Khabar Dabali १६ फाल्गुन २०८२ शनिबार | 28th February, 2026 Sat
Investment bank

विषादीयुक्त सागसब्जी र फलफूल भित्रिने क्रम तिव्र

विराटनगर । विराटनगर तरकारी र फलफूल बोकेका भारतीय ट्रक विषादी परीक्षण नगरी नेपाल भित्रन थालेका छन्। प्रदेश १ का तीन नाका ९झापाको काँकडभिट्टा, मोरङको विराटनगर र सुनसरीको भन्टाबारी० बाट सयौंको संख्यामा तरकारी र फलफूल बोकेका ट्रक नेपाल छिरेका हुन्।

आजको अन्न्पुर्ण पोष्ट दैनिकमा खबर छ - काँकडभिट्टा नाकाबाट मंगलबारसम्ममा ९० को संख्यामा यस्ता ट्रक भित्रिएका छन् भने विराटनगर र भन्टाबारी नाकाबाट पनि उत्तिकै संख्यामा तरकारी र फलफूल बोकेका ट्रक नेपाल भित्रिएको भन्सार कार्यालयले जनाएका छन्।
सरकारबाट विषादी मापन रोकेको पत्र भन्सारमा सोमबार बिहान आइपुगेकाले तरकारी र फलफूल बिना परीक्षण भित्रिन थालेको मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख टेकबहादुर अर्यालले बताए।
प्रदेश १ मा तरकारी र फलफूल सबैभन्दा बढी भित्रिने झापाको काँकडभिट्टा नाका हो। यस्तै विराटनगर भन्सारबाट पनि सोमबारदेखि पूर्ववत् रुपमा तरकारी र फलफूल बोकेका भारतीय गाडी नेपाल भित्रिएका छन्। काँकडभिट्टा नाकाबाट भित्रिएका फलफूल र तरकारी बिर्तामोडस्थित कृषि थोकबजार हुँदै देशका विभिन्न सहरमा पुर्‍याइन्छन् भने विराटनगर भन्सारबाट भित्रिएको विराटनगरस्थित गुद्री बजारसहित विभिन्न स्थानमा पैठारी हुन्छ।

संघीय सरकारले असार २ मा नेपाल आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने गरी ‘निकासी पैठारी सम्बन्धी आदेश’ राजपत्रमा प्रकाशित ग‍रेको थियो। असार १० गतेदेखि प्रदेश १ का सीमा नाकाबाट आयात हुने तरकारी र फलफूलको विषादीको मात्रा परीक्षण सुरु भएको थियो। लगत्तै विराटनगर र काँकडभिट्टास्थित मेची भन्सारमा तरकारी तथा फलफूल बोकेका ट्रकको लाइन लाग्न सुरु भएको थियो।

प्रयोगशाला नाम मात्रैको

प्रदेश १ को राजधानी विराटनगरमा सोमबारदेखि प्रदेश सरकारले विषादी मापन प्रयोगशाला सुरु गर्‍यो। जोगबनी नाका नजिकै प्रयोगशाला खुल्दा सबैलाई लागेको थियो स् ‘संघीय सरकार पछि हटे पनि प्रदेश सरकारले अब विराटनगर भन्सारबाट आउने तरकारी र फलफूल परीक्षण गर्छ।’ तर, सो प्रयोगशालाले नेपाल भित्रिएर बजारमा बिक्री भइरहेका तरकारी र फलफूलको मात्रै नमुना संकलन गरी परीक्षण गर्ने भएको छ।

हाल विषादी परीक्षण गर्न संघीय सरकारले नै रोकेकाले प्रदेश सरकारले पनि नाकामै ट्रक रोकेर विषादी परीक्षण नगने प्रदेश १ सरकारले जनाएको छ। प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव हस्तबहादुर विष्टले संघीय सरकारले अनुमति दिए मात्र आयातीत तरकारी र फलफूल परीक्षण गर्ने बताए। ‘यो अन्तर्राष्ट्रिय व्यापारसँग जोडिएको कुरा भएर यसमा संघीय सरकारले निर्णय गर्नेछ। अहिले हाम्रो प्रयोगशालाले बजारमा आएका तरकारी र फलफूलको नमुना संकलन गरेर परीक्षण गर्ने हो,’ उनले भने।

प्रदेश १ सरकारले चालु आर्थिक वर्षमा बजेट छुट्याएपछि विराटनगरमा विषादी परीक्षण प्रयोगशाला सञ्चालनका लागि उपकरण खरिद भइसकेको थियो। तर, जनशक्ति नहुँदा सञ्चालनमा आएको थिएन। विषादी मापनको चार्चा चलेकै समयमा सरकारले यसको सुरुवात गरेको हो। प्रदेश सरकारले काठमाडौंबाट कृषि मन्त्रालयका प्राविधिक बोलाएर उपकरण जोड्न लगाएर सोमबारदेखि परीक्षण थालेको थियो।

बाली संरक्षण प्रयोगशालाका प्राविधिकलाई तालिम दिएर अहिले ‘क्लास थ्री’ का एक, प्राविधिक सहायक दुईसहित ६ जना जनशक्ति प्रयोगशालामा कार्यरत छन्। ‘संघीय सरकार आफ्नो निर्णयबाट पछि नहटेको भए प्रदेश १ का नाकामा यो प्रयोगशाला सञ्चालनमा आएसँगै ट्रकको लाइन लाग्ने थिएन। हामीले रातारात काम गरेर ल्याब सञ्चालनमा ल्याएका थियौं। अब यसमा आन्तरिक बजारकै तरकारी परीक्षण गर्नुपर्ने भयो,’ मन्त्रालयका सचिव हस्तबहादुर विष्टले भने।

कर्मचारी फुर्सदिला

भारतबाट आयात हुने तरकारी र फलफूलको विषादी मापन गर्न सुरु गर्दा खाजा खानेसम्म फुर्सद नपाएका प्रदेश १ का लागि झापा बिर्तामोडमा स्थापना गरिएको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाका दुई जना कर्मचारी सोमबारदेखि फुर्सदिला छन्।

दैनिक ८० देखि ९० वटासम्म नमुनाको परीक्षणमा खटिनुपर्ने उनीहरुको काम सोमबार दिउँसोबाट घटेको छ। पर्याप्त जनशक्ति नभइरहेका बेला सरकारले भारतबाट भित्रिने तरकारी तथा फलफूलमा विषादीको मात्रा जाँच्ने नियम बनाएपछि काममा बोझ थपिएको थियो। नमुना परीक्षणका लागि भन्सारबाट आउन छाडेकाले काम घटेको प्रयोगशालाकी प्राविधिक सहायक अञ्जु आचार्यले बताइन्। ‘आइतबारसम्म कामको चाप थियो। सोमबार सबै भन्सार कार्यालयमा पत्र आएकाले विषादी मापन रोकिएको छ। अब हामी आफैं बजारका तरकारी र फलफूलको नमुना ल्याएर परीक्षण गर्छौं। जुन पहिले पनि गर्ने गरिएको थियो,’ आचार्यले भनिन्।

नमुना नआएपछि कर्मचारीले नियमित जाँचको मात्रै काम सुरु गरेको उनले बताइन्। भारतसँग सीमा जोडिएको पूर्वीनाका काँकडभिट्टा र विराटनगरमा विषादी जाँच गर्ने प्रयोगशाला छैन। पूर्वी नाकामा मेची भन्सार कार्यालयसँगै रहेको प्लान्ट क्वारेन्टाइन कार्यालयले आफ्नो प्रयोगशालामा पनि तरकारी तथा फलफूलमा भएको विषादीको मात्रा जाँच्दैन। प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभिट्टाका प्रमुख बाली संरक्षण अधिकृत सुरेशकुमार साह भारतबाट भित्रिने फलफूल तथा तरकारीमा भएको विषादीको मात्रा जाँच्ने अधिकार आफूहरूलाई नभएको बताउँछन्।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE