्रालयको क्षमता बुझ्नुपर्योभ ।’

मन्त्री यादवलेभारतीय दबावमा निर्णय फिर्ता नलिएको भन्दै उनले हावाको भरमा नफ्रिन सांसदहरुलाई आग्रहसमेत गरेका छन् । मन्त्री यादवले सरकारले राम्रो गर्न खोज्दा खोज्दै गर्न नसकेको बताएका छन् । ‘हामी त राम्रै गर्न खोज्यौं । तर त्यो रहेनछ । त्यो मेरो कमजोरी हो । मेरो कमजोरी के हो भने, कृषि मन्त्रालयमा त्यो क्षमता रैनछ भन्ने मलाई थाहा भएन् । त्यो अनुसार हामी अगाडि बढायौं’ यादवले भने । प्रयोगशाला स्थापना गर्नको लागिको मात्रै तयारीमा गएको मन्त्री यादवले बताएका छन् ।

यादवले प्रतिपक्षी विरोधमा उत्रिदाँ सत्ता पक्ष पनि बुझ्दै नबुझी सरकारको विरोधमा उत्रेको भन्दै आक्रोश पोखे । ‘प्रतिपक्ष रचनात्मक हुन्छ रे । यहाँ त पक्ष नै कस्तो न कस्तो देखियो । पक्षका साथीहरुले पनि कस्ता कस्ता प्रश्न उठाउन थाले । रचनात्मक हो कि ध्वंशकारी ? जिज्ञाशा राख्नु एउटा कुरा हो, उफ्रिनु अर्कै कुरा हो ।’ यादवले भने, ‘हामी पनि कमजोरी स्वीकार गर्छौं तर तिललाई पहाड बनाउनु राम्रो होइन । माननीयजीहरु पनि हावाको तलमा बोल्नु भएन । गएर हेर्नुस्, हाम्रो के क्षमता छ ।’

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending