Khabar Dabali १६ फाल्गुन २०८२ शनिबार | 28th February, 2026 Sat
Investment bank

रानीमहलकाे ३० रोपनी जग्गा भूमाफियाले अतिक्रमण गर्याे

काठमाडौं । ऐतिहासिक एवं पुरातात्विक महत्त्वको पाल्पास्थित रानीमहल दरबारको जग्गा अतिक्रमण भएको छ। मालपोत–नापीका कर्मचारीको मिलेमतोमा रानीमहलको जग्गा व्यक्तिको नाममा कायम गरिएको हो।राष्ट्रिय सतर्कता केन्द्रको छानबिनले रानीमहलको ३० रोपनी जग्गा अतिक्रमणमा भएको देखाएको छ।

आजको अन्न्पुर्ण पोष्ट दैनिकमा खबर छ - नापी विभागको नक्सामा कित्ताकाट नभएको जग्गा नापी कार्यालय पाल्पाको नक्सामा कित्ताकाट पाइएको केन्द्रका सूचना अधिकृत डालनाथ अर्यालले जानकारी दिए। साविकको बोधगुम्बा गाविस वडा नम्बर २ सिट नम्बर ०९९–०३२३ कित्ता नम्बर ४६५ को केही भाग र सिट नम्बर ०९९–०३२४ कित्ता नम्बर ४६५ मा रानीमहल छ। यो महलको जग्गा क्षेत्रफल नापी कार्यालयमा ५ रोपनी १२ आना २ दाम कायम छ। तर, यसको उत्तर साविक खानीगाउँ वडा २ को सिट नम्बर ०९९–०३२४ को कित्ता नम्बर १६० मा १५ रोपानी १० आना १ पैसा २ दाम र कित्ता नम्बर १६६ मा १३ रोपनी ९ आना २ दाम छ। २०६० साल मंसिर १६ मा यो जग्गा कित्ताकाट गरी दुई कित्ता बनाइएको छ। कित्ता नम्बर ६६० मा ५ रोपनी ३ दाम र कित्ता नम्बर ६६१ मा ८ रोपनी ९ आना १ पैसा १ दाम कायम भएको मालपोत कार्यालयको दर्ता किताबमा उल्लेख रहेको सतर्कताको छानबिनमा छ।
०६२ माघ १८ मा पाल्पा दरबारमा भएको आगलागीबाट मालपोत तथा नापी कार्यालयका कागजात जलेर नष्ट भएको थियो। कागजात नष्ट भएपछि रानीमहलको जग्गा नै गायब गरिएको छ। मालपोत, नापीसहित तत्कालीन गाविस समेतको मिलेमतोमा रानीमहलको जग्गा खुम्च्याइएको प्रतिवेदनमा उल्लेख छ। खानी गाउँ विकास समितिको कार्यालयको २०६३ असार ४ को सिफारिसमा रानीमहलको कित्ता नम्बर ६६० को ५ रोपनी ३ दाम जग्गा खड्गभक्तेश्वर गुठीका मोही महालक्ष्मी श्रेष्ठको नाममा दर्ता कायम छ। कित्ता नम्बर ६६१ को ८ रोपनी ९ आना १ पैसा १ दाम च्रकपाणि पाण्डे, थमबहादुर थापा, दुर्गाबहादुर थापाको नाममा दर्ता छ। तर, यो जग्गाको हकमा हालसम्म श्रेस्ता कायम गर्न सम्बन्धित पक्ष आएको देखिँदैन। कित्ता नम्बर ४६७ को १२ रोपनी ९ आना २ दाम जग्गा भने बोधगुम्बा रानी घाट गुठीका मोही थानबहादुर श्रेष्ठ को नाम दर्ता गरिएको छ। महलको दक्षिणमा रहेको कित्ता नम्बर ४६४ को ३० रोपनी १० आना ३ पैसा जंगल र कित्ता नम्बर ४६६ को १७ रोपनी १३ आना १ पैसा फूलबारी भनी दुवै कित्ता जग्गा सरकारी÷सार्वजनिक रहेको प्रतिवेदनमा उल्लेख छ। जंगल र फूलबारी बगैंचाको जग्गामा भूमाफियाले आँखा लगाएका छन्। महलको पश्चिमतर्फ कालीगण्डकी नदी छ।

प्रतिवेदनमा बोधगुम्बा २ को कित्ता नम्बर ४६५ को जग्गा रानीमहलको भएको तर त्यसको स्रेस्ता मालपोत कार्यालयमा फेला नपरेको उल्लेख छ। यो जग्गाको उत्तर साविक खानी गाउँ–२ कित्ता नम्बर १६० को जग्गा बगरमा कायम छ। बौधगुम्बा २ कित्ता नम्बर ४६६ बगैंचा र कित्ता नम्बर ४६४ जंगल भनी उल्लेख छ। सतर्कताको स्थलगत अध्ययनअुनसार कित्ता नम्बर ४६६ बगैंचा भनी उल्लेख भएको कित्तामा गाडी गुड्ने सडक र खाली जग्गा पाइएको छ। यो जग्गा सरकारीरसार्वजनिक नै कायम भए पनि नापी कार्यालयबाट प्राप्त नक्सामा छुट्टै कित्ताकाट गर्न वा के उद्देश्यले शंकास्पद रूपमा पेन्सिल लाइनको कित्ता बनाएको देखिन्छ।
कित्ता नम्बर ४६७ रानीघाट गुठीका मोही थानबहादुर श्रेष्ठ को नाम देखिएको, खानीगाउँ वडा नम्बर–२ कित्ता नम्बर १६६ जग्गाधनी खड्गभक्तेश्वर गुठीको २०६० जेठ २५ मा मिसिल नम्बर ३४० खडा भई ५ रोपनी ३ दाम मोही महालक्ष्मी श्रेष्ठ कायम गरिएको थियो। यो जग्गा २०७२ असोज ५ को मालपोतको निर्णयअुनसार मोहीको नाम नामसारी भएको छ।

यो नजरमान श्रेष्ठ , तारामान श्रेष्ठ र निलम श्रेष्ठ तथा तानसेन नगरपालिका–७ पाल्पाको नाममा स्रेस्ता कायम छ। मालपोत कार्यालयले पुरानो श्रेस्ता जली नयाँ स्रेस्ता कायम गर्दा अंशबन्डा, लिखतलगायत कागजात सम्बन्धित पक्षसँग माग नगरी खाली लालपुर्जाको आधारमा मात्रै स्रेस्ता कायम गरिएको प्रतिवेदनमा छ।
नामसारी गर्दा तानसेन नगरपालिकामा रहेका मोहीलाई समेत पत्राचार गरी जानकारी नगराएको पाइएको छ। गुठी जग्गा नामसारी गर्दा गुठी संस्थानसँग जानकारी नगराएको देखिएको छ। ‘नापी विभाग कित्तानापी महाशाखा, अभिलेख शाखामा रहेको नक्सामा कित्ताकाट भएको देखिँदैन’, प्रतिवेदनमा छ। पाल्पा दरबार जल्नुभन्दा अगाडिको अभिलेखका रूपमा रहेको तर हाल नापी कार्यालय पाल्पामा रहेको नक्सामा कित्ताकाट भएको देखिएकाले कित्ताकाट कुन मितिमा कसरी गरेको भन्ने स्पष्ट जानकारी नभएको उल्लेख छ।

थानबहादुर श्रेष्ठ कसरी मोही कामय भएको भन्ने स्पष्ट जानकारी छैन। खानीगाउँको यो स्थानमा डिजिटल नापी भइसकेको छ तर साविक कित्ता र नयाँ नापी कित्ता भिडाएको देखिँदैन।
खानीगाउँ गाविस–२ कित्ता नम्बर १६६ को नापी विभागबाट प्राप्त नक्सामा कित्ता नभएको तर नापी कार्यालय पाल्पाबाट प्राप्त नक्सामा कित्ता काट भएकाले यो विषयमा अनुसन्धान गर्नुपर्ने सतर्कता केन्द्रले जनाएको छ। बौधगुम्बा गाविस–२ कित्ता नम्बर २ को ४६६ को बगैंचामा शंकास्पद रूपमा पेन्सिल लाइनबाट कित्ता बनाइएको हुँदा थप अनुसधान गर्नुपर्ने देखिएको छ।

स्रेस्ता कायम भएको वा हुन बाँकी गुठी जग्गाका मोहीको सम्बन्धमा गुठी संस्थानसँग रेकर्ड नभिडाई नामसरी भएको देखिन आएको हुँदा यस्तो कार्य कानुनसम्मत छ भनी विश्वास गर्न सकिएन तसर्थ यस सम्बन्धमा थप अनुसन्धान गर्नुपर्ने देखिएको सतर्कताले जनाएको छ।

रानीमहलको जग्गा अतिक्रमणका सम्बन्धमा थप अनुसन्धान गर्नुपर्ने देखिएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग पठाउने निर्णय भएको सतर्कता केन्द्रका सूचना अधिकृत अर्यालले जानकारी दिए।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE