घरपछि कर्यथलो अर्थात अफिस एउटा त्यस्तो स्थान हो, जहाँ तपाई सबैभन्दा बढि समय बिताउनु हून्छ । त्यसैले तपाई आफ्नो अफिसका सहकर्मीहरुसँग पनि सकारात्मक हुनु आवश्यक छ ।
तपाई कुनै अफिसमा काम गर्न थालेपछि त्यहाँ तपाईको कोहि न कोहिसंग राम्रो मित्रता हुन्छ । उसलाई तपाई आफ्ना सबै कुराहरु शेयर गर्न थाल्नुहुन्छ । उसलाई घर र अफिस दुबैको समस्याहरु शेयर गर्न थाल्नुहुन्छ । उ संग चिया पिउन जाने, खाजा खान जाने र हरेक कुरा गर्न तपाईलाई रमाइलो लाग्न थाल्छ । उ तपाईको अफिसको सबैभन्दा राम्रो साथी बन्छ । तपाई उसंग रमाईलो पलहरु बिताउन थाल्नुहुन्छ । तर तपाईंलाई थाहा छ, तपाईहरुको त्यस्तो मित्रता अरुलाई मन नपर्न सक्छ ।
मानिस तपाईहरुको यस्तो सम्बन्धमा शंका गर्न थाल्छन् । यिनिहरुबीच चक्कर चलेको छ कि भन्ने जस्ता प्रस्न उठाउन थाल्छन् । जहिले पनि संगै हुने, केहि न केहि त पक्कै छ भनेर सोच्न थाल्छन् । अझ तपाईको बोस र तपाईबीच राम्रो सम्बन्ध छ र यहि क्रममा तपाईको प्रमोसन पनि भयो भने महिलालाई बोससँग सम्बन्ध छ भन्छन् र पुरुषलाई यसले भनसुन गरेछ भन्न थाल्छन् ।
अफिसमा तपाईले काम राम्रो गर्नु भएको कसैलाई मतलब हुँदैन तर तपाईको बोसलाई तपाई बिरुद्ध कुरा लगाउने, भड्काउने कामहरु तिब्र गतिमा हुन्छ । तर तपाईले यस्ता कुरामा पटक्कै ध्यान दिनु हुँदैन । आफ्नो काममा ध्यान दिनुहोस् र अफिसमा त्यस्ता कुरा हुँदै गर्छन् भन्दै आफु अगाडि बढ्नु बुद्धिमानी हुन्छ ।
अरुले भन्यो भन्दैमा आफ्नो साथीको साथ छोड्ने अथवा बोससंग टाढा हुने जस्ता काम गर्नु हुँदैन । किनभने तपाई आफुलाई थाहा छ, तपाई सहि हुनुहुन्छ । आफु सहि भएपछि अरुको अनावश्यक कुरामा ध्यान दिनु आवश्यक हुँदैन । तपाईले अफिसमा आफ्नो जिम्मवारी राम्रोसँग निभाउनु पर्छ, काममा सधैं ध्यान दिनु पर्छ । यदि कोहि तपाईंसँग राम्रो व्यवहार गर्छ, मित्रताके हात अगाडि बढाउछ भने उसंग साथी बन्नु पर्छ ।
अफिसमा पनि त्यस्ता धेरै व्यक्ति हुन्छन्, जसलाई आफ्नो कामभन्दा अरुको बढि चियो गर्ने बानी हुन्छ । अरुलाई बोलीले घोचपेच गर्ने, उडाउने र जिस्काउने गरेर आफु मनोरन्जन लिने गर्छन् । तर यी सब कुराका कारण तपाईले आफ्ना साथीभाईसँग सम्बन्ध टुक्राउनु हुँदैन । तपाइर्ंले उनीहरुलाई शालीन भएर सम्झाउने कोशिश गर्नुपर्छ । उनीहरुसंग अनावश्यक कुरा नगर्नुहोस्, काम पर्दा मात्र बोल्नुहोस् साथै उनीहरु र उनीहरुको कुरालाई सम्मान दिनुहोस् ।
यदि तपाईंलाई केही समस्या परेको छ भने उनीहरुबाट सहयोग पनि लिन सक्नु हुन्छ , जसले तपाईको सम्बन्ध राम्रो बनाउन सहयोग गर्छ । कहिलेकाहि कुनै व्यक्तिलाई धेरै सम्मान दियो भने उसले गलत अर्थ बुझ्न सक्छ, त्यसैले यस्तो स्थिती आउन दिनु हुँदैन । साथै अरुको सहायताको लागि सधै तयार रहनु पर्छ ।
यस्ता कुराहरुमा ध्यान दिनाले तपाईको अपिसमा पनि राम्रो छवि बनाउन सक्नु हुन्छ । अनलाइनखबर
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...




प्रतिकृया लेख्नुहोस्: