काठमाडौं । नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिवन्धित नेकपाका स्थायी समिति सदस्य हेमन्त प्रकाश वलीलाई जेल भित्र कालो मार्सी धानको भात र चाहेको अन्य खानाको सुविधा कारागारले दिने गरेको छ ।
कारागारमा पनि उनले मार्सी धानको मात्र भात मात्र खाने गरेका छन् । हेमन्त वलीको स्वास्थ्यको ख्याल गरेर उनले चाहेको खानाको परिकार उपलब्ध हुने गरेको कारागारका प्रमुख जेलर वेदनिधि अर्यालले समेत पुष्टि गरे ।
‘कालो मार्सी चामलको धानको भातमात्रै नभनौं उनलाई राजबन्दी सरहको सुविधा दिइएको छ,’ अर्यालले भने, ‘विभिन्न प्रकारको स्वस्थ्य समस्याका कारण उनले माग गरे अनुसारको खाना दिने गरिएको हो ।’
जेलर अर्यालका अनुसार वली कहिलेकाँही कोदो र फापरको ढिँडो पनि खान्छन् । वलीको स्वास्थ्यका कारण उनलाई मार्सी सुबिधा उपलव्ध गराइएको हो ।
स्वास्थ्यमा सुधार
हेमन्त वलीलाई डाइभिटिज, सुगर, ब्लगप्रसेर जस्ता विभिन्न स्वस्थ्य समस्या छ । जेल परेपछि भने उको स्वास्थ्यमा सुधार आएकोे जेलर अर्यालको भनाइ छ । वलीले हरेक विहान ब्याटम्यान्डिलसमेत खेल्ने गरेको अर्यालले बताए ।
वली ९ चैतमा काभ्रेबाट पक्राउ परेका थिए । उनी पार्टीका तेस्रो ठूला नेता हुन् । वलीसँगै विप्लव समूहका अन्य कार्यकर्ता शंकर अधिकारी, रामकृष्ण खतिवडा, ललित तामाङ, सन्जीव कार्की र वेद घिमिरेसमेत सात जना पक्राउ परेका थिए । उनीहरुमध्ये केही छुटिसकेका छन् ।
आइतबार पक्राउ परेका विप्लब समूहका अर्का नेता माइला लामा समेत नख्खु कारागारमै राखिएको छ । गत ११ फागुन नख्खुमा रहेको एनसेल टावर अगाडी भएको बम विस्फोटनको घटनाको अभियोगमा उनीहरुलाई जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागि जेल चलान गरेको समाचार सिलापत्र अनलाईनले लेखेको छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: