काठमाडाैँ । वर्षौदेखि विवादित पूर्व–पश्चिम राजमार्गको दायाँ–बायाँ २५–२५ मिटर सडक विस्तार मकवानपुर र बारामा सुरु गरिएको छ।
आजको नागरिक दैनिकमा खबर छ - राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका, लोथर र बाराको अमलेखचाइनाक्वाटरका केही घर भत्काएपछि विवादका कारण रोकिएको राजमार्ग विस्तार दुई वर्षपछि पुनः सुरु गरिएको सडक डिभिजन कार्यालय हेटौंडाका सूचना अधिकृत जयराम अधिकारीले बताए।
‘२५ मिटर सडक विस्तार अभियान फेरि सुरु गरेका छौ,’ उनले भने, ‘यो पटक रोकिनेवाला छैन, निरन्तर गर्नेछौं, हेटौंडा उपमहानगरपालिका क्षेत्रमा पनि चाँडै काम सुरु गर्छौं।’ यसअघि राजमार्ग क्षेत्रमा बनेका घर, टहराको मुआब्जा विवादका कारण सडक विस्तारको काम रोकिएको थियाो। सो विषयमा राखिएको जिज्ञासामा सूचना अधिकृत अधिकारीले भने, ‘मुआब्जाको विषयमा अहिलेसम्म कुनै निर्णय वा आदेश भएको छैन।’
सडक डिभिजन कार्यालयले छैठौं पटक प्रकाशित गरेको १५ दिने सूचनाको म्याद सकिएलगत्तै सडकको क्षेत्रभित्र पर्ने घर–टहरा भत्काउन थालिएको अधिकारीले बताए। ‘अतिक्रमण गरी बनाइएका लोथर बजारका टहरा र अमलेखगन्जका घरहरू भत्काउन सुरु गरेका छौ,’ उनले भने, ‘दुवै स्थानका स्थानीय आफैंले सडकको दायाँ–बायाँ २५–२५ मिटरभित्र रहेका घर–टहरा भत्काएर सहयोग गरिरहेका छन्।’
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: