Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

१० वर्षे जनयुद्ध गलत हो भनेर सरकारले पुष्टि गर्न खोज्यो : कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपामाथि भएको दमनको विरोध गरेको छ । कांग्रेसले सरकार देशलाई पुनः युद्धमा लैजान उद्धत भएको आरोप लगाएको छ ।

सरकारले कानून विपरित पक्राउ गर्ने र थुनामा राखी यातना दिने गरेको भन्दै कांग्रेसको सरकारको कडा आलोचना गरेको छ । कांग्रेसले पछिल्लो समय मुढभेडको नाउँमा मानवअधिकारको धज्जी उडाएको भन्दै सरकारको सरकारको आलोचना गरेको हो ।

मंगलबार प्रतिनिधि सभाको वैठकमा बोल्दै कांग्रेस प्रमुख सचेतक पुष्पा भूषाल गौतमले मुढबेडको नाउँमा व्यक्ति हत्या गर्ने र द्धन्द्ध मच्चाउने काम हुन थालेको बताइन् । उनले कुमार पौडेलको हत्याले मानवअधिकारको धज्जी उडाएको भन्दै सरकारको आलोचना गरिन् ।

‘सरकारले एउटा मुढबेढको नाउँमा, इन्काउन्टरको नाउँमा एउटा निहत्या कुमार पौडेललाई मानवअधिकारको धज्जी उडाएर, कुमार पौडेललाई पक्राउ गरिन्छ , हातखुट्टा भाँचिन्छ, यातना दिइन्छ । हातखुट्टा भाँचेर गोली प्रहार गर्ने काम भएको छ ।’ सांसद गौतमले भनिन् ‘के यो संविधानले विनाकारण कुनै व्यक्तिलाई थुनामा राख्ने अधिकार दिएको छ ? के थुनामा राख्दा मानसिक र शारिरिक यातना दिनुपर्छ भनेरसंविधानमा लेखेको छ ? हामी जवाफ चाहन्छौं ।’

कांग्रेसले नेकपामाथि सरकारले गरेको दमनको विरोध गरेको छ । कांग्रेसले कुमार पौडेलको हत्याप्रति घोर विरोध पनि गरेको छ । ‘आज मुढभेडको नाउँमा मानवअधिकारको धज्जी उडाएर, एउटा मानवीयतालाई क्रम भंग गरेर कुमार पौडेलको हत्या हुन्छ । हत्याको प्रमुख प्रतिपक्षी दल घोर विरोध गर्दछ ।’ कांग्रेस सचेतक गौतमले भनिन्, ‘संविधानभन्दा माथि गएर यो सरकार शान्ति सुरक्षालाई भंग गर्ने काम गर्न पाउँदैन् ।\'

१० वर्षे युद्ध गलत भनि पुष्टि गर्न विप्लवमाथिको दमन
कांग्रेसले १० वर्षे युद्ध गलत भएको पुष्टि गर्न विप्लव माथि दमन गरिएको आंशका व्यक्त गरेको छ । कांग्रेसले शान्ति प्रक्रिया टुंग्याउन नलागी देशलाई पुनः युद्धमा फर्काउन सरकार लागि परेको समेत आरोप लगाएको छ ।

‘नेपाली कांग्रेस चुनावी हारले गर्दा खेरि शान्ती प्रक्रिया र १० वर्षे द्धन्द्धलाई शान्तीमा पु-याउनको सकेन् । त्यसबेला नेपाली कांग्रेसले द्धन्द्धमा रहेका साथीहरुको मानवअधिकारको वकालत नेपाली कांग्रेस लगायत नागरिक समाजले गरेको थियो ।’ कांग्रेस सचेतक गौतमले भनिन्, ‘आज के त्यो १० वर्षको द्धन्द्ध गलत थियो भनेर सरकारले पुष्टि गर्न खोजेको हो ? होइन् भने आज फेरि मानवअधिकारको धज्जी किन उडाइएको छ ।’

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending