Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

प्रचण्ड सचिवालयको खण्डन : भारतीय पूर्वराजदुत श्यामशरणसँग कुनै गोप्य भेट भएको छैन

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र भारतीय पूर्वराजदुत श्यामशरणबीच गोप्य भेटवार्ता भएको भनि सञ्चार माध्यममा आएको चर्चा प्रति प्रचण्डको सचिवालयले खण्डन गरेको छ । प्रचण्डको स्वकीय सचिव गंगा दाहालले शुक्रबार सामाजिक सञ्जालमार्फत भेटवार्ता बारे भएको चर्चाको खण्डन गरेकी हुन् ।

उनले अध्यक्ष प्रचण्डको कुनैपनि कुटनीतिक भेटघाटहरु गोप्य र रहस्यमय नभएको बताएकी छिन् । भेटवार्ताबारे आएको चर्चा असत्य र नियोजित भएको दाहालले दाबी गरेकी छिन् । स्वकीय सचिव दाहालले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘ने क पा अध्यक्ष तथा पूर्व प्रम क. प्रचण्डले हालै नेपालका लागि एक पूर्व भारतीय राजदूत श्यामशरणसंग गोप्य भेटघाट गरेको भन्ने समाचार प्रति हाम्रो गंभीर ध्यानाकर्षण भएको छ । कमरेड प्रचण्डका कुनै पनि कुटनीतिक भेटघाटहरु गोप्य र रहस्यमय छैनन्, बरु ती पारदर्शी एवं पार्टी तथा सरकारी निकायहरुसंगको समन्वयमै भैरहेका छन् । हालसालै, कुनै भारतीय व्यक्ति वा निकायसंग वहॉको त्यस प्रकारको गोप्य भेट भएको छैन । तसर्थ, त्यससंग जोडेर गरिएका प्रचारबाजीहरु असत्य, नियोजित र दुराषययुक्त छन् ।’

प्रचण्ड सचिवालयले विषादी परीक्षण प्रकरणमा अध्यक्ष प्रचण्डलाई जोडेर गरिएको प्रचारप्रति दुःख व्यक्त गरेको छ । ‘तरकारीको बिषादी परीक्षण प्रकरणमा अध्यक्ष प्रचण्डलाई जबर्जस्ती जोडेर गरिएको कुप्रचार भर्त्सनायोग्य छ ।’ सामाजिक सञ्जालमा लेखिएको छ, ‘मुलुक र जनताको हितका लागि नेपाल सरकारद्वारा गरिएको र गरिनु पर्ने यस कामबारे अध्यक्ष प्रचण्ड सचेत र स्पष्ट हुनुहुन्छ ।’

यस्तो छ सामाजिक सञ्जाल व्यक्त सचिवालयको भनाई

नेकपा अध्यक्ष तथा पूर्व प्रम क. प्रचण्डले हालै नेपालका लागि एक पूर्व भारतीय राजदूत श्यामशरण संग गोप्य भेटघाट गरेको भन्ने समाचार प्रति हाम्रो गंभीर ध्यानाकर्षण भएको छ । कमरेड प्रचण्डका कुनै पनि कुटनीतिक भेटघाटहरु गोप्य र रहस्यमय छैनन्, बरु ती पारदर्शी एवं पार्टी तथा सरकारी निकायहरुसंगको समन्वयमै भैरहेका छन् । हालसालै, कुनै भारतीय व्यक्ति वा निकायसंग वहॉको त्यस प्रकारको गोप्य भेट भएको छैन । तसर्थ, त्यससंग जोडेर गरिएका प्रचारबाजीहरु असत्य, नियोजित र दुराषययुक्त छन् ।

त्यस्तै, तरकारीको बिषादी परीक्षण प्रकरणमा अध्यक्ष प्रचण्डलाई जबर्जस्ती जोडेर गरिएको कुप्रचार भर्त्सनायोग्य छ । मुलुक र जनताको हितका लागि नेपाल सरकारद्वारा गरिएको र गरिनु पर्ने यस कामबारे अध्यक्ष प्रचण्ड सचेत र स्पष्ट हुनुहुन्छ ।

नेपालको रूपान्तरणका लागि ठूलो ऐतिहासिक भूमिका खेलेको नेपाली पत्रकार जगतबाट निरन्तर सत्य तथ्य समाचार मात्र आउने कुरामा हामी विश्वास व्यक्त गर्दछौं । धन्यवाद !

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending