टोकियो । प्रिसिजन टुरअन्तर्गत मैत्रीपूर्ण खेलमा इङ्लिस क्लब चेल्सीले स्पेनिस महारथी बार्सिलोनालाई पराजित गरेको छ । जापानको टोकियोमा मंगलबार भएको प्रतिस्पर्धात्मक खेलमा चेल्सीले बार्सिलोनालाई २–१ गोलले हरायो । बार्सिलोनाले भर्खरमात्र टोलीमा अनुबन्ध भएका चर्चित खेलाडी एन्टोइन ग्रिजम्यान र डी जोङलाई मैदानमा उतारेको थियो । खेलमा सुरुआती अग्रता चेल्सीले लिएको थियो ।
टमी अब्राहमले ३४औं मिनेटमा गोल गर्दै चेल्सीको उत्साह थपेका थिए । दोस्रो हाफमा दुवै टोलीले एक एक गोल गरे । ८१औं मिनेटमा चेल्सीका रोस बार्केलीले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । उनले डीबक्स छेउ नेल्सन सेमेडोले दिएको पासमा उत्कृष्ट गोल गरेका थिए । खेलको अन्तिमसम्म चेल्सीको दबाबमा परेको बार्सिलोनाले दोस्रो हाफको इन्जुरी समयमा सान्त्वना गोल फर्काएको थियो । बार्सिलोनाका लागि इभान राकिटिकले गोल गरे ।
राकिटिकले करिब २० यार्ड टाढाबाट आकर्षक गोल गरेका थिए । पहिलो हाफमा कमजोर देखिएको बार्सिलोनाले दोस्रो हाफमा सुधारिएको खेल खेले पनि हार टार्न सकेन । बार्सिलोनाले टोलीका स्टार खेलाडी एवं कप्तान लियोनल मेसीबिना चेल्सीसँग खेलेको थियो । कोपा अमेरिकामा अर्जेन्टिना सेमिफाइनलबाट बाहिरिएपछि केही निराश बनेका मेसी अहिले बिदामा बसेका छन् ।
टोलीका आशा गरिएका ग्रिजम्यानले चेल्सीविरुद्ध खासै प्रभाव जमाउन सकेनन् । प्रिसिजनका लागि बार्सिलोनाले चेल्सीसँग पहिलो खेल खेलेको हो । प्रिसिजन तयारीका लागि चेल्सी केही समयदेखि जापानमा छ । यसअघि शुक्रकार खेलिएको खेलमा चेल्सी जापानको कावासाकी क्लबसँग १–० गोलले पराजित भएको थियो ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...
प्रतिकृया लेख्नुहोस्: