Khabar Dabali १६ फाल्गुन २०८२ शनिबार | 28th February, 2026 Sat
Investment bank

भ्रष्टाचार मुद्दामा अख्तियारको रेकर्ड

अकुत सम्पत्ति आर्जनमा धेरै
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यो वर्ष सबैभन्दा बढी मुद्दा चलाएको छ। मुद्दा संख्या यो आवमा ३ सय ५० भन्दा बढी छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा झन्डै दोब्बर हो।

आजको अन्नपुर्ण पोष्ट दैनकिमा खबर छ - २०७४/७५ मा १ सय ९४ मुद्दा चलाइएको थियो। २०७३र७४ मा १ सय ५४ वटा मुद्दा विशेष अदालतमा दर्ता भएका थिए। यो संख्या २०७२/७३ मा १ सय ४४ थियो। त्यसअघि पनि अख्तियारले यो वर्षभन्दा बढी मुद्दा दर्ता गरेको देखिँदैन। अख्तियारका प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाले यो वर्ष सबैभन्दा बढी मुद्दा विशेष अदालतमा दर्ता गरिएको बताए। अख्तियारले तत्कालीन आयुक्त राजनारायण पाठकलाई पनि मुद्दामा तानेको छ।

उजुरी र मुद्दा बढ्ने मात्र होइन, तामेलीमा रहेका मुद्दालाई अख्तियारले बिउँझाएको छ। ९१ लाख बिगोसहित पूर्वगभर्नर तिलकबहादुर रावलसहित तीन जनाविरुद्ध मुद्दा चलाइएको छ। कालिका कन्स्ट्रक्सन र पप्पु कन्स्ट्रक्सनविरुद्ध अख्तियारले मुद्दा चलाएको छ। पप्पु कस्ट्रक्सनले ठक्का लिएको बर्दियाको जब्दीघाट पुल बनिनसक्दै भत्किएका थियो। उक्त निर्माण कम्पनीका सञ्चालक एवं सांसद हरिनारायण रौनियारसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा अख्तियारले चलाएको छ।

कालिका कन्स्ट्रक्सनले ठेक्का लिएको बाँकेको सिक्टा नहर सञ्चालन नहुँदै भत्किएको थियो। त्यसपछि कम्पनी सञ्चालक एवं पूर्वमन्त्री विक्रम पाण्डे र आयोजनाका चार प्रमुखसहित २१ जनाविरुद्ध २ अर्ब १३ करोड बिगो मागदाबी गरी मुद्दा चलाइएको छ।

अकुत सम्पत्ति आर्जनमा धेरै मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। उदयपुरको कटारी र इलामको माई नगरपालिकाका लेखा अधिकृत रविनचन्द्र ढकालले छोटो समयमा अकुत सम्पत्ति आर्जन गरेको पाइएको छ। सवा ७ करोडभन्दा बढी सम्पत्ति आर्जन गरेको अख्तियारले जनाएको छ। यही वर्ष आयल निगमका पूर्वकार्यकारी गोपालबहादुर खड्काविरुद्ध १८ करोडभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा चलाइयो। यातायात व्यवस्था विभागका तत्कालीन महानिर्देशक चन्द्रमान श्रेष्ठ २ करोड १० लाख अकुत सम्पत्ति आर्जन अभियोगमा तानिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका काठमाडौं रेडियो अपरेटर ९नासु० श्यामकृष्ण च्वामु श्रेष्ठविरुद्ध १४ करोडभन्दा बढी गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा चलाइएको छ।

अख्तियारले १ हजार ८ सय ४८ वटा अलपत्र रुग्ण ठेक्काको अध्ययन गरेको छ। त्यसमा १ खर्ब १८ अर्ब रकम जोखिममा छ।

अख्तियारले १ हजार ८ सय ४८ वटा अलपत्र रुग्ण ठेक्काको अध्ययन गरेको छ। त्यसमा १ खर्ब १८ अर्ब रकम जोखिममा छ। पूर्वाधार विकाससँग सम्बन्धित सात मन्त्रालयअन्तर्गत ८ निकायका अध्ययन गर्दा ठेक्का सम्झौतापश्चात् २४ अर्ब पेश्की मोबिलाइजेसनबापत दिएको पाइएको छ। १ हजार ३२ ठेक्काको सम्झौताको म्याद थप भएको छ। अलपत्र ठेक्का सम्बन्धमा सचिव, आयोजना प्रमुखलाई बोलाएर अख्तियारले सचेत गराएको थियो।

प्रवक्ता कोइरालाले यो वर्ष उजुरी पनि धेरै परेको दाबी गरे। देशभरबाट २२ हजारभन्दा बढी उजुरी परेका छन्। सबैभन्दा बढी स्थानीय तहका छन्। शिक्षा, सार्वजनिक जग्गा अतिक्रमणसम्बन्धी उजुरी उल्लेख्य रहेको अख्तिायरले जनाएको छ। गत वर्ष १९ हजार ४ सय ८८ उजुरी परेका थिए। अख्तियारले समीक्षा अवधिमा १ सय २५ वटा स्टिङ अपरेसन गरेको छ। यो संख्या गत वर्ष ९७ थियो। अपरेसनमा ५ हजारदेखि ८ लाखसम्म घुससहित पक्राउ परेका छन्।

अख्तियारले ठूला मुद्दामा अनुसन्धान गरिरहेको छ। बालुवाटार जग्गा प्रकरण, मेलाम्ची सिँचाइ आयोजना, वाइडबडी खरिद, हायत रिजेन्सी होटललगायतमा अख्तियारले विस्तृत अनुसन्धान गरिरहेको छ। यी विषयमा छिट्टै अनुसन्धान टुंगोमा पुग्ने प्रवक्ताले बताए। संविधानले अनुचित कार्यको अनुसन्धानको जिम्मेवारी आयोगबाट हटाएपछि उजुरी र मुद्दा प्रभावित भएको छ। तापनि, यो वर्ष अख्तियारले सक्रियता बढाएको देखिएको छ।

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका अध्यक्ष खेमराज रेग्मीले अख्तियारको सक्रियता र स्थानीय तहका कारण मुद्दा र उजुरी बढेको बताए। ‘अख्तियारको कारबाहीको गति बढेकै छ। उता स्थानीय तहमा भ्रष्टाचार बढेको छ’, उनले भने, ‘फटाफाट अनुसन्धान हुने र मुद्दा हालिहाल्ने कार्यशैली पनि थालिएको छ। ’ जनताको चेतनाले पनि काम गरेको उनको बुझाइ छ। उनका अनुसार टार्ने, लम्ब्याउने, बार्गेनिङ गर्ने कार्यमा कमी आएको छ। आयुक्तका छोरा, भतिजा, गार्ड बार्गेनिङ गरी कमाउने धन्दामा लागेको भन्ने नसुनिएको उनले बताए। ‘नेतृत्वको स्पष्ट निर्देशनले पनि कामकारबाहीमा प्रभाव पार्छ’, उनले भने।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE