Khabar Dabali २३ श्रावण २०८३ शनिबार | 8th August, 2026 Sat
Investment bank

ठूला पुलको स्तरीय बोलपत्र मस्यौदा तयार

काठमाडौं । ठूला र सहर नजिकका नदीमा ‘डिजाइन एन्ड बिल्ड’ मोडालिटीमा बन्ने पुलको स्तरीय बोलपत्रको मस्यौदा तयार भएको छ। डिजाइन एन्ड बिल्ड मोडालिटीमा पुलको डिजाइन गर्नेले निर्माण ठेक्का पाउँछ। यो मोडालिटीमा निर्माण गर्दा डिजाइनको जटिलताका कारण हुने ढिलासुस्तीको अन्त्य हुने सरकारको विश्वास छ।

आजको अन्न्पुर्ण पोष्ट दैनिकमा खबर छ डिजाइन एन्ड बिल्डका लागि स्तरीय बोलपत्रको मस्यौदा तयार गरिएको सार्वजनिक खरिद अनुगमन कार्यालयका निर्देशक प्रभावकुमार झाले जानकारी दिए। डिजाइन एन्ड बिल्ड मोडलबाट नेपालमा २०६५ सालदेखि पुल बनाउन सुरु गरिएको थियो। बोलपत्रको मस्यौदा अनुमोदन भइसकेको छ। स्वीकृतिका लागि सार्वजनिक खरिद अनुगमन कार्यालयको सचिवालयमा पेस गरिसकिएको छ। कार्यालयका सचिव लोकदर्शन रेग्मीसमक्ष पेस गरिएको छ। सचिवले स्वीकृति प्रदान गरेसँगै राजपत्रमा सूचना प्रकाशित भइसकेपछि स्तरीय बोलपत्र कार्यान्वयनमा आउनेछ।

झाका अनुसार स्तरीय बोलपत्र मस्यौदामा पुलको डिजाइनको परीक्षण तेस्रो पक्षबाट अनिवार्य रूपमा गरिने व्यवस्था छ। बोलपत्र तयार हुनुअघि ठेक्का लगाउने निकायले जाँच गरेर स्वीकृति दिएपछि सोही ठेकदारले पुल बनाउने व्यवस्था थियो। विशेष प्रकृतिका पुलमा भने तेस्रो पक्षबाट जाँच गरिन्थ्यो। ठेक्का लगाउने निकायले दिएको मापदण्डमा फरक पर्ने अवस्था सिर्जना भए डिजाइनको जिम्मा पाउने ठेक्का प्राप्त गरेको एक महिनाभित्र विस्तृत विवरणसहित आवेदन दिनुपर्छ। पुल निर्माणको समयमा र निर्माण भइसकेपछि गुणस्तर परीक्षण गरिनेछ। निर्माण सम्पन्न भएको पाँच वर्षसम्म ठेकेदारकै खर्चमा मर्मत सम्भार गर्नुपर्नेछ। यसका लागि निर्माण सम्पन्नतापछि मर्मत सम्भार गर्नुपर्ने हुन्छ।

सडक विभाग पुल महाशाखाका सिनियर डिभिजिनल इन्जिनियर नरेशमान शाक्यका अनुसार निर्माण कार्य छिटोछरितो तथा गुणस्तरीय बनाउन डिजाइन एन्ड विल्ड मोडालिटी प्रयोगमा ल्याउन लागिएको बताए। ‘निर्माणको जिम्मा पाउनेले नै डिजाइन गर्दा व्यावहारिकताका आधारमा डिजाइन गरिन्छ। परामर्शदाताले डिजाइन गर्दा व्यावहारिकभन्दा सैद्धान्तिक ज्ञानमा जोड दिने गर्छन्’, शाक्यले भने, ‘सैद्धान्तिक र व्यावहारिक पक्षबीच तालमेल नमिल्दा निर्माण कार्यमा जटिल्ता आउने गरेको छ।’ डिजाइनमा देखिने समस्या समाधान गर्दा नै निर्माण अवधि खेर जाने गरेको थियो। एउटैले डिजाइन गर्दा समयको बचत हुने र लागत पनि नबढ्ने उनको दाबी छ। डिजाइनसँगको तालमेल नमिल्दा भेरिएसनका आधारमा रकम थप गरेर निर्माण कार्य अघि बढाउनुपर्ने बाध्यता छ। यस्तो समस्या डिजाइन एन्ड विल्ड मोडालिटीमा हुँदैन।

भेरिएसन गर्नुपर्ने अवस्था सिर्जना भए ठेकेदारले आफ्नै खर्चले गर्नुपर्छ। यो मोडलमा काम गर्दा परामर्शदाताबीच नयाँ तथा आकर्षक बनाउने होडबाँजी चल्छ। निर्माण व्यवसायीको क्षमता वृद्धि हुनका साथै मुलुकमा आकर्षक पुल निर्माण हुनेछ। पछिल्लो समय आकर्षणको केन्द्रका रूपमा बेनीघाट पुल, बबही पुल, रिम्ना पुल, कणाली पुललगायत पुल डिजाइन एन्ड बिल्ड मोडलमा निर्माण गरिएका हुन्। बक्स, सस्पेन्सन, नेटवर्क आर्क, आर्क, सिग्नेचरलगायत पुल यी मोडलका आधारमा तयार भएका हुन्। सरकारले डिजाइन गर्दा कानुनीरूपमा धेरै कुरा संशोधन गर्नुपर्ने हुन्छ। निर्माण कम्पनीले डिजाइन गर्दा त्यस्तो कानुनी कठिनाइ आउँदैन।

डिजाइन एन्ड विल्ड मोडालिटीको प्रयोग विश्वमा बढ्दो छ। विश्वका ६० प्रतिशतभन्दा धेरै देशले यो मोडालिटीमा पुल बनाइरहेका छन्। नेपालमा पनि करिब एक सयको हाराहारीमा डिजाइन एन्ड विल्ड मोडालिटीमा निर्माण भइसकेका छन्। महाशाखाले पनि ठूला र सहर आसपासका क्षेत्रका नदीमा डिजाइन एन्ड बिल्ड मोडालिटीमा निर्माण गर्ने तयारी अघि बढाइरहेकाले स्तरीय बोलपत्र उपयोगी हुने उनी बताउँछन्।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending