चिप्लेढुङ्गा । विभिन्न कारणले हिंसामा परेर कष्टकर जीवन बिताउन बाध्य महिलाको सहज जीवनयापनका लागि गण्डकी प्रदेशमा सुरक्षित आवास गृह निर्माण थालिएको छ ।
विभिन्न सरोकारवाला निकायले पटकपटक उक्त आवासगृहका लागि दबाब र ध्यानाकर्षण गराउँदै आएकामा सामाजिक विकास मन्त्रालय र पोखरा महानगरपालिकाको संयुक्त लगानीमा रु एक करोडको लागतमा उक्त महानगरपालिकाको वडा नं ३३ मा यस्ता घर निर्माण भइरहेको नगर उपप्रमुख मञ्जु गुरुङले जानकारी दिइन्।
निर्माण थालिएका ती भवन निरीक्षण गर्दै गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले भने, \'निर्माण कार्य तीव्ररुपमा भइरहेको रहेछ । भवन निर्माणपछि हिंसापीडित महिलाको उचित व्यवस्थापनमा लाग्नेछौँ ।\'
उक्त भवन बनाउनका लागि गत फागुन २३ गते ती दुई निकायबीच सम्झौता भएपछि वडा नं ३३ मा २० रोपनी जग्गा उपलब्ध गराएर अहिले दुई तलाको भवन र पर्खाल लगाउने काम भइरहेको त्यहाँका वडाध्यक्ष शिव आचार्यले जानकारी दिए ।
घरेलु हिंसालगायत शारीरिक र मानसिक हिंसामा परेका महिलाको सुरक्षाका लागि सरकारी तहमा आवास गृह नहुँदा सडकमै जीवनयापन गर्न पीडित महिला बाध्य थिए । महिला बालबालिका र मानसिक स्वास्थ्यमा काम गर्दै आएको ‘कोपिला’ नामक गैरसरकारी संस्थाले केही महिलालाई उद्धार गरेर अल्पकालीन सुरक्षित आवास उपलब्ध गराउँदै आइरहेको छ । हाल सो संस्थाले ३६ हिंसापीडित महिलालाई आश्रय दिइरहेकामा १० वर्षमुनिका बालबालिका पनि छन् ।
सो संस्थाले त्यस्ता महिलाको सुरक्षा, मानसिक स्वास्थ्य उपचार, मनोविर्मश गराउँदै आएको कोपिला नेपालका कार्यकारी निर्देशक बीना सिलवालले बताइन् । \'हामीले आर्थिक स्रोतको अभाव हुँदा पनि सडकमा महिलाको विचल्ली देखेर उद्धार गर्यौ तर दिनदिनै हिंसामा परेर विक्षिप्त भएका महिला थपिँदै गएकाले अब धान्न नसकिने भयो\', निर्देशक बीना सिलवालले भनिन्, \'सरकारले भवन निर्माण गरेपछि उचित व्यवस्थापन गर्नेछ भन्नेमा विश्वस्त छौँ ।\'
\'हामीले निकै कठिन अवस्थामा पनि मानवीय कर्तव्य पूरा गर्नाका साथै स्वास्थ्य सुधार भएकालाई विभिन्न सीपमूलक तालीम प्रदान गर्दै परिवारको पहिचान गरेर पुनःस्थापना पनि गर्दै आइरहेका छौँ ।\'अब यो जिम्मेवारी राज्यको हो । हामी सहकार्य गर्न तयार छौा, उनको भनाइ थियो ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: