Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank

दुई घरको मूल्यमा गुमेको सम्बन्ध

सानुबाबु सिलवाल
सानुबाबु सिलवाल

जीवनको सबैभन्दा लामो लगानी पैसा होइन, सम्बन्ध हो। तर कतिपय मानिसका लागि सम्बन्ध नै सबैभन्दा महँगो घाटा सावित हुन्छ। यही पीडा बोकिरहेका छन् टेक्सास निवासी एक नेपाली दाजु, जसको कथा अहिले केवल व्यक्तिगत अनुभव मात्र होइन, परदेशी नेपालीको साझा त्रासदी बनेको छ।

 १९ वर्षको वैवाहिक जीवन, अमेरिका बसाइको डेढ दशक लामो मेहनत, पसिनाको कमाइ र उज्यालो भविष्यको सपना—सबै एकैपटक ध्वस्त भए भन्ने पीडा सुनाउँछन् टेक्सास निवासी नेपाली दाजु । अमेरिकाको माटोमा पसिना बगाएर उनले १५ वर्षमा कमाएको सम्पत्ति, करिब ७ करोड रुपैयाँ, काठमाडौंमा दुईवटा घर बनाउन खर्चिए । दुवै घर ससुराली नाममा गए । घर बनेपछि, जिन्दगी बदलिन्छ भन्ने उनले कहिल्यै सोचेका थिएनन्। तर घरसँगै सम्बन्ध अनि दैनिकी पनि भत्कियो।  “घर बनाउने बेलासम्म श्रीमती असाध्यै खुशी थिइन्। मायामा कुनै कमी थिएन । तर घर बनेपछि माया बालुवामा पानीजस्तो भासियो,” उनी भक्कानिँदै भन्छन्।

पसिनाबाट बनेका घर, तर घरमा नबनेको विश्वास

अमेरिकामा सातै दिन, दिनमा १५–१८ घण्टा काम गरेर उनी आफ्नो परिवारलाई सुख–सुविधा दिने सपना देख्थे । श्रीमती पार्ट–टाइम काम गर्थिन्, तर उनको आम्दानी कहाँ प्रयोग हुन्थ्यो भन्ने कुरा कहिल्यै प्रस्ट भएन । घरको जिम्मा, बच्चाको हेरचाह सबै श्रीमतीकै काँधमा थियो। यही विश्वासले उनी अझै निश्चिन्त भएर कमाइमा खटिरहे। “मेरो सोधाइ थिएन, किनभने श्रीमती घरमा सबै सम्हाल्थिन् । मलाई लाग्थ्यो, म कमाउँछु, उनले परिवार सम्हाल्छिन् । यही हो हाम्रो जीवन,” उनी सम्झन्छन् । तर, सबै कुरा एकदिन पल्टियो।

कमाइको प्रत्येक थोप्ला रकम काठमाडौंमा दुईवटा घरमा परिणत भयो । करिब ७ करोड रुपैयाँबराबरको सम्पत्ति ससुरालीको नाममा लगाइयो। “मेरो विश्वास थियो, घर श्रीमतीका नाममा हुँदा परिवार अझ मजबुत हुन्छ,” उनी भन्छन्, “तर घरसँगै सम्बन्ध पनि ढल्यो भन्ने कल्पना कहिल्यै पनि गरिन।” घर बन्नासाथ श्रीमतीको व्यवहार फेरियो । मायाले भरिएको सम्बन्ध अचानक अनमोल दस्तावेजजस्तै च्यातिन थाल्यो।

एउटा फोन, जसले सबथोक बदलिदियो

उनी त्यो रात अझै सम्झन्छन्। कामको थकाइले सोफामै निदाएका थिए। बियरको गन्ध अझै बाकसमा बाँकी थियो। अचानक श्रीमतीको फोनमा आवाज सुनेर उनी होसमा आए । फोन ह्यान्डफ्रीमा थियो । नेपालतिर बिहान । उता ससुराली—सासु, दाजु, दिदी—सबै जना मिसिएका आवाजले उनलाई कोपर्न थाले। 

“तँ जड्याहा, आजै छोड् हाम्री चेलीलाई,” फोनको पारीबाट चिच्याएको वाक्य अझै कानमा बज्छ। उनका ससुराली—सासु, ससुरा, दाजु, दिदी—सबै मिसिएर उनलाई गाली गर्दै थिए। “तँ जड्याहा, आजै छोड् हाम्री चेलीलाई,” उनीहरू चिच्याए । त्यो रात जीवनकै कालो रात बन्यो। श्रीमतीले भोलिपल्टै घोषणा गरिन्—“आजदेखि म तिमीसँग रहन्नँ, म बच्चा लिएर जान्छु।” त्यसपछि भने जीवनले अर्को मोड लियो।

१९ वर्षसम्मको सम्बन्ध उनले एकै वाक्यमा तोडिन्—“तिमी मेरो पर्सोनालिटीसँग फिट छैनौ। तिमीले मेरो माइतिलाई मन पराउँदैनौ। अब हाम्रो बाटो छुट्टिन्छ।” त्यसपछि कानुनी प्रक्रियाले सबै टाढा बनायो। श्रीमती त अर्कै पुरुषको घरमा सरेकी थिइन्। बच्चा पनि उनले लगेकी थिइन्।

‘रित्तो खल्ति, रित्तो मन’

उनले भन्छन्— “अहिले मसँग न श्रीमती छन्, न बच्चा। मेरो १९ वर्षको मेहनत, सम्पत्ति, सपना—सबै सकियो। बाँकी छ त केवल रित्तो खल्ति, रित्तो मन र रित्तो फिलिङ।” घरपट्टीका आफ्नै दाजुभाइ, आमा–बुबासँग पनि सम्बन्ध बिग्रिसकेको छ । कारण, सबै कमाइ ससुरालीतिर मात्र बगाएकोमा उनीहरु रिसाएका छन् ।  उनको आवाज रसालिन्छ— “अब मेरो हातमा केही छैन । न घर, न श्रीमती, न बच्चा। १९ वर्षको मेहनत, पसिना, सपना—सबै गयो । बाँकी छ भने केवल रित्तो खल्ती मात्र होइन, रित्तो मन पनि।”

अन्तिम घोषणा

भोलिपल्ट श्रीमतीले शान्त स्वरमा तर कठोर शब्दमा भनिन्— “आजदेखि म तिमीसँग रहन्नँ। म बच्चा लिएर जान्छु। तिमी मेरो पर्सनालिटीसँग फिट होइनौ। तिमीले मेरो माइतिलाई मन पराउँदैनौ।”  १९ वर्ष लामो वैवाहिक जीवन एकै वाक्यमा टुक्रियो। बच्चा समेत लिएर श्रीमती अर्कै पुरुषसँग बस्न गइन्।

प्रेरणाको उज्यालो

यो पीडाको कथा सुनेर दाजुभाइले उनलाई सान्त्वना दिए— “जिन्दगीमा जे लेखिएको छ, त्यो नटर्ने हो। तर असल कर्म, दरिलो आत्मबल र सकारात्मक सोचले नयाँ बिहान ल्याउँछ । अब आफ्नो लागि बाँच, आफ्नै खुसी सिर्जना गर ।” १ घण्टा ३४ मिनेट लामो कुराकानीपछि उनको आँखा रसाए पनि मन हलुका भएको अनुभव गरे।

तर, यो कथाले एउटा सन्देश पनि दिन्छ। सम्बन्धमा लगानी गर्नु सधैं नाफा–नोक्साको हिसाबले नहेरिए पनि आत्म–सम्मान त्यागेर गरिएको लगानी कहिल्यै स्थायी हुँदैन।  उनी भन्छन्— “अब जिन्दगी फेरि सुरु गर्नुछ । मैले हार मानेको छैन। म आफूलाई फेरि उठाउँछु।”
उनको यही वाक्यले पीडालाई मात्र होइन, आशालाई पनि बोकेको छ।

अमेरिकामा बसेर १९ वर्ष लगानी गरेका जीवन र सपना एकै झट्कामा भत्किए। तर उनले अझै पनि हार मानेका छैनन्। उनको कथा दुःखद छ, तर हरेक पीडितलाई सम्झाउने खालको पनि । १९ वर्षको वैवाहिक जीवन, दुई घरको सम्पत्ति, र लाखौँको पसिनाले उनलाई एउटा कठोर सत्य सिकायो— “सम्पत्ति भन्दा ठूलो हो आत्मविश्वास, र सम्बन्ध भन्दा जरुरी हो आत्म–सम्मान।” “

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लुम्बिनीमा नेकपाको शक्ति–परीक्षण, प्रचण्ड, वामदेवदेखि वर्षमानसम्म मैदानमा

पुराना प्रभावशाली नेता मैदान बाहीर

कृषि उत्पादक मूल्य उकालोमा, अण्डा र मकैको भाउले सूचकाङ्क ताने

काठमाडौं । नेपालमा कृषि उत्पादनको मूल्य क्रमशः बढ्दो क्रममा देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको त्रैमासिक कृषि उत्पादक मूल्य सूच...

रास्वपाको टिकट युद्ध अन्तिम चरणमा, बालेनदेखि रविसम्म—कसले कहाँबाट भिड्ने ?

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार टुंग्याउने अन्तिम चरणमा पुगेको छ । पार्टीभित्र...

कोटा कागजमै थन्कियो, भान्सामा महँगी छरियो

सरकार–उद्योगीको तानातानमा गहुँ, उपभोक्ता सिधै मारमा

कोशीका ९ क्षेत्रमा काे काे भए नेकपाका उम्मेदवार

विराटनगर । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीले कोशी प्रदेशका विभिन्न निर्वाचन क्षेत्रको उम्मेदवार टुङ्गो लगाए...

प्रचण्डको गृहप्रदेशमै टिकट संकट: कर्णालीका ५ क्षेत्रमा अझै अड्कियो नेकपा

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कर्णाली प्रदेशका १२ निर्वाचन क्षेत्रमध्ये ७ क्षेत्र...

प्रहरीका ११ एसएसपीको सरुवा, को कहाँ ?(सूचीसहित)

काठमाडाैं । नेपाल प्रहरीका ११ जना वरिष्ठ उपरीक्षक (एसएसपी) हरूको सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभागले विज्ञप्ति जारी ग...

पिस्कर : सम्झनाले पोल्ने रात, प्रतिरोधले उज्यालो बनाएको बिहान

माघे संक्रान्ति आउँदा धेरैलाई तातो घाम, चाकु–तिलको मिठास र रमाइलो सम्झना आउँछ।तर मेरो स्मृतिमा माघे संक्रान्ति आउँदा पिस्कर आउँछ । डरले थरथराएको गाउँ,...

धरानमा हर्क साम्पाङविरुद्ध ‘भाइरल वडाअध्यक्ष’ मैदानमा, नेकपाबाट मनोज भट्टराई उम्मेदवार

विराटनगर । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङविरुद्ध सुनसरी–१ मा चुनावी प्रतिस्पर्धा चर्किने संकेत देखिएको छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ल...

नेकपाले अघि सार्याे सर्लाही-३ मा नारायणकाजीलाई

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठ आगामी निर्वाचनमा सर्लाही-३ बाट उम्मेदवार बन्ने भएका छन्। राष्ट्रियसभामा कार्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending