काठमाडौं । गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको निर्माण काम पुनः सुरु हुने भएको छ । शान्ति सुरक्षा र जिल्लाको वातावरण सहज भएको भन्दै निर्माणमा संयोजनकारी भूमिका खेलेको धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण काम सूचारु गर्ने निर्णय गरेको हो ।
धुर्मुस सुन्तली फाउण्डेसनले बिहिबार एक प्रेस विज्ञप्ती जारी गर्दै निर्माणको कामलाई निरन्तरता दिने जानकारी गराएको छ । ‘परियोजना सूचारु गर्नका लागि चितवन जिल्लाको तर्फबाट गठित सर्वपक्षिय ५ हजार १ सदस्यिय मुल सहयोग समितिको सचिवालय वैठकले रंगशाला निर्माणका लागि पटक–पटक गरेको आह्वानसाथै जिल्लाबाट वातावरण सहज भएको प्रतिबद्धता व्यक्त भएपश्चात हामीले रंगशालाको कामलाई निरन्तरता दिने निर्णय गरेका छौं’ विज्ञप्तीमा भनिएको छ ।
फाउण्डेशनले रंगशाला निर्माणका लागि सबैको साथ र सहयोग बिना असम्भव रहेको पनि बताएको छ । निजी लाभका लागि निर्माण काम गर्न नलागिएको भन्दै विज्ञप्तीमा देशको विकासलाई शिरोपर गरी सबैको भावनालाई सम्मान गर्दै परियोजनाको नेतृत्व गरेको बताइएको छ ।
धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेलद्धारा जारी विज्ञप्तीमा निर्माण कामको लागि सहयोग गर्न पनि आह्वान गरिएको छ । विज्ञप्तीमा निर्माणको काममा अवरोध आउनसक्ने भन्दै सबैलाई सजग रहन पनि अनुरोध गरिएको छ ।
स्मरण रहोस् गत जेठ १५ मा क्रिकेट रंगशाला निर्माण स्थलमा स्थानीयले डोजर चलाएपछि निर्माण पक्षले असुरक्षा देखाउँदै निर्माण काम स्थगित गरेको थियो । स्थानीयले बाटोको विषयमा समस्या देखाउँदै विरोध गर्दै आएका थिए ।
यस्तो छ धुर्मुस सुन्तली फाउण्डेशनले निकालेको विज्ञप्ती
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: