काठमाडौं । सुन्दरीजलस्थित मेलम्ची आयोजनाको काम भईरहेको बेला गोकर्णेश्वर नगरपालिका वडा नं. १ का वडाध्यक्ष राम मानन्धरका कारण आयोजनाको काम आजदेखि रोकिएको छ । वडाध्यक्ष मानन्धरको निर्देशनमा गएका कांग्रेस कार्यकर्ताहरुले त्यहाँ कार्यरत मजदुरहरुलाई काम नगर्नु भनेर भड्काएपछि मेलम्ची आयोजनाको काम रोकिएको हो ।
मजदूरहरुलाई काम गरेको पैसा भुक्तानी दिने प्रक्रिया मेलम्ची खानेपानी विकास समितिले अघि बढाईरहेको सन्दर्भमा अचानक काम रोकिन गएकोमा दुःख व्यक्त गरेको छ । मेलम्ची खानेपानी आयोजना विकास निर्माण उपभोक्ता समितिले आयोजनाको काम रोक्न कांग्रेस वडाध्यक्षले मुख्य भूमिका खेलेको आरोप लगाएको छ ।
काठमाडौं उपत्यकामा मेलम्चीको पानी आउन नदिन कांग्रेसका केही स्थानीय व्यक्तिहरु सक्रिय भएर लागेको आरोप उपभोक्ता समितिले लगाएको छ । अहिले काम नगर्नु भनेर मजदूरहरुलाई उचालेर आयोजनाको काम रोकिएकोमा समितिले गहिरो दुःख व्यक्त गरेको छ ।
सुन्दरीजलमा मेलम्चीबाट आउने पानीलाई प्रशोधन गर्ने प्लान्टको निर्माण र भेन्टिलेसन साफ्टको काम भईरहेको थियो । यी दुईवटा काम सकिने अन्तिम तयारीमा थियो । भारतीय र नेपाली गरी दुवै ठेकेदार कम्पनीले काम गरिरहेको थियो । ठेकेदार कम्पनीका प्रतिनिधिहरुलाई समेत काम नगर्नु भनेर स्थानीय केही कांग्रेस कार्यकर्ताहरुले अवरोध गरेका थिए ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: