काठमाडौं । नेपालमा मालवस्तु ढुवानी गरिरहेका भारतीय ढुवानी व्यवसायीले नेपालमा ढुवानी कम्पनी दर्ता गरी मूल्य अभिवृद्धि कर (भ्याट) तिर्नुपर्ने भएको छ । नेपाली सिमा नाकासम्म ढुवानी गर्ने व्यावसायीबाट भन्सार बिन्दुमै भ्याट असुल हुने गरेको छ ।
आजको अन्न्पुर्ण पोष्ट दैनिकमा खबर छ - देशभित्र पनि ढुवानी गर्ने भारतीय ढुवानीकर्ताले भने भ्याट तिर्नुपर्ने आन्तरिक राजस्व विभागका प्रवक्ता यज्ञ ढुंगेलले जानकारी दिए । २० लाख रुपैयाँभन्दा बढी वार्षिक भुक्तानी लिने भारतीय ढुवानीकर्तालाई पनि भ्याटको दायरामा ल्याइनेछ । नेपालमा औद्योगिक कच्चा वस्तु, खाना पकाउने ग्यास तथा विभिन्न व्यापारिक कारोबारका मालवस्तु भारतीय ढुवानीकर्ताले देशका विभिन्न भागमा ढुवानी गर्दै आएका छन् ।
भारतबाट ग्यास आपूर्ति गर्ने बुलेटले मात्रै ढुवानीबापत वार्षिक तीन अर्ब रुपैयाँ आम्दानी गर्छन् । एउटा ग्यास बोटलिङ प्लान्टले मात्रै वर्षमा कम्तीमा पाँच करोड रुपैयाँ ढुवानीबापत खर्च गर्दै आएका छन् । त्यसमध्ये नेपाली भूभागमा मात्र ढुवानीको हिसाब गर्दा एकदेखि डेढ करोड रुपैयाँ ग्यास ढुवानी गर्ने बुलेटले प्राप्त गर्छन् । यस्तै औद्योगिक कच्चा वस्तु, व्यापारिक प्रयोजनका तयारी कार्गोसमेत भारतीय ट्रक, लरीमार्फत देशका विभिन्न भागमा ढुवानी हुँदै आएको छ । अधिकांश ढुवानीकर्ताले नेपालबाट वार्षिकरूपमा भ्याटको थ्रेसहोल्ड (कम्तीमा २० लाख रुपैयाँ) भन्दा बढी आम्दानी गर्छन् ।
भारतीय ढुवानीकर्तालाई भ्याट तिराउन सरकारले स्वदेशी ढुवानी कम्पनीलाई जस्तै नियम आकर्षित हुने बताएको छ । यसका लागि विभागले सार्वजनिक सूचना जारी गरिसकेको छ ।
नेपालमा नियमित ढुवानीको काम गरिरहेका भारतीय कम्पनी अहिलेसम्म नेपालमा दर्ता हुन आएका छैनन् । यद्यपि, सरकारले भने भारतीय ढुवानी कम्पनीलाई पनि साउन १ देखि नै भ्याट तिराउने बताएको छ । ढुवानीमा भ्याटसम्बन्धी व्यवस्थाले ढुवानी भाडा अझै वृद्धि हुने भन्दै ढुवानी व्यवसायीले यसको विरोध गर्दै आएको छन् । नेपालमा ढुवानी लागत दक्षिण एसियामै उच्च मानिन्छ । ढुवानी व्यवसायीको मागका सम्बन्धमा अध्ययन गर्न सरकारले कार्यदल पनि गठन गरेको छ । यसमा आन्तरिक राजस्व विभागका उपमहानिर्देशक संयोजक, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभाग, नेपाल ट्रक तथा यातायात व्यवसायी महासंघ र ढुवानी व्यवसायी महासंघका प्रतिनिधि सहभागी छन् ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: