Khabar Dabali १८ फाल्गुन २०८२ सोमबार | 2nd March, 2026 Mon
Investment bank

प्रदेश नं २ को सरकार भ्रष्टाचारमा लिप्त : पूर्वमन्त्री यादव

जनकपुरधाम । पूर्वमन्त्री एवं नेपाली काङ्गे्रसका केन्द्रीय सदस्य महेन्द्र यादवले प्रदेश नं २ को सरकार भ्रष्टाचारमा लिप्त भएकाले छानविनका लागि अख्तियार दुरुपयोग अनुसन्धानलाई आग्रह गरेका छन् ।

नेपाल प्रेस युनियन धनुषाद्वारा यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उनले प्रदेश नं २ मा भ्रष्टाचार गर्न मन्त्रीमन्त्रीबीच प्रतिस्पर्धा भइरहेको उल्लेख गर्दै विगतमा जिल्ला विकास समितिमा असारमा बजेट विनियोजन र खर्च गर्ने प्रवृत्तिलाई प्रदेश नं २ को सरकारले पुनरावृत्ति गरेको बताए ।

केन्द्रीय सदस्य यादवले उपभोक्ता समितिमार्फत सरकारले पार्टीका कार्यकर्ता, छोरा र नातागोतालाई कमाउने अवसर प्रदान गरेको आरोप लगाउँदै जेठ ३१ गतेसम्म रु पाँच अर्ब ७३ करोड ५८ हजार अर्थात् कूल बजेटको ११ प्रतिशत मात्र खर्च गर्न सकेको सरकारले असार महिनाको २३ दिनमा रु चार अर्ब ३१ करोड ३२ लाख ३८ हजार ४९१ अर्थात् कूल बजेटको २४ दशमलव ६९ प्रतिशत बजेट खर्च गरी भ्रष्टाचार गरेको तथ्य प्रस्तुत गरे ।

एक प्रश्नको जवाफमा उनले २३ दिनमा अनियमित ढङ्गले बजेट खर्च गर्नेमा नेपाली काङ्गे्रसका प्रदेशसभा सदस्य छन् भने त्यसको पनि छानविन हुनुपर्दछ भने । केन्द्रीय सदस्य यादवले प्रदेश नं २ मा जनताको सरकार नभई ठेकेदारको सरकार भएको अवस्था रहेको टिप्पणी पनि गरे ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE