Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

रअ प्रमुखको भ्रमणबारे सरकार प्रवक्ताको जवाफ : क–कसले भेटे थाहा छैन्, प्रधानमन्त्रीसँग भेट भएन्

काठमाडौं । सरकारका प्रवक्ता एंव सूचना तथा सञ्चार मन्त्री गोकुलप्रसाद बास्कोटाले रअ प्रमुखसँग प्रधानमन्त्रीको कुनै खालको भेट नभएको दाबी गरेका छन् । बिहिबार नियमित पत्रकार सम्मेलनमा बास्कोटाले सञ्चार माध्यममा आएका समाचार झुटा भएको भन्दै प्रधानमन्त्रीको भेट नभएको दाबी गरेका हुन् ।

‘प्रधानमन्त्रीले रअका प्रमुखसँग भेटको हामीलाई थाहा छैन । रअका प्रमुख यदि आएको हो र भेटेको हो भने पनि प्रचलित डिप्लोमेटिक प्राटोकलकै आधारमा भेटघाट हुनुपर्छ । क–कसले भेट्नु भयो हामीलाई थाहा पनि छैन’ बिहीबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बास्कोटाले भने ।

बास्कोटाले रअका प्रमुखसँग प्रधानमन्त्रीको भेट भएको भनि सञ्चार माध्यममा आएका समाचार गलत भएको दाबी गरे । साे अवसरमा बास्काेटाले भेट्न बानी परेकाले भेटेको हुनसक्ने टिप्पणी गरे । ‘प्रधानमन्त्रीले भेटघाट गरेका छैनन् । सञ्चार माध्यमबाट हुँदै नभएको कुइरिमण्डलको खेती नगरौँ । जस जसलाई भेट्ने बानी छ उनीहरुले भेटे होलान्’ बास्कोटाले भने ।

एक अर्को प्रसंङ्गमा बास्कोटाले चीनले अघि सारेको बेल्ट एण्ड रोड एनिसिएटिभ (बिआरआई)मा प्रगति भएको दाबी गरेका छन् । उनले नेपालले अघि सारेका ९ वटा आयोजना बिआरआईमा छनौट भएको समेत जानकारी दिए ।

‘जनु कुरा दशकौंदेखि अघि बढेको थिएन त्यो हामी आएपछि केही अघि बढेको छ,’ उनले भने, ‘त्यसमा भौगोलिक कठिनाइको कुरा छ। प्रकृतिसँग जित्नुपर्ने खालको कुरा छ। यो सजिलो कुरा होइन।’

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy