NTC Banar
Khabar Dabali ९ चैत्र २०७९ बिहीबार | 23rd March, 2023 Thu

घरको ओछ्यानमा आराम गर्न जब बाघ आइपुग्यो

भारतको बाढीग्रस्त आसाम राज्यको एउटा राष्ट्रिय निकुञ्जबाट भागेको बाघ एउटा व्यापारीको पसल रहेको घरभित्र ओछ्यानमा आराम गरिरहेको अवस्थामा भेटिएको छ।

उक्त घरका मालिक र उनको परिवारले बाघलाई घरभित्र आउँदै गरेको देखेपछि घर छाडेर भागेका थिए। वन्यजन्तु अधिकारीहरूले सार्वजनिक गरेको भिडिओमा टिनको छानोमा रहेको एउटा प्वालबाट बाघले बाहिर चियाइरहेको देखिन्छ।

उक्त बाघ बाढीले प्रभावित काजिरङ्गा राष्ट्रिय निकुञ्जबाट भागेको थियो र सुख्खा क्षेत्र खोज्दै उक्त घरमा पुगेको थियो। काजीरङ्गा राष्ट्रिय निकुञ्जमा हालैको बाढीमा परि ९२ वन्यजन्तुको ज्यान गएको छ। थकित बाघलाई दिनभरि घरमा सुत्न दिइएको थियो र साँझ परेपछि वन्यजन्तु संरक्षण अधिकारीहरूले उसलाई जङ्गलतर्फ धपाएका थिए।

जङ्गलतर्फ जाने सुरक्षित मार्ग बनाएर बाघलाई त्यता धपाइएको थियो। कतिपय जनावर उक्त राष्ट्रिय निकुञ्जभित्र रहेको राष्ट्रिय राजमार्ग पार गरेर नजिकैको पहाडतर्फ जान खोज्दा सडक दुर्घटना परेर पनि मरेका छन्।

भारत वन्यजन्तु कोषका अनुसार उक्त बाघलाई पनि सुरुमा बिहीवार बिहान सो राजमार्ग छेउमा देखिएको थियो। सायद व्यस्त सडकले गर्दा अत्तालिएको बाघले सडकनजिकैको घरमा शरण लिन पुग्यो।

सो बाघलाई उद्धार गर्ने टोलीका अगुवा रथिन बर्मनका अनुसार स्थानीय समय बिहान साढे सात बजे बाघ घरभित्र पस्यो।

"त्यो बघिनी निकै थकित रहिछे र दिनभरि आराम गरि," उनले बताए। बाघ आएको देख्नासाथ घर मालिक मोतीलाल आफ्ना परिवार लिएर त्यहाँबाट भागेका थिए।

"सबभन्दा ठूलो कुरो के भने कसैले पनि बाघको निद्रालाई खल्बल्याएनन्। यस क्षेत्रमा वन्यजन्तुप्रति निकै सम्मान छ," बर्मनले भने।

पछि संरक्षण अधिकारीहरूलाई डाकेर बाघलाई सुरक्षित रूपमा धपाइएको थियो। त्यसक्रममा बाघलाई जगाउन पटाका पड्काएको थियो।

अनि राजमार्गमा एक घण्टा सवारी आवागमन रोकाइएको थियो। साँझ साढे ५ बजेतिर बाघ अन्तत: त्यहाँबाट उठेर जङ्गलतर्फ लाग्यो।

काजीरङ्गा निकुञ्जमा ११० बाघ रहेको ठानिन्छ। बाढीमा कुनै पनि बाघ मरेका छैनन्। तर सातवटा गैँडा तथा एक हात्ती मरेका विवरण आएका छन्।

यसपालिको बाढीले भारतको बिहार र आसाम राज्यमा एक सयभन्दा धेरै मानिसको ज्यान गएको छ भने लाखौँ विस्थापित भएका छन्। बाढीले नेपाल र बाङ्ग्लादेशमा पनि विपद् निम्त्याएको छ। बीबीसीबाट

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page