Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

‘सिरिन्ज’ प्रकरणमा दुवै पक्षले भने– परिस्थितिजन्य घटनाप्रति दुःखी छौं

काठमाडौं । बनेपाको कथित सिरिन्ज प्रकरणमा जोडिएका दुवै पक्षले मेलमिलाप गरेका छन् । उनीहरुले घटनाप्रति दुःख व्यक्त गर्दै सबैमा संयम हुनसमेत आग्रह गरेका छन् ।

बनेपास्थित चारदोबाटोमा गत सोमबार युवतीमाथि सिरिन्ज आक्रमण भएको हल्लाकै भरमा वालिङ न।पा १३, स्याङ्जाका खगेन्द्रपसाद पाठकमाथि भीडले कुटपिट गरेको थियो । कुटपिटपछि प्रहरीले युवकलाई नियन्त्रणमा लिएर आरोपबारे छानबिन गरेको थियो ।

तर, अनुसन्धानका क्रममा युवकमाथि लगाइएको आरोप निराधार भएको पुष्टि भएको छ । उनी निर्दोष सावित भएपछि मंगलबार नै प्रहरीबाट थुनामुक्त भइसकेका छन् ।

कथित सिरिन्ज प्रकरणलाई लिएर बनेपालगायतका क्षेत्रमा त्रास फैलिरहेका बेला दुवै पक्षले घटना निराधार भएको भन्दै दुःख व्यक्त गरेका छन् ।

यो प्रकरणमा जोडिएका पाठक, वेथानचोक गाउँपालिका–६ काभ्रेपलाञ्चोककी मनीषा तामाङ र चौरीदेउराली गाउँपालिका–५ कि सपना वागदासले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै घटनाप्रति दःख व्यक्त गरेका हुन् ।

‘सिरिन्ज आक्रमण गरिएको भनी लाञ्छनासमेत लाग्न गई उत्पन्न भीडबाट सिर्जित परिस्थितिजन्य घटनाप्रति दुवै पक्ष खेद प्रकट गर्दछौं,’ पाठक, तामाङ र वागदास तीनै जनाले निकालेको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘शंकाको भरमा आगामी दिनमा समेत कुनै सामाजिक दुर्घटना नहोदोरिउन भन्दै सबैमा संयमताका साथ शान्ति सुरक्षालाई मजबुत बनाइ राख्न अपिल गर्दछौं ।एजेन्सी

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy