काठमाडौं । तरकारी र फलफूलको गुणस्तर जाँच नहुँदा स्वास्थ्य जोखिममा परेको चिकित्सकले बताएका छन्। तरकारी र फलफूलमा विषादी जाँच गर्न पूर्वाधार नभएको जनाउँदै सरकारले निर्बाध रूपमा आयात गर्न दिने निर्णय जनस्वास्थ्यका दृष्टिले अपराधजन्य भएको चिकित्सकको दाबी छ। विषादी प्रयोग गरिएका तरकारी एवं फलफूल खाँदा स्वास्थ्यमा दीर्घकालीन असर पर्ने चिकित्सक बताउँछन्।
आजको अन्न्पुर्ण पोष्ट दैनिकमा खबर छ - वरिष्ठ छातीरोग विशेषज्ञ डा। केदारनरसिंह केसीका अनुसार रासायनिक विषादी राखिएको तरकारी एवं फलफूल सेवन गर्दा छाती र टाउको दुख्ने, जिउ चिलाउने, बान्ता हुने, दिसा लागिरहने लगायतका समस्या देखिन्छ। लामो समयसम्म विषादीयुक्त तरकारीको सेवनले मुटु, फोक्सो, मिर्गौलालगायत संवेदनशील अंगमा क्षति पुग्ने केसीले बताए। ‘कलिलो उमेरमै हृदयाघात, मिर्गौला फेल र क्यान्सर हुनुमा विषादी हालिएको तरकारी एवं फलफूल सेवन पनि हो’, उनले भने। डा। केसीले विषादीको जाँच नगर्नु जनस्वास्थ्यका दृष्टिले जघन्य अपराध भएको बताए।
जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने खाद्यवस्तुको निर्बाध बेचबिखन र उपयोग भइरहेको छ। तरकारी एवं फलफूलमा विषादीको मात्रा र अवस्था परीक्षण गर्ने विश्वसनीय संयन्त्र छैन। ‘एउटा लेबलभन्दा बढी विषादीको प्रयोग भएको छ भने स्वास्थ्यमा असर गर्छ। विषादीको मात्रा र युवा अवस्थामै कपाल फुल्ने, उच्च रक्तचाप र हर्मोनसम्बन्धी समस्या देखिएको छ’, श्वासप्रश्वास विशेषज्ञ डा। करवीरनाथ योगीले भने।
विकसित मुलुकले ५० वर्षअघि प्रयोग गरेको कीटनाशक औषधि अहिले नेपाल र भारतमा प्रयोग भइरहेको छ। डा। योगीले भने, ‘स्वास्थ्यमा असर परेको पुष्टि भएपछि विकसित देशले विषादी प्रयोग बन्द गरिसके। हामी भने प्रयोग गरिरहेका छौं।’
नेपाल चिकित्सक संघका अध्यक्ष डा। मुक्तिराम श्रेष्ठ सरकारको निर्णयले जनस्वास्थ्यमा खेलवाड भएको बताउँछन्। विषादीयुक्त तरकारी एवं फलफूल सेवनले तत्काल पेटको समस्या देखिएपछि कलेजो, मुटु, मिर्गौलामा पनि असर गर्ने उनले बताए। विषादीको मात्रा र अवस्थाको जाँच नै नगरिएका फलफूल र तरकारी खाँदा पर्ने असरबारे संघले जनतालाई सुसूचित गराउने उनले बताए।
प्रयोगशाला रिपोर्टमा भर नपरौं
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले विषादी परीक्षणका लागि प्रयोगशालाको क्षमता विस्तार गरिने बताएका छन्। सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री यादवले केन्द्रमा एउटा मात्रै प्रयोगशाला रहेको जानकारी दिए। केन्द्रीय प्रयोगशालाले जारी गर्ने रिपोर्ट भरपर्दो नभएको उनले दाबी गरे। उनले भने, ‘प्रयोगशालाको क्षमता विस्तार गरी पूर्णरुपमा परीक्षण कार्य थाल्छौं’, उनले भने।
२०७१ असार ४ गते नेपालमा पहिलो पटक तरकारीमा विषादी परीक्षण गरिएको थियो। त्यतिबेला आयातित तरकारीमध्ये ४ प्रतिशत खानै नहुने खालको बिषादी प्रयोग भएको पाइएको थियो।
जीवन नै जोखिममा पार्ने खाद्यवस्तुविरुद्ध सचेत जनता एकजुट हुनुपर्ने डा। योगीको भनाइ छ। कृषि विभागको विषादी पञ्जीकरण शाखाका अनुसार नेपालमा बर्सेनि साढे ६ सय मेट्रिक टन विषादी भित्रिन्छ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: