भद्रपुर । झापाको मेचीनगर–१३ स्थित चारआलीमा सडक किनारमा पानी निकासका लागि भन्दै लापरवाहीपूर्वक खनिएका गहिरा खाडल नपुरिँदा ठूलो दुर्घटना हुने सम्भावना बढेको छ । केचना–चारआली मार्गअन्तर्गत चारआलीको दक्षिण सडकको पूर्वी किनारमा मान्छे डुबाउने गहिरा खाडल सडक निर्माणकै क्रममा खनिएका थिए ।
नालीको नाममा खाडल खनिएको महीनौँ भइसक्दासमेत न त ढल निकास र ढक्कनको व्यवस्था गरिएको छ, न त खाडल नै पुरिएका छन् । बर्खा लागेसँगै ती खाडल भरिएकाले बालबालिका मात्र होइन, ठूलै मान्छे पनि डुब्ने त्रास बढेको स्थानीय पुण्यप्रसाद न्यौपाने बताउछन् । ढल निकासको प्रबन्ध नगरिएको र बर्खामा दुर्घटना बढ्ने सम्भावना बढेको भन्दै स्थानीयवासीले सरकारी निकायसँग तत्काल समस्याकोे समाधान खोज्न माग गरेका छन् ।
पुण्यप्रसाद न्यौपानेको नेतृत्वमा सयौँ स्थानीयवासीले मेचीनगर नगरपालिको वडा नं १३ को कार्यालय र डिभिजन सडक कार्यालय विर्तामोडमा मागपत्र पेश गरेका छन् । मागपत्रमा नाली खनिएको खाडलमा केटाकेटी डुब्ने अवस्था सिर्जना भएको विषयमा नगरपालिका र सडक कार्यालयको ध्यानाकर्षण गरिएको छ । स्थानीय टोल संयोजक हर्कबहादुर भट्टराईले नालीको निर्माण गर्दा सडकको सतहलाई ध्यानमा राख्नसमेत माग गरेका छन् ।
यसैबीच, चारआलीका सन्तोष न्यौपानेले आफ्नो घर अगाडिको समथर भाग डोजरले खोतलेर पुल लगाउनुपर्ने गरी खाल्डो खनिएकामा आपत्ति जनाएका छन् । “दिउँसो हामी घरमा थिएनौँ”, सामाजिक एवं राजनीतिक व्यक्तित्व न्यौपानेले घटना सुनाउँदै भने, “बेलुका पुग्दा त घर पस्ने बाटोमा हात्ती डुब्ने जत्रो खाल्डो खनिएको पायौँ ।”
बिहान सरासर हिँडेर पुग्न सकिने घरमा बेलुकादेखि पुल लगाउनुपरेको न्यौपानेको गुनासो छ । न्यौपाने र उनकै छिमेकीको घर अगाडि मात्र डोजर लगाएर खाल्डो खनिएको देखिन्छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: