Ntc summer Offer
Khabar Dabali २५ बैशाख २०८१ मंगलवार | 7th May, 2024 Tue
NIMB

सधैँ पीडामा हुँदा पनि हामी समाधान खोजिरहेका छैनौं

\"\" काठमाडाैं । हाम्रो दुरभाग्य, हिउँदमा फाईदा भारतले लिने, वर्खामा हामी डुबानमा पर्ने । वर्खाको पानीले हामीलाई क्षति अनि हिउँदको पानीको उपयोग हामीले गर्न नपाउने । यो दोहोरो मारमा हामी छौं । यो कतिपय हामीले नै गरेका सम्झौताको कारण छ भने कतिपय भारतले सम्झौता विपरित नै बनाएका संरचनाका कारण हुन् । सम्झौता गरेको हकमा त एउटा कुरा हो तर, सम्झौता विना नै सीमा क्षेत्रमा जसरी अन्तराष्ट्रिय नियम उल्लंघन गरेर बाँध बाँधिएको छ, यो सबैभन्दा समस्याको विषय हो । सीमामा बाँध बनाउँदै गर्दा जुन उचाई र दुरीको मापदण्ड छ त्यसलाई यहाँ पुरै उल्लंघन गरिएको छ । १० कि.मि. भित्रकै आसपासमा १० फिटसम्मका जसरी संरचनाहरु बनाइएका छन् त्यसले नेपाली भू–भागलाई डुबानमा पारिरहेको छ । डुबानको विषय राजनीति गर्ने मुद्दा होइन् तर दुरभाग्य नेपालमा यसैलाई राजनीतिक मुद्दा बनाइएको छ । सत्ताबाहिर रहँदा कत्ति पनि जवाफदेही नहुने गरि बोल्ने अनि सत्तामा पुगेपछि पुरै नतमस्तक भएर मौन हुने परिपाटी बडो घातक छ ।
इ.पि.जि.को रिपोर्ट बारे दुवै देशका बीचमा छलफल हुन सकेको भए समाधान खोज्ने विषयमा आधार तयार हुन्थ्यो । तर त्यहि आधारको विषय नै अहिले अलपत्रमा परेको छ ।
सत्ताबाहिर रहँदा जसरी विषय उठाइएको थियो त्यसको समाधान सत्तामा पुगेपछि त हुनुपथ्र्यो तर, देंखिदैन् । हामीकहाँ कुटनीतिक ढंगबाट समाधान खोज्ने चलन छैन् । परराष्ट्र मन्त्री स्तरबाट, प्रधानमन्त्री स्तरबाट या अरु कुटनीतिक बाटोबाट यी बाँध बाँध्नु अगावै समाधान खोज्नु पर्ने थियो । यो विषयलाई द्धिपक्षी वार्ताबाट समाधान खोज्नुपर्छ । यदि भएन् भने यसलाई अन्तराष्ट्रियकरण गर्ने प्रावधान पनि छ । हाम्रो सरकारले राम्रोसँग सम्बोधन गर्न नसकेको कारणले हाम्रा बस्तीहरु डुबानमा परेका हुन् । बाँध बाँध्नुभन्दा पहिला नै हामीले पहल गर्न नै सकेनौं । यो सन्दर्भमा इ.पि.जि.ले पनि रिपोर्ट बनाएको छ । तर त्यसलाई सम्बोधन गर्ने सन्दर्भमा अलमल देखिएको छ । कमसेकम त्यो रिपोर्टको आधारमा धेरै कुराहरु समाधान गर्न सकिन्थ्यो । तर त्यसको लागि नेपालले कुटनीतिक रुपबाट पहल गर्न अलि नसकिरहेको जस्तो देखिन्छ । कमसेकम इ.पि.जि.को रिपोर्ट बारे दुवै देशका बीचमा छलफल हुन सकेको भए समाधान खोज्ने विषयमा आधार तयार हुन्थ्यो । तर त्यहि आधारको विषय नै अहिले अलपत्रमा परेको छ । तथापि यसको समाधान द्धिपक्षी रुपबाटै खोज्नुको विकल्प भने छैन् । (खनाल राजनीतिक विश्लेषक हुन्)

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies