Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

दोस्रो प्रयासमा भारतद्वारा चन्द्रयान-२ को अन्तरिक्षमा प्रक्षेपण

प्राविधिक कारणले एक हप्ताअघि स्थगित गरिएको चन्द्रयानलाई भारतले सोमबार अन्तरिक्षमा पठाएको छ। भारतीय अन्तरिक्ष निकाय आइएसआरओका अनुसार चन्द्रयानलाई स्थानीय समयनुसार २:४३ मा प्रक्षेपण गरिएको थियो।

आइएसआरओले उक्त अन्तरिक्षयान \'एक अर्ब सपनाहरूलाई चन्द्रमा लैजान पहिले भन्दा अझ प्रतिबद्ध\' भएको उल्लेख गरेको छ।

भारतीय अन्तरिक्ष निकायले १५ करोड डलर लागतको उक्त परियोजना अन्तर्गत पहिलो चोटी कुनै अन्तरिक्षयानले चन्द्रमा दक्षिणी धुव्रमा अवतरण गर्ने उल्लेख गरेको छ।

यसअघि जूलाई १५ तारिखमा उक्त यान प्रक्षेपण गरिने घोषणा भारतले गरेको थियो।

तर निर्धारित समयभन्दा ५६ मिनेट अघि प्रक्षेपण गर्ने वाहनमा प्राविधिक समस्या देखिएको भन्दै त्यसलाई स्थगित गरिएको थियो।

भारतीय सञ्चारमाध्यमले तापक्रमसँग सम्बन्धित इन्जीनमा रहेको हिलियम ग्यासको बोटलमा देखिएको चुहावटका कारण समस्या देखिएको उल्लेख गरेको छ।

विलम्ब भएपनि चन्द्र मिसनलाई साथ दिएको भन्दै आइएसआरओले सबैलाई धन्यवाद दिएको छ।

भारतको पहिलो चन्द्र अभियान चन्द्रयान एक चन्द्रमा सतहमा अवतरण गरेको थिएन। तर त्यसले रेडारको प्रयोग गरि चन्द्रमा सतहमा पहिलो र एकदमै विस्तृत पानीको खोजी अघि बढाएको थियो।

चन्द्रयान दुईले हालसम्म कम अन्वेषण गरिएको चन्द्रमाको दक्षिणी धुव्रमा अवतरणको प्रयास गर्नेछ।

यो अभियान अन्तर्गत चन्द्रमा सतहमा पानी र खनिजको खोज अघि बढाइनेछ भने चन्द्रमामा गएका कम्पनहरूको मापन पनि गरिने भनिएको छ। भारतले आफ्नो सबैभन्दा शक्तिशाली रकेट जीएसएलभी एमके-III लाई यो मिसनमा प्रयोग गर्दैछ।

यसको तौल ६४० टन छ जून पूर्ण भरिएको 747 जम्बोजेट भन्दा डेढ गुणा बढी हो।

चन्द्रयानको प्रक्षेपण तीन लाख ८४ हजार किलोमिटर यात्राको प्रारम्भ मात्रै हुनेछ। आइएसआरओले अन्तरिक्षयानले चन्द्रमाको सतहलाई सेप्टेम्बर ६ वा ७ तारिखमा छुने उल्लेख गरेको छ।

भूउपग्रहलाई गुरूत्वाकर्षणले चन्द्रमा तिर तानोस भन्नका लागि भारतीय अन्तरीक्ष निकायले पृथ्वीबाट गोलो मार्गहुँदै अन्तरिक्षयानलाई प्रक्षेपण गर्ने निर्णय लिएको छ।

चन्द्रयानलाई सिधा मार्गबाट प्रक्षेपण गर्न सक्ने समार्थ्य भएको रकेट भारतसँग छैन। वैज्ञानिकहरूले ल्याण्डर अलग भएर अन्तरिक्षयान चन्द्रमाको दक्षिणी धुव्र तिर धकेलिएको १५ मिनेट डरलाग्दो हुने आकलन गरेका छन्।

उनीहरूका अनुसार त्यो महत्त्वपूर्ण घडीमा अन्तरिक्षयान नियन्त्रण गरिरहेका मानिसहरूको कुनै पनि भूमिका हुनेछैन।

सबै प्रणालीले योजना गरेअनुसार नै आफ्नो कार्यसम्पादन गरे चाहे जस्तो अवतरण हुनेछ अन्यथा यो चन्द्रमा सतहमा दुर्घटनाग्रस्त हुनेछ।

यसै वर्षको सुरुमा इजरेलको पहिलो चन्द्रमिसन चन्द्रमाको सतहमा टेक्ने प्रयासमा दुर्घटनाग्रस्त हुन पुगेको थियो।

झण्डै एक हजार इन्जिनियर तथा वैज्ञानिकहरू यो मिसनमा खटिएका छन्। तर पहिलो पटक आइएसआरओले यस्तो प्रकृतिको अन्तरिक्ष दलमा महिलाहरूलाई नेतृत्वको जिम्मेवारी दिएको छ।

दुई जना महिलाले भारतको चन्द्रमा यात्राको नेतृत्व गरिरहेको छन्। कार्यक्रम निर्देशक मुथया भनिथाले वर्षौ यता चन्द्रयान दुईलाई हेरिरहेको र त्यसलाई रितु कारीधालले अघि बढाउनेछिन्। बिबिसिबाट

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy