चिप्लेढुङ्गा । गत आवमा १९ जनाको सडक दुर्घटनाका कारण ज्यान गएपछि पोखरा –बागलुङ जिरो किलोमिटरको सडकको रुप यतिबेला फेरिएको छ । पोखरा महानगरपालिका वडा नं ५ को पहलमा राखिएको डिभाइडरलगायत पूर्वाधारको विकासले दुर्घटनालाई न्यूनीकरण गरेपछि स्थानीयवासी निकै खुशी छन् । सुरक्षित सडकको मापदण्डलाई ध्यान दिँदै रोड मेडियन ब्यारियर (३३ सेन्टिमिटरको उचाइ) निर्माणसँगै सौर्यबत्ती जडान र सडक चौपायाको उचित व्यवस्थापन गर्नाका साथै वडा ट्राफिक प्रहरी पोष्टमार्फत निगरानी बढाइएपछि दुर्घटना न्यूनीकरण भएको महानगरका प्रवक्ता एवं वडा नं ५ का वडाध्यक्ष धनबहादुर नेपालीले जानकारी दिए ।
नेपालीका अनुसार ६ लेनको आधुनिक सडकमा डिभाइडर नहुँदा चालकले जथाभावी तीव्र गतिमा सवारी हाँक्ने तथा ट्राफिक नियमको उल्लङ्घन र छाडा चौपायाका कारण दिनहुँजसो दुर्घटना हुँदा धेरैले ज्यान गुमाएका थिए । \'सडकको स्तरोन्नती भयो तर चालकहरुको लापरवाहीले दुर्घटना डरलाग्दो बन्दै गयो । अहिले पाँच महिना यता डिभाइडरलगायत पूवर्वाधारले दुर्घटना कम भएको छ भने मानवीय क्षति हुने गरी दुर्घटना भएको छैन\', नेपालीले भने \'डिभाइडरमा ट्राफिक कलर लगाउनुका साथै सडक दुर्घटना न्यूनीकरणका लागि आमा समूह र विद्यार्थीलाई ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गर्दै आएका छौँ ।\'
अत्यधिक दुर्घटनाका कारण मानवीय एवं भौतिक क्षति बढ्न गएपछि सडकलाई ज्यानमारा सडक नाम राखिएको थियो । अहिले सुरक्षित सडकका लागि सबैले पहल थालेपछि त्यो नाम हटेको छ ।
\'जिरो किलोमिटरदेखि विन्ध्यवासिनीसम्मको उक्त सडक झण्डै तीन किमीको छ । अहिले नौ सय मिटरमा डिभाइडर राखिएको छ \', वडा सदस्य अञ्जु क्षेत्रीले भने \'अहिले दिनहुँ हुने दुर्घटनाम कमी आएको छ ।\' केन्द्रीय सडक परियोजनाको बहुवर्षीय योजनाअन्तर्गत रु ७८ लाखमा बोलपत्र आह्वान गरेर काम थालिएकामा चालु आवमा डिभाइडर राखिएको क्षेत्रीले जानकारी दिए । सडक छेउमा इलेक्ट्रोनिक पसल गर्दै आएका दीनबन्धु भुर्तेलले पनि डिभाइडरलगायत पूर्वाधार बनेपछि ठूलो र मानवीय क्षति हुने खालका दुर्घटना देख्नु नपरेको बताए ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: